1हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस् क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।
1Deliver me, Yahweh, from the evil man. Preserve me from the violent man;
2तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सँधै नै तयार हुन्छन्।
2those who devise mischief in their hearts. They continually gather themselves together for war.
3तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्। त्यो सर्पको विष तिनीहरूको जिब्रो मुनि रहे जस्तै हो।
3They have sharpened their tongues like a serpent. Viper’s poison is under their lips. Selah.
4हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गरिदिनु होस, तिनीहरू मेरो पछि लागेर खोज्दछन् र कष्ट दिने प्रयास गर्दछन्।
4Yahweh, keep me from the hands of the wicked. Preserve me from the violent men who have determined to trip my feet.
5ती अंहकारीहरूले मेरो निम्ति पासो थापे। तिनीहरूले मलाई पक्रन भनी जाल फिंजाए। तिनीहरूले मेरो बाटोमा पासो थापे।
5The proud have hidden a snare for me, they have spread the cords of a net by the path. They have set traps for me. Selah.
6हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। हे परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्।
6I said to Yahweh, “You are my God.” Listen to the cry of my petitions, Yahweh.
7हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ। तपाईं मेरो मुकुट सरह हुनुहुन्छ जसद्वार युद्धमा मेरो शिर सुरक्षित पारिन्छ।
7Yahweh, the Lord, the strength of my salvation, you have covered my head in the day of battle.
8हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्। तिनीहरूले चाहेका कुराहरू नपाऊन्। तिमीहरूका योजनाहरू सफल नहोस्।
8Yahweh, don’t grant the desires of the wicked. Don’t let their evil plans succeed, or they will become proud. Selah.
9परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्। तर ती दुष्ट कार्यहरू उनीहरूमाथि नै परून्।
9As for the head of those who surround me, let the mischief of their own lips cover them.
10जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्, मेरो शत्रुहरूलाई आगोमा फ्याँकियोस् तिनीहरूलाई चिहानमा फ्याँकिदिनु होस् ताकि उनीहरू चढेर आउनु कहिल्यै नसकुन्।
10Let burning coals fall on them. Let them be thrown into the fire, into miry pits, from where they never rise.
11परमप्रभु, ती झूटाहरूलाई बस्न वा बाँच्न नदिनुहोस्। नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।
11An evil speaker won’t be established in the earth. Evil will hunt the violent man to overthrow him.
12म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई निष्पक्ष रूपले न्याय गर्नुहुनेछ परमेश्वरले असहाय मानिसहरूलाई साथ दिनुहुनेछ।
12I know that Yahweh will maintain the cause of the afflicted, and justice for the needy.
13धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु। सोझा मानिसहरूले तपाईंलाई पूज्ने छन्।
13Surely the righteous will give thanks to your name. The upright will dwell in your presence.