1येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो,
1Yahweh spoke to Moses in the plains of Moab by the Jordan at Jericho, saying,
2“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।
2“Command the children of Israel that they give to the Levites of the inheritance of their possession cities to dwell in; and you shall give suburbs for the cities around them to the Levites.
3लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।
3The cities shall they have to dwell in; and their suburbs shall be for their livestock, and for their substance, and for all their animals.
4तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन जुन र्खकहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ।
4“The suburbs of the cities, which you shall give to the Levites, shall be from the wall of the city and outward one thousand cubits around it.
5तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ।
5You shall measure outside of the city for the east side two thousand cubits, and for the south side two thousand cubits, and for the west side two thousand cubits, and for the north side two thousand cubits, the city being in the midst. This shall be to them the suburbs of the cities.
6तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ।
6“The cities which you shall give to the Levites, they shall be the six cities of refuge, which you shall give for the manslayer to flee to: and besides them you shall give forty-two cities.
7यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको र्खकहरू दिनेछौ।
7All the cities which you shall give to the Levites shall be forty-eight cities together with their suburbs.
8इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”
8Concerning the cities which you shall give of the possession of the children of Israel, from the many you shall take many; and from the few you shall take few: everyone according to his inheritance which he inherits shall give of his cities to the Levites.”
9परमप्रभुले मोशालाई भन्नुभयो,
9Yahweh spoke to Moses, saying,
10“इस्राएली मानिसहरूलाई भन ‘जब तिनीहरू यर्दन नदी तरेर कनान देशमा पस्नेछन्,
10“Speak to the children of Israel, and tell them, ‘When you pass over the Jordan into the land of Canaan,
11तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अञ्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ।
11then you shall appoint you cities to be cities of refuge for you, that the manslayer who kills any person unwittingly may flee there.
12त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरूञ्ञेल सम्म त्यहाँ सुरक्षित रहनु सक्छ।
12The cities shall be to you for refuge from the avenger, that the manslayer not die, until he stands before the congregation for judgment.
13यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्।
13The cities which you shall give shall be for you six cities of refuge.
14जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्।
14You shall give three cities beyond the Jordan, and you shall give three cities in the land of Canaan; they shall be cities of refuge.
15यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अञ्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू कुनैमा गएर शरण लिन सक्छ।
15For the children of Israel, and for the stranger and for the foreigner living among them, shall these six cities be for refuge; that everyone who kills any person unwittingly may flee there.
16“कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ।
16“‘But if he struck him with an instrument of iron, so that he died, he is a murderer: the murderer shall surely be put to death.
17यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ।
17If he struck him with a stone in the hand, by which a man may die, and he died, he is a murderer: the murderer shall surely be put to death.
18यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ।
18Or if he struck him with a weapon of wood in the hand, by which a man may die, and he died, he is a murderer: the murderer shall surely be put to death.
19यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।
19The avenger of blood shall himself put the murderer to death: when he meets him, he shall put him to death.
20“यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि उ त्यसैले मर्छ,
20If he thrust him of hatred, or hurled at him, lying in wait, so that he died,
21अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।
21or in enmity struck him with his hand, so that he died; he who struck him shall surely be put to death; he is a murderer: the avenger of blood shall put the murderer to death, when he meets him.
22“तर यदि कसैले कसैलाई अञ्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँक छ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन,
22“‘But if he thrust him suddenly without enmity, or hurled on him anything without lying in wait,
23अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अञ्जानमा घटेको घटना हो।
23or with any stone, by which a man may die, not seeing him, and cast it on him, so that he died, and he was not his enemy, neither sought his harm;
24तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।
24then the congregation shall judge between the striker and the avenger of blood according to these ordinances;
25त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मार्दैन।
25and the congregation shall deliver the manslayer out of the hand of the avenger of blood, and the congregation shall restore him to his city of refuge, where he was fled: and he shall dwell therein until the death of the high priest, who was anointed with the holy oil.
26“तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छु, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो,
26“‘But if the manslayer shall at any time go beyond the border of his city of refuge, where he flees,
27अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।
27and the avenger of blood find him outside of the border of his city of refuge, and the avenger of blood kill the manslayer; he shall not be guilty of blood,
28किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।
28because he should have remained in his city of refuge until the death of the high priest: but after the death of the high priest the manslayer shall return into the land of his possession.
29यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।
29“‘These things shall be for a statute and ordinance to you throughout your generations in all your dwellings.
30“यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।
30“‘Whoever kills any person, the murderer shall be slain at the mouth of witnesses: but one witness shall not testify against any person that he die.
31“यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।
31“‘Moreover you shall take no ransom for the life of a murderer who is guilty of death; but he shall surely be put to death.
32“यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरूञ्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।
32“‘You shall take no ransom for him who is fled to his city of refuge, that he may come again to dwell in the land, until the death of the priest.
33“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।
33“‘So you shall not pollute the land in which you are: for blood, it pollutes the land; and no expiation can be made for the land for the blood that is shed therein, but by the blood of him who shed it.
34म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।” सलोफादकी छोरीहरूको देश
34You shall not defile the land which you inhabit, in the midst of which I dwell: for I, Yahweh, dwell in the midst of the children of Israel.’”