1परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
1Sing to Yahweh a new song! Sing to Yahweh, all the earth.
2परमप्रभु प्रति गाऊ! उहाँको नाउँलाई आर्शीवाद देऊ! सुसमाचार भन। प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
2Sing to Yahweh! Bless his name! Proclaim his salvation from day to day!
3परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन। परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन। सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
3Declare his glory among the nations, his marvelous works among all the peoples.
4परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
4For great is Yahweh, and greatly to be praised! He is to be feared above all gods.
5अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
5For all the gods of the peoples are idols, but Yahweh made the heavens.
6उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ। परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
6Honor and majesty are before him. Strength and beauty are in his sanctuary.
7परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं।
7Ascribe to Yahweh, you families of nations, ascribe to Yahweh glory and strength.
8परमप्रभुको नाउँको प्रशंसा गर आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
8Ascribe to Yahweh the glory due to his name. Bring an offering, and come into his courts.
9पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर। पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
9Worship Yahweh in holy array. Tremble before him, all the earth.
10जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
10Say among the nations, “Yahweh reigns.” The world is also established. It can’t be moved. He will judge the peoples with equity.
11हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
11Let the heavens be glad, and let the earth rejoice. Let the sea roar, and its fullness!
12खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन। जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
12Let the field and all that is in it exult! Then all the trees of the woods shall sing for joy
13खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।
13before Yahweh; for he comes, for he comes to judge the earth. He will judge the world with righteousness, the peoples with his truth.