1येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।
1He called to himself his twelve disciples, and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every sickness.
2ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ शिमोन जसलाई पत्रुस पनि भनिन्छ अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब; अनि उसको भाइ यूहन्ना;
2Now the names of the twelve apostles are these. The first, Simon, who is called Peter; Andrew, his brother; James the son of Zebedee; John, his brother;
3फिलिप र बारथोलोमाइ; थोमा, महसूल उठाउने मत्ती; अल्फयसको छोरो याकूब, र थेदियस;
3Philip; Bartholomew; Thomas; Matthew the tax collector; James the son of Alphaeus; Lebbaeus, whose surname was NU omits “Lebbaeus, whose surname was” Thaddaeus;
4शिमोन कनानी र यहूदा इस्कारयोत त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो।
4Simon the Canaanite; and Judas Iscariot, who also betrayed him.
5येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदूहीरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।
5Jesus sent these twelve out, and commanded them, saying, “Don’t go among the Gentiles, and don’t enter into any city of the Samaritans.
6बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेडाँहरू झें छन्।
6 Rather, go to the lost sheep of the house of Israel.
7जब तिमीहरू जान्दछौ, ‘स्वर्गको राज्य आउनै लागेका छ भनी प्रचार गर।’
7 As you go, preach, saying, ‘The Kingdom of Heaven is at hand!’
8रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।
8 Heal the sick, cleanse the lepers TR adds “, raise the dead” , and cast out demons. Freely you received, so freely give.
9तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ।
9 Don’t take any gold, nor silver, nor brass in your money belts.
10झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिडेनलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ।
10 Take no bag for your journey, neither two coats, nor shoes, nor staff: for the laborer is worthy of his food.
11जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस।
11 Into whatever city or village you enter, find out who in it is worthy; and stay there until you go on.
12तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’
12 As you enter into the household, greet it.
13घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्त्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्।
13 If the household is worthy, let your peace come on it, but if it isn’t worthy, let your peace return to you.
14यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउ छोडदा गोडाको धुलोसम्म टक्टकाउनु।
14 Whoever doesn’t receive you, nor hear your words, as you go out of that house or that city, shake off the dust from your feet.
15तिमीहरूलाई म साँचो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।
15 Most certainly I tell you, it will be more tolerable for the land of Sodom and Gomorrah in the day of judgment than for that city.
16“सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेडाझै गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुर झैं सोझो बन।
16 “Behold, I send you out as sheep in the midst of wolves. Therefore be wise as serpents, and harmless as doves.
17सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याइनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्।
17 But beware of men: for they will deliver you up to councils, and in their synagogues they will scourge you.
18तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।
18 Yes, and you will be brought before governors and kings for my sake, for a testimony to them and to the nations.
19जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ।
19 But when they deliver you up, don’t be anxious how or what you will say, for it will be given you in that hour what you will say.
20वास्तवमा तिमीहरू बोल्नेछैनौ परमपिताको आत्मा आफै तिमीहरूबाट बोल्नुहुनेछ।
20 For it is not you who speak, but the Spirit of your Father who speaks in you.
21“दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्व हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्यन्त्र गर्नेछन्।
21 “Brother will deliver up brother to death, and the father his child. Children will rise up against parents, and cause them to be put to death.
22सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ।
22 You will be hated by all men for my name’s sake, but he who endures to the end will be saved.
23जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँचो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।
23 But when they persecute you in this city, flee into the next, for most certainly I tell you, you will not have gone through the cities of Israel, until the Son of Man has come.
24कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।
24 “A disciple is not above his teacher, nor a servant above his lord.
25एउटा चेलाको निम्ति आफ्ना गुरू जस्तै बन्नु पर्याप्त छ। एक जना दासको निम्ति आफ्ना मालिक जस्तै बन्नु पर्याप्त छ। यदि घरका ठूलाबडालाई नै बालजिबुल अथवा शैतान भनिन्छ भने, परिवारका अरू सदस्यहरूलाई त्यस भन्दा पनि नराम्रो भनिनेछ।
25 It is enough for the disciple that he be like his teacher, and the servant like his lord. If they have called the master of the house Beelzebul, how much more those of his household!
26“यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ।
26 Therefore don’t be afraid of them, for there is nothing covered that will not be revealed; and hidden that will not be known.
27यी सबै कुराहरू म तिमीहरूलाई अन्धकारमा भन्छु तर तिमीहरूले यो कुरा उज्यालोमा भन्नु पर्छ। यी कुराहरू म तिमीहरूका कानमा कानेखुसी गर्नेछु तर तिमीहरूले यी सबै कुराहरू सबैलाई खुल्लम-खुल्ला भन्नुपर्दछ।
27 What I tell you in the darkness, speak in the light; and what you hear whispered in the ear, proclaim on the housetops.
28मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।
28 Don’t be afraid of those who kill the body, but are not able to kill the soul. Rather, fear him who is able to destroy both soul and body in Gehenna. or, Hell.
29“चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन।
29 “Aren’t two sparrows sold for an assarion coin An assarion is a small coin worth one tenth of a drachma or a sixteenth of a denarius. An assarion is approximately the wages of one half hour of agricultural labor. ? Not one of them falls on the ground apart from your Father’s will,
30तिम्रा टाउँकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ।
30 but the very hairs of your head are all numbered.
31यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ।
31 Therefore don’t be afraid. You are of more value than many sparrows.
32‘यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु।
32 Everyone therefore who confesses me before men, him I will also confess before my Father who is in heaven.
33तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु।
33 But whoever denies me before men, him I will also deny before my Father who is in heaven.
34“म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसझ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ।
34 “Don’t think that I came to send peace on the earth. I didn’t come to send peace, but a sword.
35[This verse may not be a part of this translation]
35 For I came to set a man at odds against his father, and a daughter against her mother, and a daughter-in-law against her mother-in-law.
36[This verse may not be a part of this translation]
36 A man’s foes will be those of his own household. Micah 7:6
37“जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन।
37 He who loves father or mother more than me is not worthy of me; and he who loves son or daughter more than me isn’t worthy of me.
38यदि कुनै मानिसले मलाई अनुसरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने उ मलाई अनुसरण गर्ने योग्यको हुँदैन।
38 He who doesn’t take his cross and follow after me, isn’t worthy of me.
39जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ।
39 He who seeks his life will lose it; and he who loses his life for my sake will find it.
40तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ।
40 He who receives you receives me, and he who receives me receives him who sent me.
41अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ।
41 He who receives a prophet in the name of a prophet will receive a prophet’s reward. He who receives a righteous man in the name of a righteous man will receive a righteous man’s reward.
42यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।’
42 Whoever gives one of these little ones just a cup of cold water to drink in the name of a disciple, most certainly I tell you he will in no way lose his reward.”