Nepali

World English Bible

Proverbs

19

1कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।
1Better is the poor who walks in his integrity than he who is perverse in his lips and is a fool.
2बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।
2It isn’t good to have zeal without knowledge; nor being hasty with one’s feet and missing the way.
3मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
3The foolishness of man subverts his way; his heart rages against Yahweh.
4धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।
4Wealth adds many friends, but the poor is separated from his friend.
5झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।
5A false witness shall not be unpunished. He who pours out lies shall not go free.
6धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।
6Many will entreat the favor of a ruler, and everyone is a friend to a man who gives gifts.
7गरीब मानिस सित आफन्तहरू पनि टक्‌टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।
7All the relatives of the poor shun him: how much more do his friends avoid him! He pursues them with pleas, but they are gone.
8बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ।
8He who gets wisdom loves his own soul. He who keeps understanding shall find good.
9एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।
9A false witness shall not be unpunished. He who utters lies shall perish.
10मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमारमाथि शासन गर्नु हुँदैन।
10Delicate living is not appropriate for a fool, much less for a servant to have rule over princes.
11ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
11The discretion of a man makes him slow to anger. It is his glory to overlook an offense.
12राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।
12The king’s wrath is like the roaring of a lion, but his favor is like dew on the grass.
13मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।
13A foolish son is the calamity of his father. A wife’s quarrels are a continual dripping.
14धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।
14House and riches are an inheritance from fathers, but a prudent wife is from Yahweh.
15अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।
15Slothfulness casts into a deep sleep. The idle soul shall suffer hunger.
16जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।
16He who keeps the commandment keeps his soul, but he who is contemptuous in his ways shall die.
17गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता तिर्नु हुनेछ।
17He who has pity on the poor lends to Yahweh; he will reward him.
18सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
18Discipline your son, for there is hope; don’t be a willing party to his death.
19यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।
19A hot-tempered man must pay the penalty, for if you rescue him, you must do it again.
20उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
20Listen to counsel and receive instruction, that you may be wise in your latter end.
21मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
21There are many plans in a man’s heart, but Yahweh’s counsel will prevail.
22विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।
22That which makes a man to be desired is his kindness. A poor man is better than a liar.
23परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।
23The fear of Yahweh leads to life, then contentment; he rests and will not be touched by trouble.
24एकजना अल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।
24The sluggard buries his hand in the dish; he will not so much as bring it to his mouth again.
25मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।
25Flog a scoffer, and the simple will learn prudence; rebuke one who has understanding, and he will gain knowledge.
26जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।
26He who robs his father and drives away his mother, is a son who causes shame and brings reproach.
27हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्‌यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
27If you stop listening to instruction, my son, you will stray from the words of knowledge.
28झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।
28A corrupt witness mocks justice, and the mouth of the wicked gulps down iniquity.
29जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।
29Penalties are prepared for scoffers, and beatings for the backs of fools.