1हे परमप्रभु! सम्झनु होस्, कसरी, दाऊद पीडित भए।
1Yahweh, remember David and all his affliction,
2दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।
2how he swore to Yahweh, and vowed to the Mighty One of Jacob:
3दाऊदले भने, “म आफ्नो घरभित्र जाने छैन, म आफ्नो ओछ्यानमा ढल्कने छैन,
3“Surely I will not come into the structure of my house, nor go up into my bed;
4म सुत्ने छैन म आफ्नो आँखालाई विश्राम दिने छैन,
4I will not give sleep to my eyes, or slumber to my eyelids;
5जबसम्म याकूबको सर्वशक्तिमान् परमप्रभुको घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने नै छैन!”
5until I find out a place for Yahweh, a dwelling for the Mighty One of Jacob.”
6एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं। हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ,
6Behold, we heard of it in Ephrathah. We found it in the field of Jaar:
7पवित्र पालतर्फ जाऊ। त्यस टुललाई पूजौं जहाँ परमप्रभुले आराम गर्न आफ्ना खुट्टाहरू राख्नुहुन्छ।
7“We will go into his dwelling place. We will worship at his footstool.
8परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।
8Arise, Yahweh, into your resting place; you, and the ark of your strength.
9हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्, तपाईंका भक्तजनहरू आनन्दित छन्।
9Let your priest be clothed with righteousness. Let your saints shout for joy!”
10तपाईंको आफ्ना असल दास दाऊदको निम्ति, आफूले रोजेका राजालाई रद्ध नगर्नुहोस्।
10For your servant David’s sake, don’t turn away the face of your anointed one.
11परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।
11Yahweh has sworn to David in truth. He will not turn from it: “I will set the fruit of your body on your throne.
12परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सँधै राजा हुनेछ।”
12If your children will keep my covenant, my testimony that I will teach them, their children also will sit on your throne forevermore.”
13परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
13For Yahweh has chosen Zion. He has desired it for his habitation.
14परमप्रभुले भन्नुभयो, “यो सदा सर्वदाको लागि मेरो ठाउँ हुनेछ। यो ठाउँ मैले रोजें जहाँ म हुने छु।
14“This is my resting place forever. Here I will live, for I have desired it.
15म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु। गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ।
15I will abundantly bless her provision. I will satisfy her poor with bread.
16म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू यहाँ अत्यन्त खुशी हुनेछन्।
16Her priests I will also clothe with salvation. Her saints will shout aloud for joy.
17म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु।
17There I will make the horn of David to bud. I have ordained a lamp for my anointed.
18म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”
18I will clothe his enemies with shame, but on himself, his crown will be resplendent.”