1हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।
1We have heard with our ears, God; our fathers have told us, what work you did in their days, in the days of old.
2परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो। तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो। तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।
2You drove out the nations with your hand, but you planted them. You afflicted the peoples, but you spread them abroad.
3हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
3For they didn’t get the land in possession by their own sword, neither did their own arm save them; but your right hand, and your arm, and the light of your face, because you were favorable to them.
4हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ। आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।
4You are my King, God. Command victories for Jacob!
5मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं। तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।
5Through you, will we push down our adversaries. Through your name, will we tread them under who rise up against us.
6म मेरो धनु र तरवारमाथि भरोसा राख्दिन। मेरो तरवारले मलाई बचाउन सक्दैन।
6For I will not trust in my bow, neither shall my sword save me.
7हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो। तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।
7But you have saved us from our adversaries, and have shamed those who hate us.
8हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं। अनि तपाईंको नाउँको प्रशंसा सदा सर्वदा गर्नेछौं!
8In God we have made our boast all day long, we will give thanks to your name forever. Selah.
9तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो। तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।
9But now you rejected us, and brought us to dishonor, and don’t go out with our armies.
10तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो। हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।
10You make us turn back from the adversary. Those who hate us take spoil for themselves.
11तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो। तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।
11You have made us like sheep for food, and have scattered us among the nations.
12हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो, तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।
12You sell your people for nothing, and have gained nothing from their sale.
13तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो। तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।
13You make us a reproach to our neighbors, a scoffing and a derision to those who are around us.
14हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्। आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।
14You make us a byword among the nations, a shaking of the head among the peoples.
15म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु।
15All day long my dishonor is before me, and shame covers my face,
16मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे, तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैं लुक्छु।
16At the taunt of one who reproaches and verbally abuses, because of the enemy and the avenger.
17परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!
17All this has come on us, yet have we not forgotten you, Neither have we been false to your covenant.
18परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं। हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।
18Our heart has not turned back, neither have our steps strayed from your path,
19तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्। तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।
19Though you have crushed us in the haunt of jackals, and covered us with the shadow of death.
20के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं? के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!
20If we have forgotten the name of our God, or spread forth our hands to a strange god;
21निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ। उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।
21won’t God search this out? For he knows the secrets of the heart.
22हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्यौं! हामी मार्न लगिएका भेडा जस्तै छौं।
22Yes, for your sake we are killed all day long. We are regarded as sheep for the slaughter.
23उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
23Wake up! Why do you sleep, Lord? The word translated “Lord” is “Adonai.” Arise! Don’t reject us forever.
24परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र संकटहरूलाई बिर्सिनु भयो?
24Why do you hide your face, and forget our affliction and our oppression?
25हामीलाई फोहारेभित्र हुत्याइएको छ। हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।
25For our soul is bowed down to the dust. Our body clings to the earth.
26हे परमेश्वर, उठूनु होस र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।
26Rise up to help us. Redeem us for your loving kindness’ sake.