Nepali

World English Bible

Psalms

89

1म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
1I will sing of the loving kindness of Yahweh forever. With my mouth, I will make known your faithfulness to all generations.
2हे परमप्रभु, म तपाईंमा साँचो रूपमा विश्वास गर्दछु कि तपाईंको प्रेम अनवरत छ। तपाईंको विश्वास आकाश झै व्यापक छ।
2I indeed declare, “Love stands firm forever. You established the heavens. Your faithfulness is in them.”
3परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु, मैले मेरो दास दाऊदसँग कसम खाएँ।
3“I have made a covenant with my chosen one, I have sworn to David, my servant,
4दाऊद, म तिम्रो वंशलाई सदा सर्वदाको निम्ति स्थिर बनाउनेछु। म तिम्रो राज्य सदा सर्वदाको निम्ति कायम गराउने छु।”
4‘I will establish your seed forever, and build up your throne to all generations.’” Selah.
5हे परमप्रभु, तपाईंले आश्चर्यपूर्वक कुराहरू सृजना गर्नु हुन्छ। जसको निम्ति तपाईंलाई आकाशहरूले पनि प्रशंसा गर्छन्। मानिसहरू तपाईंमाथि आश्रित हुन सक्छन्। पवित्र स्वर्गदूतहरूको सभाले तपाईंको बारेमा गाउँदछ।
5The heavens will praise your wonders, Yahweh; your faithfulness also in the assembly of the holy ones.
6स्वर्गमा तपाईंको बराबरी हुने कोही पनि छैन। कुनै पनि “देवता” परमप्रभुको तुलनामा आउन सक्तैन।
6For who in the skies can be compared to Yahweh? Who among the sons of the heavenly beings is like Yahweh,
7परमेश्वर पवित्र स्वर्गदूतहरूसित सदा सर्वदा मिल्नु हुन्छ। ती सबै स्वर्गदूतहरू उहाँका हुन। तिनीहरू डराएर उहाँको श्रद्धा गर्दछन्, तिनीहरू उहाँको सम्मानमा बस्दछन्।
7a very awesome God in the council of the holy ones, to be feared above all those who are around him?
8हे सेनाहरूका परमप्रभु, परमेश्वर तपाईं जस्तो यहाँ अरू कोही छैन। हामी पूर्णरूपले तपाईंमाथि भरोसा राख्छौ।
8Yahweh, God of Armies, who is a mighty one, like you? Yah, your faithfulness is around you.
9तपाईंले विशाल समुद्रको शक्तिशाली ज्वारभाटमाथि शाश्वत गर्नुहुन्छ। तपाईं त्यसको छालहरूलाई शान्त पार्न सक्नु हुन्छ।
9You rule the pride of the sea. When its waves rise up, you calm them.
10परमेश्वर तपाईंले राहबलाई डर देखाउनु भयो, तपाईंको आफ्नै शक्तिशाली पाखुराहरूले तपाईंका शत्रुहरूलाई यत्रतत्र पारिदिनु भयो।
10You have broken Rahab in pieces, like one of the slain. You have scattered your enemies with your mighty arm.
11स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू तपाईंकै हुन्, परमेश्वर तपाईंले संसार र यसका सबै थोकहरू सृजना गर्नुभयो।
11The heavens are yours. The earth also is yours; the world and its fullness. You have founded them.
12उत्तर र दक्षिण दिशामा तपाईंले सारा थोकहरू सृजना गर्नुभयो। ताबोर पर्वत र हर्मोन पर्वतले तपाईंकै नाउँको गुण-गान गर्दछन्।
12The north and the south, you have created them. Tabor and Hermon rejoice in your name.
13हे परमेश्वर तपाईंसँग शक्ति छ। तपाईंको शक्ति महान् छ विजय तपाईंकै हो।
13You have a mighty arm. Your hand is strong, and your right hand is exalted.
14तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ। प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
14Righteousness and justice are the foundation of your throne. Loving kindness and truth go before your face.
15हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्। तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
15Blessed are the people who learn to acclaim you. They walk in the light of your presence, Yahweh.
16तपाईंको नाउँले तिनीहरूलाई सधैं खुशी पार्छ। तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
16In your name they rejoice all day. In your righteousness, they are exalted.
17तपाईं तिनीहरूका आश्चर्यमय बल हुनुहुन्छ। तपाईंबाटै उनीहरूको शक्ति आउँदछन्।
17For you are the glory of their strength. In your favor, our horn will be exalted.
18परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ। इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
18For our shield belongs to Yahweh; our king to the Holy One of Israel.
19तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो, “मैले भीडबाट एकजना जवान केटोलाई छानें अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ, मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
19Then you spoke in vision to your saints, and said, “I have bestowed strength on the warrior. I have exalted a young man from the people.
20मैले मेरो दास दाऊदलाई पाएँ अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
20I have found David, my servant. I have anointed him with my holy oil,
21मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें। अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
21with whom my hand shall be established. My arm will also strengthen him.
22शत्रुले ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्। दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
22No enemy will tax him. No wicked man will oppress him.
23म तिनीहरुको शत्रुहरूलाई शेष पार्नेछु र तिनीहरुको सल्लाहकारलाई तल फ्याँकनेछु।
23I will beat down his adversaries before him, and strike those who hate him.
24म सधैं आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु। म उनलाई सधैं बलियो बनाउने छु।
24But my faithfulness and my loving kindness will be with him. In my name, his horn will be exalted.
25मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु। उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
25I will set his hand also on the sea, and his right hand on the rivers.
26उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ। तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।
26He will call to me, ‘You are my Father, my God, and the rock of my salvation!’
27अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु। ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।
27I will also appoint him my firstborn, the highest of the kings of the earth.
28मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु। तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।
28I will keep my loving kindness for him forevermore. My covenant will stand firm with him.
29उनका परिवारहरू अनवरत रहने छन् जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।
29I will also make his seed endure forever, and his throne as the days of heaven.
30यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे। भने म तिनीहरूलाई दण्ड दिनेछु।
30If his children forsake my law, and don’t walk in my ordinances;
31यदि छानिएका राजाका भावी सन्तानहरूले मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने,
31if they break my statutes, and don’t keep my commandments;
32तब म उनीहरूलाई कडा दण्ड दिनेछु। म तिनीहरूका दुष्टकर्मको सजाय कोर्राले दिनेछु।
32then I will punish their sin with the rod, and their iniquity with stripes.
33तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन। म तिनीहरू प्रति सधैं विश्वासी रहने छु।
33But I will not completely take my loving kindness from him, nor allow my faithfulness to fail.
34म दाऊदसँग भएको करार तोड्ने छैन। म मेरो करार-वचन परिणत गर्नेछैन।
34I will not break my covenant, nor alter what my lips have uttered.
35मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु अनि म दाऊद प्रति झूटो हुने छैन।
35Once have I sworn by my holiness, I will not lie to David.
36दाऊदका सन्तानहरू अनवरत रहनेछन्। रहुञ्जेल उनको राज्य रहने छ।
36His seed will endure forever, his throne like the sun before me.
37जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्, त्यो करारमा भरोसा गर्न सकिन्छ।”
37It will be established forever like the moon, the faithful witness in the sky.” Selah.
38तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो। अनि उनलाई एक्लै छाडी दिनु भयो।
38But you have rejected and spurned. You have been angry with your anointed.
39तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ। तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो।
39You have renounced the covenant of your servant. You have defiled his crown in the dust.
40तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो। उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो।
40You have broken down all his hedges. You have brought his strongholds to ruin.
41त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे। उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे।
41All who pass by the way rob him. He has become a reproach to his neighbors.
42तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो। तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो।
42You have exalted the right hand of his adversaries. You have made all of his enemies rejoice.
43परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो। तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन।
43Yes, you turn back the edge of his sword, and haven’t supported him in battle.
44तपाईंले उनलाई जित्न दिनु भएन। तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो।
44You have ended his splendor, and thrown his throne down to the ground.
45तपाईंले उनको जीवन घटाई दिनु भयो तपाईंले उनलाई लज्जित पार्नुभयो।
45You have shortened the days of his youth. You have covered him with shame. Selah.
46हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो? के तपाईंले हामीलाई सधैं उपेक्षा गर्नुहुन्छ? के तपाईंको क्रोध आगो जस्तो सधैं बल्ने हो?
46How long, Yahweh? Will you hide yourself forever? Will your wrath burn like fire?
47याद गर्नुहोस् मेरो जीवन कति छोटो छः तपाईंले हामीलाई छोटो जीवन बाँच्नलाई रच्नुभयो।
47Remember how short my time is! For what vanity have you created all the children of men!
48कोही पनि बाँच्ने छैन र कहिल्यै मर्दैन कोही पनि चिहानबाट भाग्न पाउने छैन।
48What man is he who shall live and not see death, who shall deliver his soul from the power of Sheol ? Selah.
49हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ? तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो।
49Lord, where are your former loving kindnesses, which you swore to David in your faithfulness?
50[This verse may not be a part of this translation]
50Remember, Lord, the reproach of your servants, how I bear in my heart the taunts of all the mighty peoples,
51[This verse may not be a part of this translation]
51With which your enemies have mocked, Yahweh, with which they have mocked the footsteps of your anointed one.
52परमप्रभुको सदा सर्वदा प्रशंसा गर। आमेन! आमेन!
52Blessed be Yahweh forevermore. Amen, and Amen. BOOK IV