1यो घटना पछि मैले चारवटा स्वर्गदूतहरुलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरुले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए।
1After this, I saw four angels standing at the four corners of the earth, holding the four winds of the earth, so that no wind would blow on the earth, or on the sea, or on any tree.
2त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरुलाई बोलाए। ती चार स्वर्गदूतहरु ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलांई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरुलाई भने,
2I saw another angel ascend from the sunrise, having the seal of the living God. He cried with a loud voice to the four angels to whom it was given to harm the earth and the sea,
3“भूमि वा समुद्र वा बृक्षहरुलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरुको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट न पुर्याऊ।”
3saying, “Don’t harm the earth, neither the sea, nor the trees, until we have sealed the bondservants of our God on their foreheads!”
4तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।
4I heard the number of those who were sealed, one hundred forty-four thousand, sealed out of every tribe of the children of Israel:
5यहूदाको कुल समूहबाट 12,000 रुबेनको कुल समूहबाट 12,000 गादको कुल समूहबाट 12,000
5of the tribe of Judah were sealed twelve thousand, of the tribe of Reuben twelve thousand, of the tribe of Gad twelve thousand,
6आशेरको कुल समूहबाट 12,000 नप्तालीको कुल समूहबाट 12,000 मनश्शेको कुल समूहबाट 12,000
6of the tribe of Asher twelve thousand, of the tribe of Naphtali twelve thousand, of the tribe of Manasseh twelve thousand,
7शिमियोनको कुल समूहबाट 12,000 लेवीको कुल समूहबाट 12,000 इस्साखारको कुल समूहबाट 12,000
7of the tribe of Simeon twelve thousand, of the tribe of Levi twelve thousand, of the tribe of Issachar twelve thousand,
8जबूलूनको कुल समूहबाट 12,000 यूसुफको कुल समूहबाट 12,000 बेन्यामीनको कुल समूहबाट 12,000
8of the tribe of Zebulun twelve thousand, of the tribe of Joseph twelve thousand, of the tribe of Benjamin were sealed twelve thousand.
9त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।
9After these things I looked, and behold, a great multitude, which no man could number, out of every nation and of all tribes, peoples, and languages, standing before the throne and before the Lamb, dressed in white robes, with palm branches in their hands.
10तिनीहरु ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडाको पाठाको जय होस्।”
10They cried with a loud voice, saying, “Salvation be to our God, who sits on the throne, and to the Lamb!”
11अग्रजहरु अनि ती चार सजीव वस्तुहरु त्यहाँ थिए। सबै स्वर्गदूतहरु तिनीहरुको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरुले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।
11All the angels were standing around the throne, the elders, and the four living creatures; and they fell on their faces before his throne, and worshiped God,
12तिनीहरुले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
12saying, “Amen! Blessing, glory, wisdom, thanksgiving, honor, power, and might, be to our God forever and ever! Amen.”
13तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरु को हुन्.? तिनीहरु कहाँवाट आएका हुन्?”
13One of the elders answered, saying to me, “These who are arrayed in white robes, who are they, and from where did they come?”
14मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।
14I told him, “My lord, you know.” He said to me, “These are those who came out of the great tribulation. They washed their robes, and made them white in the Lamb’s blood.
15यसर्थ अहिले यी मानिसहरु परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरु दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरुलाई रक्षा गर्नेछन्।
15Therefore they are before the throne of God, they serve him day and night in his temple. He who sits on the throne will spread his tabernacle over them.
16तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।
16They will never be hungry, neither thirsty any more; neither will the sun beat on them, nor any heat;
17सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
17for the Lamb who is in the midst of the throne shepherds them, and leads them to springs of waters of life. And God will wipe away every tear from their eyes.”