Nepali

World English Bible

Proverbs

22

1धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।
1A good name is more desirable than great riches, and loving favor is better than silver and gold.
2सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।
2The rich and the poor have this in common: Yahweh is the maker of them all.
3एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।
3A prudent man sees danger, and hides himself; but the simple pass on, and suffer for it.
4नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।
4The result of humility and the fear of Yahweh is wealth, honor, and life.
5दुष्ट मानिस नाना थरीका फंदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।
5Thorns and snares are in the path of the wicked: whoever guards his soul stays from them.
6नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ।
6Train up a child in the way he should go, and when he is old he will not depart from it.
7धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
7The rich rule over the poor. The borrower is servant to the lender.
8अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।
8He who sows wickedness reaps trouble, and the rod of his fury will be destroyed.
9एकजना उदार योग्य मानिसले आशिषू पाउँछ। उसले आशिषू पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।
9He who has a generous eye will be blessed; for he shares his food with the poor.
10यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।
10Drive out the mocker, and strife will go out; yes, quarrels and insults will stop.
11एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।
11He who loves purity of heart and speaks gracefully is the king’s friend.
12परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।
12The eyes of Yahweh watch over knowledge; but he frustrates the words of the unfaithful.
13अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”
13The sluggard says, “There is a lion outside! I will be killed in the streets!”
14व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।
14The mouth of an adulteress is a deep pit: he who is under Yahweh’s wrath will fall into it.
15नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।
15Folly is bound up in the heart of a child: the rod of discipline drives it far from him.
16आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।
16Whoever oppresses the poor for his own increase and whoever gives to the rich, both come to poverty.
17राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।
17Turn your ear, and listen to the words of the wise. Apply your heart to my teaching.
18यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।
18For it is a pleasant thing if you keep them within you, if all of them are ready on your lips.
19अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।
19That your trust may be in Yahweh, I teach you today, even you.
20तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।
20Haven’t I written to you thirty excellent things of counsel and knowledge,
21यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ। -1-
21To teach you truth, reliable words, to give sound answers to the ones who sent you?
22गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर
22Don’t exploit the poor, because he is poor; and don’t crush the needy in court;
23परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्। -2-
23for Yahweh will plead their case, and plunder the life of those who plunder them.
24झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।
24Don’t befriend a hot-tempered man, and don’t associate with one who harbors anger:
25नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ। -3-
25lest you learn his ways, and ensnare your soul.
26कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।
26Don’t you be one of those who strike hands, of those who are collateral for debts.
27तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढने ओछ्याउने सम्म गुमाउनु पर्नेछ। -4-
27If you don’t have means to pay, why should he take away your bed from under you?
28तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ। -5-
28Don’t move the ancient boundary stone, which your fathers have set up.
29यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन। -6-
29Do you see a man skilled in his work? He will serve kings. He won’t serve obscure men.