Nepali

World English Bible

Proverbs

30

1यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्,
1The words of Agur the son of Jakeh, the oracle: the man says to Ithiel, to Ithiel and Ucal:
2अरू कुनै मानिस भन्दा म धैरे अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।
2“Surely I am the most ignorant man, and don’t have a man’s understanding.
3मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ।
3I have not learned wisdom, neither do I have the knowledge of the Holy One.
4स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?
4Who has ascended up into heaven, and descended? Who has gathered the wind in his fists? Who has bound the waters in his garment? Who has established all the ends of the earth? What is his name, and what is his son’s name, if you know?
5परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ।
5“Every word of God is flawless. He is a shield to those who take refuge in him.
6यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूट प्रमाणित हुनेछौ।
6Don’t you add to his words, lest he reprove you, and you be found a liar.
7हे परमप्रभु! मेरो मृत्यु अघि हजुरबाट केवल दुईओटा चीज माग्नेछु औ ती हुन्,
7“Two things I have asked of you; don’t deny me before I die:
8मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।
8Remove far from me falsehood and lies. Give me neither poverty nor riches. Feed me with the food that is needful for me;
9यदि मसँग चाहिने भन्दा वेशी भए, मैले तपाईसंगको सम्बध छोडने छु अनि भन्ने छु, “यो परमप्रभु को हो?” यदि म गरीब भए भने चोर बनेर परमेश्वरको नाममा दुर्नाम ल्याउने छु।
9lest I be full, deny you, and say, ‘Who is Yahweh?’ or lest I be poor, and steal, and so dishonor the name of my God.
10मालिक अघि उसको नोकरको विरोधमा नबोल। यदि तिमीले त्यो गर्यौ भने, उसले तिमीलाई सराप्ने छ अनि तिमीलाई दोषी बनाउनेछ।
10“Don’t slander a servant to his master, lest he curse you, and you be held guilty.
11कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्।
11There is a generation that curses their father, and doesn’t bless their mother.
12केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।
12There is a generation that is pure in their own eyes, yet are not washed from their filthiness.
13केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्।
13There is a generation, oh how lofty are their eyes! Their eyelids are lifted up.
14मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।
14There is a generation whose teeth are like swords, and their jaws like knives, to devour the poor from the earth, and the needy from among men.
15जूकाका दुई जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन् चौथोले कदापि प्रयाप्त भयो भन्दैन।
15“The leach has two daughters: ‘Give, give.’ “There are three things that are never satisfied; four that don’t say, ‘Enough:’
16चिहान, बाँझी गर्भ र भूमि, पानीले कहिल्यै तृप्त हुदैनन् अनि आगोले “अब पुग्यो कहिल्यै भन्दैन।”
16 Sheol , the barren womb; the earth that is not satisfied with water; and the fire that doesn’t say, ‘Enough.’
17जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।
17“The eye that mocks at his father, and scorns obedience to his mother: the ravens of the valley shall pick it out, the young eagles shall eat it.
18तीनओटा कुराहरू मलाई अचम्म लाग्छ अनि चौथो कुरा त म बुझ्दिनँ।
18“There are three things which are too amazing for me, four which I don’t understand:
19आकाशमा उडने गरूडको चाल, चट्टानमा घस्रने साँपको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल।
19The way of an eagle in the air; the way of a serpent on a rock; the way of a ship in the midst of the sea; and the way of a man with a maiden.
20यसप्रकार कि एउटी आइमाईले व्यभिचार गर्छे, उसले खान्छे, मुख पुस्छे र भन्छे, “मैले केही पनि खराब काम गरेकी छैन।”
20“So is the way of an adulterous woman: she eats and wipes her mouth, and says, ‘I have done nothing wrong.’
21यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन।
21“For three things the earth tremble, and under four, it can’t bear up:
22एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ।
22For a servant when he is king; a fool when he is filled with food;
23माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे।
23for an unloved woman when she is married; and a handmaid who is heir to her mistress.
24पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन।
24“There are four things which are little on the earth, but they are exceedingly wise:
25कमिलाहरूको एक्दमै बलियो समुदाय हुँदैन तर तिनीहरूले ग्रीष्म ऋतुमा हिउँदको भोजन संचय गर्छन्।
25the ants are not a strong people, yet they provide their food in the summer.
26पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन् तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।
26The conies are but a feeble folk, yet make they their houses in the rocks.
27सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।
27The locusts have no king, yet they advance in ranks.
28अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।
28You can catch a lizard with your hands, yet it is in kings’ palaces.
29तीनओटा प्राणीहरू आर्कषक ढंगले हिंडछन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिंडछन्।
29“There are three things which are stately in their march, four which are stately in going:
30सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह।
30The lion, which is mightiest among animals, and doesn’t turn away for any;
31लचकमा हिंडने कुखुराको भाले, र बोका अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।
31the greyhound, the male goat also; and the king against whom there is no rising up.
32यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयो भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ, भने तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर।
32“If you have done foolishly in lifting up yourself, or if you have thought evil, put your hand over your mouth.
33जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउदा झगडा मच्चिन्छ।
33For as the churning of milk brings forth butter, and the wringing of the nose brings forth blood; so the forcing of wrath brings forth strife.”