1म व्यकुल छु। किन? किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।
1Misery is mine! Indeed, I am like one who gathers the summer fruits, as gleanings of the vineyard: There is no cluster of grapes to eat. My soul desires to eat the early fig.
2यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
2The godly man has perished out of the earth, and there is no one upright among men. They all lie in wait for blood; every man hunts his brother with a net.
3मानिसहरुको दुवै हातहरु नराम्रो काम गर्न तयार छन्। शसकहरु काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरु” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरु आफुलाई जस्तो मनपर्छ, त्यस्तै काम गर्छन्।
3Their hands are on that which is evil to do it diligently. The ruler and judge ask for a bribe; and the powerful man dictates the evil desire of his soul. Thus they conspire together.
4तिमीहरुका अगमवक्ताले भनेका थिए, “यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।
4The best of them is like a brier. The most upright is worse than a thorn hedge. The day of your watchmen, even your visitation, has come; now is the time of their confusion.
5तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।
5Don’t trust in a neighbor. Don’t put confidence in a friend. With the woman lying in your embrace, be careful of the words of your mouth!
6मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।
6For the son dishonors the father, the daughter rises up against her mother, the daughter-in-law against her mother-in-law; a man’s enemies are the men of his own house.
7म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।
7But as for me, I will look to Yahweh. I will wait for the God of my salvation. My God will hear me.
8म लडेकेछु। तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ। म फेरि खडा हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
8Don’t rejoice against me, my enemy. When I fall, I will arise. When I sit in darkness, Yahweh will be a light to me.
9[This verse may not be a part of this translation]
9I will bear the indignation of Yahweh, because I have sinned against him, until he pleads my case, and executes judgment for me. He will bring me forth to the light. I will see his righteousness.
10फेरि मेरो शत्रुहरुले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरुले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरुले उसलाई हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।
10Then my enemy will see it, and shame will cover her who said to me, where is Yahweh your God? Then my enemy will see me and will cover her shame. Now she will be trodden down like the mire of the streets.
11त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।
11A day to build your walls— In that day, he will extend your boundary.
12तिम्रा मानिसहरु तिम्रो भुमिमा फर्केर आउनेछन्। तिनीहरु अश्शूर र मिश्रदेशदेखि आउनेछन्। तिम्रा मानिसहरु मिश्र र यूफ्रेटिस नदीको अर्को भूमिबाट आउनेछन्, समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका मानिसहरु आउनेछन्।
12In that day they will come to you from Assyria and the cities of Egypt, and from Egypt even to the River, and from sea to sea, and mountain to mountain.
13पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।
13Yet the land will be desolate because of those who dwell therein, for the fruit of their doings.
14यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरुलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एकलै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।
14Shepherd your people with your staff, the flock of your heritage, who dwell by themselves in a forest, in the midst of fertile pasture land, let them feed; in Bashan and Gilead, as in the days of old.
15जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरु गरेको थिएँ। त्यस्तै अचम्मका कामहरु म तिमीलाई देखाउँनेछु।
15“As in the days of your coming forth out of the land of Egypt, I will show them marvelous things.”
16ती अचम्मका कामहरु अन्य जातिहरुले देख्ने छन्, अनि लज्जित हुनेछन्। ती जातिहरुले देख्नेछन्, तिनीहरुको शक्ति मेरो छेउमा केहि पनि होइन। उनीहरु छक्क पर्नेछन् अनि आफ्नो मुख हातले छोप्नेछन् अनि कान बन्द गर्नेछन् र केही पनि सुन्ने छैनन्।
16The nations will see and be ashamed of all their might. They will lay their hand on their mouth. Their ears will be deaf.
17तिनीहरुले जमीनमा घस्रने साँपले झैं धूलो चाट्नेछन्, र तिनीहरु डरले काम्नेछन्। तनीहरु परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरुका किल्लाहरुबाट आउँनेछन्। तिनीहरु तिमीहरुसित डराउँनेछन्।
17They will lick the dust like a serpent. Like crawling things of the earth they shall come trembling out of their dens. They will come with fear to Yahweh our God, and will be afraid because of you.
18तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।
18Who is a God like you, who pardons iniquity, and passes over the disobedience of the remnant of his heritage? He doesn’t retain his anger forever, because he delights in loving kindness.
19हे परमप्रभु! हाम्रा पापहरु टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरु तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।
19He will again have compassion on us. He will tread our iniquities under foot; and you will cast all their sins into the depths of the sea.
20तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो।
20You will give truth to Jacob, and mercy to Abraham, as you have sworn to our fathers from the days of old.