1हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। साथ पाउनलाई रोएको क्रन्दन सुनिदिनु होस्।
1Hear my prayer, Yahweh! Let my cry come to you.
2परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म संकटहरूमा झेलिएको हुन्छु मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु मलाई झट्टै जवाफ दिनुहोस्।
2Don’t hide your face from me in the day of my distress. Turn your ear to me. Answer me quickly in the day when I call.
3मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
3For my days consume away like smoke. My bones are burned as a torch.
4मेरो शक्ति क्षीण हुँदै गईसक्यो म सुक्खा, ओलिन्दै गई रहेको घाँस जस्तै छु। मैले खान समेत भूली सकेको छु।
4My heart is blighted like grass, and withered, for I forget to eat my bread.
5आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ।
5By reason of the voice of my groaning, my bones stick to my skin.
6म मरूभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु। भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।
6I am like a pelican of the wilderness. I have become as an owl of the waste places.
7म सुत्न सक्दिन। म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
7I watch, and have become like a sparrow that is alone on the housetop.
8मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्। तिनीहरूले मलाई खिसी गरे अनि सरापे।
8My enemies reproach me all day. Those who are mad at me use my name as a curse.
9मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो। मेरो आँसु मेरो पिउने बस्तु हो।
9For I have eaten ashes like bread, and mixed my drink with tears,
10किन? किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ, परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो।
10Because of your indignation and your wrath, for you have taken me up, and thrown me away.
11दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो। म सुक्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
11My days are like a long shadow. I have withered like grass.
12तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। तपाईंको नाउँ सदा सर्वदा र अनन्त सम्म रहनेछ।
12But you, Yahweh, will remain forever; your renown endures to all generations.
13तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
13You will arise and have mercy on Zion; for it is time to have pity on her. Yes, the set time has come.
14तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ, तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
14For your servants take pleasure in her stones, and have pity on her dust.
15मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
15So the nations will fear the name of Yahweh; all the kings of the earth your glory.
16परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ। मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
16For Yahweh has built up Zion. He has appeared in his glory.
17परमेश्वरले जिउँदै छाडनु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
17He has responded to the prayer of the destitute, and has not despised their prayer.
18यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
18This will be written for the generation to come. A people which will be created will praise Yah.
19परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ। परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
19For he has looked down from the height of his sanctuary. From heaven, Yahweh saw the earth;
20अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
20to hear the groans of the prisoner; to free those who are condemned to death;
21तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्। तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
21that men may declare the name of Yahweh in Zion, and his praise in Jerusalem;
22जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।
22when the peoples are gathered together, the kingdoms, to serve Yahweh.
23मेरो बलले मलाई नै असफल तुल्यायो। मेरो जीवन छोटो भएर घट्यो।
23He weakened my strength along the course. He shortened my days.
24यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
24I said, “My God, don’t take me away in the midst of my days. Your years are throughout all generations.
25धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
25Of old, you laid the foundation of the earth. The heavens are the work of your hands.
26संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ। तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्, अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ। तिनीहरू सबै परिर्वतिन हुनेछन्।
26They will perish, but you will endure. Yes, all of them will wear out like a garment. You will change them like a cloak, and they will be changed.
27तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सर्वदा जीवित रहनु हुन्छ।
27But you are the same. Your years will have no end.
28हामी आज तपाईंका दासहरू हौं। हाम्रा नानीहरू यहाँ छन्। अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”
28The children of your servants will continue. Their seed will be established before you.”