Nepali

World English Bible

Matthew

28

1विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।
1Now after the Sabbath, as it began to dawn on the first day of the week, Mary Magdalene and the other Mary came to see the tomb.
2त्यसबेला त्यहँ ठूलो भूईंर्चालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।
2Behold, there was a great earthquake, for an angel of the Lord descended from the sky, and came and rolled away the stone from the door, and sat on it.
3ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो।
3His appearance was like lightning, and his clothing white as snow.
4ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
4For fear of him, the guards shook, and became like dead men.
5त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्डयाएर मारिएको थियो।
5The angel answered the women, “Don’t be afraid, for I know that you seek Jesus, who has been crucified.
6तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठनु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो।
6He is not here, for he has risen, just like he said. Come, see the place where the Lord was lying.
7अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, “येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।”‘ फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
7Go quickly and tell his disciples, ‘He has risen from the dead, and behold, he goes before you into Galilee; there you will see him.’ Behold, I have told you.”
8त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घटनाको विषयमा सुनाउन दगुरे।
8They departed quickly from the tomb with fear and great joy, and ran to bring his disciples word.
9तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, अभिवादन छ! “आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे।
9As they went to tell his disciples, behold, Jesus met them, saying, “Rejoice!” They came and took hold of his feet, and worshiped him.
10अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।” यहूदी प्रमुखहरूलाई सूचना
10Then Jesus said to them, “Don’t be afraid. Go tell my brothers that they should go into Galilee, and there they will see me.”
11तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घटना बारे सुनाए।
11Now while they were going, behold, some of the guards came into the city, and told the chief priests all the things that had happened.
12तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए।
12When they were assembled with the elders, and had taken counsel, they gave a large amount of silver to the soldiers,
13तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए।
13saying, “Say that his disciples came by night, and stole him away while we slept.
14कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।”
14If this comes to the governor’s ears, we will persuade him and make you free of worry.”
15तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।
15So they took the money and did as they were told. This saying was spread abroad among the Jews, and continues until this day.
16एघारजना चेलाहरू गालील गए।
16But the eleven disciples went into Galilee, to the mountain where Jesus had sent them.
17येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर अर्को शंका थियो।
17When they saw him, they bowed down to him, but some doubted.
18येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।
18Jesus came to them and spoke to them, saying, “All authority has been given to me in heaven and on earth.
19यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।
19 Go, and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit,
20जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
20 teaching them to observe all things that I commanded you. Behold, I am with you always, even to the end of the age.” Amen.