Nepali

World English Bible

Psalms

6

1हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
1Yahweh, don’t rebuke me in your anger, neither discipline me in your wrath.
2हे परमप्रभु, ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु। मलाई निको पार्नुहोस्! मेरो हड्डीहरू दुःखिरहेका छन्।
2Have mercy on me, Yahweh, for I am faint. Yahweh, heal me, for my bones are troubled.
3मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
3My soul is also in great anguish. But you, Yahweh—how long?
4परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
4Return, Yahweh. Deliver my soul, and save me for your loving kindness’ sake.
5मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
5For in death there is no memory of you. In Sheol , who shall give you thanks?
6हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्‌पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
6I am weary with my groaning. Every night I flood my bed. I drench my couch with my tears.
7मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
7My eye wastes away because of grief. It grows old because of all my adversaries.
8दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
8Depart from me, all you workers of iniquity, for Yahweh has heard the voice of my weeping.
9परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
9Yahweh has heard my supplication. Yahweh accepts my prayer.
10मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
10May all my enemies be ashamed and dismayed. They shall turn back, they shall be disgraced suddenly.