1तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।”
1I heard a loud voice out of the temple, saying to the seven angels, “Go and pour out the seven bowls of the wrath of God on the earth!”
2पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरुले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरुलाई अति दुखदायक औ घिनलाग्दो घाउहरु भयो।
2The first went, and poured out his bowl into the earth, and it became a harmful and evil sore on the people who had the mark of the beast, and who worshiped his image.
3दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।
3The second angel poured out his bowl into the sea, and it became blood as of a dead man. Every living thing in the sea died.
4तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरु अनि पानीको मुहानमा खन्यायो। नदीहरु अनि पानीको मुहानहरु रगतमा परिणत भयो।
4The third poured out his bowl into the rivers and springs of water, and they became blood.
5तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें “तुपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरु गर्नुमा सही हुनुहुन्छ,
5I heard the angel of the waters saying, “You are righteous, who are and who were, you Holy One, because you have judged these things.
6तिनीहरुले तपाईंका पवित्र मानिसहरु अनि तपाईंका अगमवक्ताहरुको रगत बगाइदिए। अहिले तिनीहरुलाई तपाईंले रगत पिउन दिनु भएको छ। तिनीहरु त्यसैको योग्य छन्।”
6For they poured out the blood of the saints and the prophets, and you have given them blood to drink. They deserve this.”
7अनि मैले वेदीले यसो भन्दै गरेको सुनें “हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।”
7I heard the altar saying, “Yes, Lord God, the Almighty, true and righteous are your judgments.”
8तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरुलाई आगोले पोल्ने शक्ति दिइयो।
8The fourth poured out his bowl on the sun, and it was given to him to scorch men with fire.
9मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।
9People were scorched with great heat, and people blasphemed the name of God who has the power over these plagues. They didn’t repent and give him glory.
10पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके।
10The fifth poured out his bowl on the throne of the beast, and his kingdom was darkened. They gnawed their tongues because of the pain,
11मानिसहरुले तिनीहरुले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।
11and they blasphemed the God of heaven because of their pains and their sores. They didn’t repent of their works.
12छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरुको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो।
12The sixth poured out his bowl on the great river, the Euphrates. Its water was dried up, that the way might be prepared for the kings that come from the sunrise.
13तब मैले तीनवटा दुष्ट आत्माहरु देखें जो भ्यागुतो जस्तै देखिन्थ्यो। तिनीहरु त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के।
13I saw coming out of the mouth of the dragon, and out of the mouth of the beast, and out of the mouth of the false prophet, three unclean spirits, something like frogs;
14यी दुष्ट आत्माहरु दानवहरुका आत्मा थिए। तिनीहरुमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरु संसारका राजाहरुकहाँ जान्छन्। तिनीहरु परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरु बटुल्न जान्छन्।
14for they are spirits of demons, performing signs; which go forth to the kings of the whole inhabited earth, to gather them together for the war of that great day of God, the Almighty.
15“सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरु आफूसित राख्छ। तब उ नाङ्गै हुने छैन अनि उसमा मानिसहरुले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”
15 “Behold, I come like a thief. Blessed is he who watches, and keeps his clothes, so that he doesn’t walk naked, and they see his shame.”
16त्यासपछि ती दुष्ट आत्माहरुले राजाहरुलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।
16He gathered them together into the place which is called in Hebrew, Megiddo.
17सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।”
17The seventh poured out his bowl into the air. A loud voice came forth out of the temple of heaven, from the throne, saying, “It is done!”
18तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूँइचालो थियो।
18There were lightnings, sounds, and thunders; and there was a great earthquake, such as was not since there were men on the earth, so great an earthquake, so mighty.
19त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरुका नगरहरु नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।
19The great city was divided into three parts, and the cities of the nations fell. Babylon the great was remembered in the sight of God, to give to her the cup of the wine of the fierceness of his wrath.
20हरेक द्वीपहरु लुप्त भयो अनि त्यहाँ पर्वतहरु रहेनन्।
20Every island fled away, and the mountains were not found.
21ठूल-ठूला असिना आकाशबाट मानिसहरुमाथि झर्यो। यी असिनाहरु प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरुले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।
21Great hailstones, about the weight of a talent, 1 talent is about 34 kilograms or 75 pounds came down out of the sky on people. People blasphemed God because of the plague of the hail, for this plague is exceedingly severe.