Nepali

World English Bible

Leviticus

9

1आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए।
1It happened on the eighth day, that Moses called Aaron and his sons, and the elders of Israel;
2हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ।
2and he said to Aaron, “Take a calf from the herd for a sin offering, and a ram for a burnt offering, without blemish, and offer them before Yahweh.
3इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक वर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक वर्षको पाठा ल्याऊ।
3You shall speak to the children of Israel, saying, ‘Take a male goat for a sin offering; and a calf and a lamb, both a year old, without blemish, for a burnt offering;
4अनि एउटा थुमा, एउटा साँढे र एउटा भेडा मेलबलिको निम्ति अनि अन्न बलि तेल सित मिसाएका उपहार झैं किन? किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”
4and a bull and a ram for peace offerings, to sacrifice before Yahweh; and a meal offering mixed with oil: for today Yahweh appears to you.’”
5यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्‌याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए।
5They brought what Moses commanded before the Tent of Meeting: and all the congregation drew near and stood before Yahweh.
6त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
6Moses said, “This is the thing which Yahweh commanded that you should do: and the glory of Yahweh shall appear to you.”
7त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”
7Moses said to Aaron, “Draw near to the altar, and offer your sin offering, and your burnt offering, and make atonement for yourself, and for the people; and offer the offering of the people, and make atonement for them; as Yahweh commanded.”
8त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे।
8So Aaron drew near to the altar, and killed the calf of the sin offering, which was for himself.
9[This verse may not be a part of this translation]
9The sons of Aaron presented the blood to him; and he dipped his finger in the blood, and put it on the horns of the altar, and poured out the blood at the base of the altar:
10तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए।
10but the fat, and the kidneys, and the cover from the liver of the sin offering, he burned upon the altar; as Yahweh commanded Moses.
11पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।
11The flesh and the skin he burned with fire outside the camp.
12त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।
12He killed the burnt offering; and Aaron’s sons delivered the blood to him, and he sprinkled it around on the altar.
13अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए।
13They delivered the burnt offering to him, piece by piece, and the head: and he burned them upon the altar.
14फेरि तिनले आन्द्रा-भुँडी र खुट्टा पखालेर होमबलिसँगै वेदीमाथि जलाए।
14He washed the innards and the legs, and burned them on the burnt offering on the altar.
15त्यसपछि तिनले मानिसहरूको निम्ति बलिदान ल्याएर तिनीहरूको पापबलिको बोका मारे अनि पहिला गरे जस्तै पापबलिको निम्ति जलाए।
15He presented the people’s offering, and took the goat of the sin offering which was for the people, and killed it, and offered it for sin, like the first.
16त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए।
16He presented the burnt offering, and offered it according to the ordinance.
17तब तिनले अन्नबलि ल्याए अनि त्यसबाट एक मुठ्ठी लिएर बिहानको होमबलिसित वेदीमा चढाए।
17He presented the meal offering, and filled his hand from there, and burned it upon the altar, besides the burnt offering of the morning.
18अनि तिनले मानिसहरूको मेलबलिको निम्ति साँढे र भेडा मारे। हारूनका छोराहरूले रगत लिएर तिनलाई दिए अनि तिनले त्यो सबै तिर छर्के।
18He also killed the bull and the ram, the sacrifice of peace offerings, which was for the people: and Aaron’s sons delivered to him the blood, which he sprinkled around on the altar,
19अनि साँढे र भेडाको बोसो, आन्द्रा-भुँडी छोप्ने बोसो, मृगौला र कलेजा छोप्ने मासु तिनका छोराहरूले तिनलाई दिए।
19and the fat of the bull and of the ram, the fat tail, and that which covers the innards, and the kidneys, and the cover of the liver:
20तिनीहरूले ह्याकुलामाथि बोसो राखे अनि तिनले त्यो बोसो वेदीमाथि जलाए।
20and they put the fat upon the breasts, and he burned the fat on the altar:
21अनि मोशालाई परमप्रभुले दिएको आदेश अनुसार उनले परमप्रभुलाई ह्याकुलो र दाहिने तिघ्रो डोलाउने बलिको रूपमा चढाए।
21and the breasts and the right thigh Aaron waved for a wave offering before Yahweh, as Moses commanded.
22तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।
22Aaron lifted up his hands toward the people, and blessed them; and he came down from offering the sin offering, and the burnt offering, and the peace offerings.
23त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो।
23Moses and Aaron went into the Tent of Meeting, and came out, and blessed the people: and the glory of Yahweh appeared to all the people.
24परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।
24There came forth fire from before Yahweh, and consumed the burnt offering and the fat upon the altar: and when all the people saw it, they shouted, and fell on their faces.