1केही दिनपछि, येशू कफर्नहुममा र्फकनुभयो। येशू घरमा हुनु हुन्थ्यो भन्ने खबर सबैले थाहा पाए।
1When he entered again into Capernaum after some days, it was heard that he was in the house.
2धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो।
2Immediately many were gathered together, so that there was no more room, not even around the door; and he spoke the word to them.
3केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।
3Four people came, carrying a paralytic to him.
4तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षाघात रोगी सुतेको ओछ्यान् तलतिर झारे।
4When they could not come near to him for the crowd, they removed the roof where he was. When they had broken it up, they let down the mat that the paralytic was lying on.
5यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”
5Jesus, seeing their faith, said to the paralytic, “Son, your sins are forgiven you.”
6केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे।
6But there were some of the scribes sitting there, and reasoning in their hearts,
7उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।
7“Why does this man speak blasphemies like that? Who can forgive sins but God alone?”
8येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ
8Immediately Jesus, perceiving in his spirit that they so reasoned within themselves, said to them, “Why do you reason these things in your hearts?
9[This verse may not be a part of this translation]
9 Which is easier, to tell the paralytic, ‘Your sins are forgiven;’ or to say, ‘Arise, and take up your bed, and walk?’
10[This verse may not be a part of this translation]
10 But that you may know that the Son of Man has authority on earth to forgive sins” —he said to the paralytic—
11“म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्यौना बोक अनि घर जाऊ।
11 “I tell you, arise, take up your mat, and go to your house.”
12त्यो पक्षाघातको रोगी जुरूक्क उठयो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।
12He arose, and immediately took up the mat, and went out in front of them all; so that they were all amazed, and glorified God, saying, “We never saw anything like this!”
13येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
13He went out again by the seaside. All the multitude came to him, and he taught them.
14येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म संग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।
14As he passed by, he saw Levi, the son of Alphaeus, sitting at the tax office, and he said to him, “Follow me.” And he arose and followed him.
15त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए।
15It happened, that he was reclining at the table in his house, and many tax collectors and sinners sat down with Jesus and his disciples, for there were many, and they followed him.
16केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू संग खाना खानु भएको हौ?”
16The scribes and the Pharisees, when they saw that he was eating with the sinners and tax collectors, said to his disciples, “Why is it that he eats and drinks with tax collectors and sinners?”
17येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धार्मिकहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।
17When Jesus heard it, he said to them, “Those who are healthy have no need for a physician, but those who are sick. I came not to call the righteous, but sinners to repentance.”
18यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?”
18John’s disciples and the Pharisees were fasting, and they came and asked him, “Why do John’s disciples and the disciples of the Pharisees fast, but your disciples don’t fast?”
19येशूले जवाफ दिनुभयो, जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन।
19Jesus said to them, “Can the groomsmen fast while the bridegroom is with them? As long as they have the bridegroom with them, they can’t fast.
20तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास लिन्छन्।
20 But the days will come when the bridegroom will be taken away from them, and then will they fast in that day.
21कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ।
21 No one sews a piece of unshrunk cloth on an old garment, or else the patch shrinks and the new tears away from the old, and a worse hole is made.
22त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किन? किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।
22 No one puts new wine into old wineskins, or else the new wine will burst the skins, and the wine pours out, and the skins will be destroyed; but they put new wine into fresh wineskins.”
23विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसंगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिंडदै गर्दा अन्नका बालाहरू टिप्न लागे।
23It happened that he was going on the Sabbath day through the grain fields, and his disciples began, as they went, to pluck the ears of grain.
24फरिसीहरूले यो देखेर येशूलाई भने, तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।
24The Pharisees said to him, “Behold, why do they do that which is not lawful on the Sabbath day?”
25येशूले भन्नुभयो, तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे
25He said to them, “Did you never read what David did, when he had need, and was hungry—he, and those who were with him?
26यस्तो घटना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।
26 How he entered into God’s house when Abiathar was high priest, and ate the show bread, which is not lawful to eat except for the priests, and gave also to those who were with him?”
27त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।
27He said to them, “The Sabbath was made for man, not man for the Sabbath.
28यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।
28 Therefore the Son of Man is lord even of the Sabbath.”