1यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाडनुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो।
1It happened when Jesus had finished these words, he departed from Galilee, and came into the borders of Judea beyond the Jordan.
2धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो।
2Great multitudes followed him, and he healed them there.
3केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।
3Pharisees came to him, testing him, and saying, “Is it lawful for a man to divorce his wife for any reason?”
4येशूले जवाफ दिनुभयो, ‘के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’
4He answered, “Haven’t you read that he who made them from the beginning made them male and female, Genesis 1:27
5अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसेग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’
5 and said, ‘For this cause a man shall leave his father and mother, and shall join to his wife; and the two shall become one flesh?’ Genesis 2:24
6यसर्थ दुइजना मानिसहरू दुई रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।”
6 So that they are no more two, but one flesh. What therefore God has joined together, don’t let man tear apart.”
7फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्छ विच्छेध दिए?’
7They asked him, “Why then did Moses command us to give her a bill of divorce, and divorce her?”
8येशूले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीहरूसँग विवीह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन।
8He said to them, “Moses, because of the hardness of your hearts, allowed you to divorce your wives, but from the beginning it has not been so.
9म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यत्तिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।’
9 I tell you that whoever divorces his wife, except for sexual immorality, and marries another, commits adultery; and he who marries her when she is divorced commits adultery.”
10चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”
10His disciples said to him, “If this is the case of the man with his wife, it is not expedient to marry.”
11येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ
11But he said to them, “Not all men can receive this saying, but those to whom it is given.
12कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।’
12 For there are eunuchs who were born that way from their mother’s womb, and there are eunuchs who were made eunuchs by men; and there are eunuchs who made themselves eunuchs for the Kingdom of Heaven’s sake. He who is able to receive it, let him receive it.”
13त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थ्यो। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्।
13Then little children were brought to him, that he should lay his hands on them and pray; and the disciples rebuked them.
14तर येशूले भन्नुभयो, “स-साना बालकहरूलाई मकहाँ आउन नरोक। किनभने स्वर्गको राज्य यी साना बालकहरू जस्तै मानिसहरूको हो”
14But Jesus said, “Allow the little children, and don’t forbid them to come to me; for the Kingdom of Heaven belongs to ones like these.”
15त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो।
15He laid his hands on them, and departed from there.
16एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?’
16Behold, one came to him and said, “Good teacher, what good thing shall I do, that I may have eternal life?”
17येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”
17He said to him, “Why do you call me good? So MT and TR. NU reads “Why do you ask me about what is good?” No one is good but one, that is, God. But if you want to enter into life, keep the commandments.”
18त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?” येशूले जवाफ दिनुभयो, ‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर; झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन,
18He said to him, “Which ones?” Jesus said, “‘You shall not murder.’ ‘You shall not commit adultery.’ ‘You shall not steal.’ ‘You shall not offer false testimony.’
19आफ्ना आमा-बाबुको आदर गर।’ अनि ‘आफैलाईं प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर।’
19 ‘Honor your father and mother.’ Exodus 20:12-16; Deuteronomy 5:16-20 And, ‘You shall love your neighbor as yourself.’” Leviticus 19:18
20त्यो जवान मानिसले भने, ‘मैले यी सब आज्ञाहरू पालन गरेको छु। अब अरू मैले के गर्नु पर्छ?”
20The young man said to him, “All these things I have observed from my youth. What do I still lack?”
21येशूले भन्नुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, आफूमा भएको जे जति चीजहरू छन् त्यो बीक्री गर। त्यसबाट आएको पैसा-रूपीयाँ गरीबाहरूलाई बाँढ। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग।”
21Jesus said to him, “If you want to be perfect, go, sell what you have, and give to the poor, and you will have treasure in heaven; and come, follow me.”
22तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।
22But when the young man heard the saying, he went away sad, for he was one who had great possessions.
23त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। एउटा धनी मानिसलाई स्वर्गको राज्यमा पस्न खुबै कठिन हुन्छ।
23Jesus said to his disciples, “Most certainly I say to you, a rich man will enter into the Kingdom of Heaven with difficulty.
24धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”
24 Again I tell you, it is easier for a camel to go through a needle’s eye, than for a rich man to enter into the Kingdom of God.”
25जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खूबै चकित भए। तिनीहरूले सोधे, ‘यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त?’
25When the disciples heard it, they were exceedingly astonished, saying, “Who then can be saved?”
26येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूको निम्ति यो असम्भव छ। तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ।”
26Looking at them, Jesus said, “With men this is impossible, but with God all things are possible.”
27पत्रुसले येशूलाई भने, ‘हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।’
27Then Peter answered, “Behold, we have left everything, and followed you. What then will we have?”
28येशूले चेलाहरूलाई भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु। जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ। अनि तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ।
28Jesus said to them, “Most certainly I tell you that you who have followed me, in the regeneration when the Son of Man will sit on the throne of his glory, you also will sit on twelve thrones, judging the twelve tribes of Israel.
29अनि ती जस-जसले मेरो निम्ति आफ्नो घर, दाज्यू-भाइ, दिदी-बहिनी, बाबु-आमा, छोरा-छोरीहरू, अनि जग्गा-जमीनहरू छोडेका छन् तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्।
29 Everyone who has left houses, or brothers, or sisters, or father, or mother, or wife, or children, or lands, for my name’s sake, will receive one hundred times, and will inherit eternal life.
30अहीले उच्च ओहोदामा पुगेकाहरू सबैले भविष्यमा होचो स्थान पाउनेछन्। धेरै जसो जो निम्न स्थानमा परेका छन् भविष्यमा उच्च ओहोदामा पुग्नेछन्।
30 But many will be last who are first; and first who are last.