Nepali

World English Bible

Numbers

17

1परमप्रभुले मोशालाई भन्नुभयो,
1Yahweh spoke to Moses, saying,
2“इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख।
2“Speak to the children of Israel, and take of them rods, one for each fathers’ house, of all their princes according to their fathers’ houses, twelve rods: write every man’s name on his rod.
3लेवी कुलबाट ल्याएको लौरामा हारूनको नाम लेख। बाह्र कुल समूहको प्रत्येक कुल प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। यी लौरोहरू भेट हुने पालमा करारको सन्दूक अघि राख। त्यो त्यही ठाँउ हो जहाँ म तिमीलाई भेट्छु।
3You shall write Aaron’s name on the rod of Levi; for there shall be one rod for each head of their fathers’ houses.
4इमान्दार पूजाहारीको निम्ति म एकजना व्यक्तिलाई चुन्छु। म जसलाई चुन्छु त्यस व्यक्तिलाई तिमीले चिन्न सक्छौ कारण
4You shall lay them up in the Tent of Meeting before the testimony, where I meet with you.
5उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”
5It shall happen, that the rod of the man whom I shall choose shall bud: and I will make to cease from me the murmurings of the children of Israel, which they murmur against you.”
6त्यसपछि मोशाले इस्राएलका मानिसहरूलाई भने अनि तिनीहरूका बाह्र कुल नायकहरू प्रत्येकलाई एउटा-एउटा गरी बाह्रवटा लौरोहरू दिए। हारूनको लौरो पनि अरू लौरोहरूसितै थियो।
6Moses spoke to the children of Israel; and all their princes gave him rods, for each prince one, according to their fathers’ houses, even twelve rods: and the rod of Aaron was among their rods.
7मोशाले लौरोहरू करारको सन्दूक राखिएको पालमा परमप्रभुको अगाडी राखे।
7Moses laid up the rods before Yahweh in the tent of the testimony.
8करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो।
8It happened on the next day, that Moses went into the tent of the testimony; and behold, the rod of Aaron for the house of Levi was budded, and put forth buds, and produced blossoms, and bore ripe almonds.
9मोशाले ती सबै लौरोहरू परमप्रभुको अघिबाट सबै मानिसहरूको सामुन्ने ल्याए। प्रत्येक कुल प्रमुखले आफ्नो आफ्नो लौरो चिने।
9Moses brought out all the rods from before Yahweh to all the children of Israel: and they looked, and took every man his rod.
10तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनको लौरो करारको सन्दूक अघि लगेर राख। यो सधैं मेरो विरोधमा नालिश गरी रहनेहरूको निम्ति चेतावनी हुनेछ र मेरो विरोधमा नालिश गर्न बन्द हुनेछ र मैले तिनीहरूलाई ध्वंश पार्नु पर्दैन।”
10Yahweh said to Moses, “Put back the rod of Aaron before the testimony, to be kept for a token against the children of rebellion; that you may make an end of their murmurings against me, that they not die.”
11यसर्थ मोशाले परमप्रभुको आज्ञा अनुसार काम गरे।
11Moses did so. As Yahweh commanded him, so he did.
12तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं।
12The children of Israel spoke to Moses, saying, “Behold, we perish! We are undone! We are all undone!
13प्रत्येक मानिस जो परमप्रभुको पवित्र पाल नजिक जान्छ त्यो मर्छ। के हामी पनि मर्छौं?” पूजाहारीहरू र लेवीहरूको काम
13Everyone who comes near, who comes near to the tabernacle of Yahweh, dies! Will we all perish?”