Nepali

World English Bible

Psalms

58

1हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ।
1Do you indeed speak righteousness, silent ones? Do you judge blamelessly, you sons of men?
2होइन, तिमीहरू दुष्ट्‌याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ।
2No, in your heart you plot injustice. You measure out the violence of your hands in the earth.
3ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्।
3The wicked go astray from the womb. They are wayward as soon as they are born, speaking lies.
4तिनीहरूको क्रोध सर्पको विष जस्तै डरलाग्दो छ। साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्।
4Their poison is like the poison of a snake; like a deaf cobra that stops its ear,
5साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन। अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्।
5which doesn’t listen to the voice of charmers, no matter how skillful the charmer may be.
6हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्।
6Break their teeth, God, in their mouth. Break out the great teeth of the young lions, Yahweh.
7तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्। तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन।
7Let them vanish as water that flows away. When they draw the bow, let their arrows be made blunt.
8तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन।
8Let them be like a snail which melts and passes away, like the stillborn child, who has not seen the sun.
9तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।
9Before your pots can feel the heat of the thorns, he will sweep away the green and the burning alike.
10जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।
10The righteous shall rejoice when he sees the vengeance. He shall wash his feet in the blood of the wicked;
11तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो!
11so that men shall say, “Most certainly there is a reward for the righteous. Most certainly there is a God who judges the earth.”