Nepali

World English Bible

Psalms

85

1हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
1Yahweh, you have been favorable to your land. You have restored the fortunes of Jacob.
2हे परमप्रभु, आफ्ना मानिसहरूलाई, क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!
2You have forgiven the iniquity of your people. You have covered all their sin. Selah.
3हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।
3You have taken away all your wrath. You have turned from the fierceness of your anger.
4हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्, अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।
4Turn us, God of our salvation, and cause your indignation toward us to cease.
5के तपाई हामी संग सधैं क्रोधित हुनुहुन्छ?
5Will you be angry with us forever? Will you draw out your anger to all generations?
6दया गरी हामीसंग प्रसन्न हुनुहोस्, तपाईंको मानिसहरूलाई खुशी बनाउँनु होस्।
6Won’t you revive us again, that your people may rejoice in you?
7हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।
7Show us your loving kindness, Yahweh. Grant us your salvation.
8उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाए। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने उनीहरूले शान्ति पाउने छन्।
8I will hear what God, Yahweh, will speak, for he will speak peace to his people, his saints; but let them not turn again to folly.
9परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
9Surely his salvation is near those who fear him, that glory may dwell in our land.
10परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
10Mercy and truth meet together. Righteousness and peace have kissed each other.
11पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्। अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
11Truth springs out of the earth. Righteousness has looked down from heaven.
12परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ, अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
12Yes, Yahweh will give that which is good. Our land will yield its increase.
13धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।
13Righteousness goes before him, And prepares the way for his steps.