Nepali

World English Bible

Philippians

2

1मैले तिमीहरूलाई ख्रीष्टमा केही गर भन्न सक्नु पर्ने केही छ? के तिमीहरूको मायाले तिमीहरूलाई मलाई सुख देऊ भन्छ? तिमीहरू आत्मामा हामीसँग सहभागी हुन्छौ? तिमीहरूमा कृपा र दया छ?
1If there is therefore any exhortation in Christ, if any consolation of love, if any fellowship of the Spirit, if any tender mercies and compassion,
2यदि यी कुराहरू तिमीहरूमा छन् भने मेरो निम्ति केही गरिदेऊ भन्ने बिन्ती गर्छु। यसले मलाई खुबै खुशी तुल्याउनेछ। तिमीहरू सबैको हृदयले त्यही कुराहरू सोचोस् अनि त्यहाँ त्यही प्रेम रहोस्। मैले मिलापसँग एउटै लक्ष्य लिएर बाँच।
2make my joy full, by being like-minded, having the same love, being of one accord, of one mind;
3जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान।
3doing nothing through rivalry or through conceit, but in humility, each counting others better than himself;
4आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरुको जीवनमा पनि रूचि राख्ने गर।
4each of you not just looking to his own things, but each of you also to the things of others.
5आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर।
5Have this in your mind, which was also in Christ Jesus,
6ख्रीष्ट आफै हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन।
6who, existing in the form of God, didn’t consider equality with God a thing to be grasped,
7परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनु भयो।
7but emptied himself, taking the form of a servant, being made in the likeness of men.
8जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफैलाई खुबै नम्र बनाउनु भयो। उहाँले मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो अनि क्रूसमा मर्नु भयो।
8And being found in human form, he humbled himself, becoming obedient to death, yes, the death of the cross.
9ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।
9Therefore God also highly exalted him, and gave to him the name which is above every name;
10उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।
10that at the name of Jesus every knee should bow, of those in heaven, those on earth, and those under the earth,
11“येशू ख्रीष्ट प्रभु हुनुहुन्छ” भनी प्रत्येक जिब्रोले स्वीकारोस्। जब मानिसहरूले यसो भन्छन्, यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ।
11and that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.
12मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।
12So then, my beloved, even as you have always obeyed, not only in my presence, but now much more in my absence, work out your own salvation with fear and trembling.
13परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।
13For it is God who works in you both to will and to work, for his good pleasure.
14कुनै गनगन वा बहस नगरी सबै काम गर।
14Do all things without murmurings and disputes,
15तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।
15that you may become blameless and harmless, children of God without blemish in the midst of a crooked and perverse generation, among whom you are seen as lights in the world,
16जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।
16holding up the word of life; that I may have something to boast in the day of Christ, that I didn’t run in vain nor labor in vain.
17तिमीहरूका विश्वासाबाट तिमीहरूको जीवनलाई परमेश्वरको सेवामा एक बलि हुनेछ। तिमीहरूको बलि पूर्ण गराउनु मैले आफ्नो रगत दिनु पर्छ भने पनि म तिमीहरू जम्मैसित खुशी अनि आनन्दमयी हुनेछु।
17Yes, and if I am poured out on the sacrifice and service of your faith, I rejoice, and rejoice with you all.
18त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।
18In the same way, you also rejoice, and rejoice with me.
19तिमोथीलाई तिमीहरूकहाँ चाडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म र्हषित हुनेछु।
19But I hope in the Lord Jesus to send Timothy to you soon, that I also may be cheered up when I know how you are doing.
20तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँचो चासो छ।
20For I have no one else like-minded, who will truly care about you.
21अरूहरू त आफैमा मात्र मस्त छन्। ख्रीष्ट येशूको काममा तिनीहरूलाई कुनै चासो छैन।
21For they all seek their own, not the things of Jesus Christ.
22तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ।
22But you know the proof of him, that, as a child serves a father, so he served with me in furtherance of the Good News.
23म उनलाई चाँडै पठाउने प्रयास गर्दैछु। मलाई के हुन्छ त्यो जान्ने बित्तिकै म तिनलाई पठाउनेछु।
23Therefore I hope to send him at once, as soon as I see how it will go with me.
24म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।
24But I trust in the Lord that I myself also will come shortly.
25इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु।
25But I counted it necessary to send to you Epaphroditus, my brother, fellow worker, fellow soldier, and your apostle and servant of my need;
26म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए।
26since he longed for you all, and was very troubled, because you had heard that he was sick.
27हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन।
27For indeed he was sick, nearly to death, but God had mercy on him; and not on him only, but on me also, that I might not have sorrow on sorrow.
28यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन।
28I have sent him therefore the more diligently, that, when you see him again, you may rejoice, and that I may be the less sorrowful.
29प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ।
29Receive him therefore in the Lord with all joy, and hold such in honor,
30ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै संकटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।
30because for the work of Christ he came near to death, risking his life to supply that which was lacking in your service toward me.