1तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकूँ। त्यो तिम्रो निम्ति असल हुनेछ।
1Naomi her mother-in-law said to her, “My daughter, shall I not seek rest for you, that it may be well with you?
2सम्भवत बोअज नै सही व्यक्ती हुन सक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्।
2Now isn’t Boaz our kinsman, with whose maidens you were? Behold, he winnows barley tonight in the threshing floor.
3“जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्।
3Therefore wash yourself, anoint yourself, get dressed, and go down to the threshing floor, but don’t make yourself known to the man until he has finished eating and drinking.
4तिनले भोजन गरि सकेपछि तिनी विश्राम गर्नलाई कहाँ जान्छन्। तिनलाई हेर तिनीकहाँ सुत्नेछन् तिमीले देख्न सक्ने छौ। त्यहाँ जाऊ अनि तिनको पाउबाट ओढने वस्त्र उठाऊ। तब त्यहाँ बोअजसित सुत। तिनले बिवाहको विषयमा गर्नुपर्ने कुरो तिमीलाई भन्ने छन्।”
4It shall be, when he lies down, that you shall mark the place where he shall lie, and you shall go in, and uncover his feet, and lay down; then he will tell you what you shall do.”
5तब रूथले भनिन्, “तपाईंले भन्नु भएको कुरो म गर्ने छु।”
5She said to her, “All that you say I will do.”
6यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्।
6She went down to the threshing floor, and did according to all that her mother-in-law told her.
7खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।
7When Boaz had eaten and drunk, and his heart was merry, he went to lie down at the end of the heap of grain. She came softly, uncovered his feet, and laid her down.
8आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्।
8It happened at midnight, that the man was startled and turned himself; and behold, a woman lay at his feet.
9बोअजले भने, “तिमी को हौ?” तिनले भनिन्, “म रूथ हुँ, तपाईंकी दासी केटी। तपाईंको ओढने ममाथि पनि फैलाउनु होस्। तपाईं मेरा रक्षक हुनुहुन्छ।”
9He said, “Who are you?” She answered, “I am Ruth your handmaid. Therefore spread your skirt over your handmaid; for you are a near kinsman.”
10तब बोअजले भने, “परमप्रभुले तिमीलाई आर्शीर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं।
10He said, “Blessed are you by Yahweh, my daughter. You have shown more kindness in the latter end than at the beginning, inasmuch as you didn’t follow young men, whether poor or rich.
11अब, जवान स्त्री, भयभीत न बन। तिमीले सोधेका (भनेका) कुराहरू म गर्ने छु। हाम्रो शहरका सबै मानिस जान्दछन् कि तिमी एक अत्यन्त असल स्त्री हौ।
11Now, my daughter, don’t be afraid; I will do to you all that you say; for all the city of my people does know that you are a worthy woman.
12अनि यो सत्य हो। म एक नजिकको आफन्त हुँ। तर एकजना मान्छे छ जो तिमीसित म भन्दा नजिकको आफन्त हो।
12Now it is true that I am a near kinsman; however there is a kinsman nearer than I.
13आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”
13Stay this night, and it shall be in the morning, that if he will perform for you the part of a kinsman, well; let him do the kinsman’s part. But if he will not do the part of a kinsman for you, then will I do the part of a kinsman for you, as Yahweh lives. Lie down until the morning.”
14यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्। बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”
14She lay at his feet until the morning. She rose up before one could discern another. For he said, “Let it not be known that the woman came to the threshing floor.”
15तब बोअजले भने, “तिम्रो ओढने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।” यसर्थ रूथले आफ्नो ओढने खोलेर समातिन् अनि बोअजले छः पाथी जस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।
15He said, “Bring the mantle that is on you, and hold it.” She held it; and he measured six measures of barley, and laid it on her; and he went into the city.
16रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?” उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्।
16When she came to her mother-in-law, she said, “How did it go, my daughter?” She told her all that the man had done to her.
17तिनले भनिन्, “बोअजले तपाईंलाई भेंट स्वरूप यो जौं पठाइदिए। तपाईंको निम्ति कोसेली नलिई मैले घर जानु हुँदैन भनी बोअजले भने।”
17She said, “He gave me these six measures of barley; for he said, ‘Don’t go empty to your mother-in-law.’”
18नाओमीले भनिन्, “छोरी, के हुन्छ हामीले त्यो नसुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैनन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अघिबाट नै हामीले जान्ने छौं के हुनेछ।”
18Then she said, “Sit still, my daughter, until you know how the matter will fall; for the man will not rest, until he has finished the thing this day.”