Nepali

World English Bible

Song of Solomon

7

1हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
1How beautiful are your feet in sandals, prince’s daughter! Your rounded thighs are like jewels, the work of the hands of a skillful workman.
2तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
2Your body is like a round goblet, no mixed wine is wanting. Your waist is like a heap of wheat, set about with lilies.
3तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।
3Your two breasts are like two fawns, that are twins of a roe.
4तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।
4Your neck is like an ivory tower. Your eyes are like the pools in Heshbon by the gate of Bathrabbim. Your nose is like the tower of Lebanon which looks toward Damascus.
5तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।
5Your head on you is like Carmel. The hair of your head like purple. The king is held captive in its tresses.
6तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका। तिमी कति राम्री र मनमोहक छौ।
6How beautiful and how pleasant you are, love, for delights!
7तिमी खजुरको रूख जस्तै अग्ली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।
7This, your stature, is like a palm tree, your breasts like its fruit.
8म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।
8I said, “I will climb up into the palm tree. I will take hold of its fruit.” Let your breasts be like clusters of the vine, the smell of your breath like apples, Beloved
9तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।
9Your mouth like the best wine, that goes down smoothly for my beloved, gliding through the lips of those who are asleep.
10म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
10I am my beloved’s. His desire is toward me.
11आउँनु होस् मेरा प्रेमी हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं।
11Come, my beloved, let us go forth into the field. Let us lodge in the villages.
12हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।
12Let’s go early up to the vineyards. Let’s see whether the vine has budded, its blossom is open, and the pomegranates are in flower. There I will give you my love.
13हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन् नयाँ र पुरानो आनन्दमय बस्तुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।
13The mandrakes give forth fragrance. At our doors are all kinds of precious fruits, new and old, which I have stored up for you, my beloved.