1त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो।
1He showed me Joshua the high priest standing before the angel of Yahweh, and Satan standing at his right hand to be his adversary.
2त्यससमय परमप्रभुका स्वर्गदूतले भने, “ए शैतान परमप्रभुले तँलाई हकारुन्। परमप्रभुले तँलाई अपराधी घोषित गरुन्। परमप्रभुले यरूशलेमलाई आफ्नो विशेष शहर चुन्नु भएकोछ। यो एउटा जल्दै गरेको आगोबाट निकालिएको अगुल्टो होइन र?”
2Yahweh said to Satan, “Yahweh rebuke you, Satan! Yes, Yahweh who has chosen Jerusalem rebuke you! Isn’t this a burning stick plucked out of the fire?”
3यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो।
3Now Joshua was clothed with filthy garments, and was standing before the angel.
4त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरुलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसंग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरु टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”
4He answered and spoke to those who stood before him, saying, “Take the filthy garments off of him.” To him he said, “Behold, I have caused your iniquity to pass from you, and I will clothe you with rich clothing.”
5त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरुले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरुले उसलाई नयाँ लुगा लगाई दिए।
5I said, “Let them set a clean turban on his head.” So they set a clean turban on his head, and clothed him; and the angel of Yahweh was standing by.
6त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसंग यसो भनेः
6The angel of Yahweh protested to Joshua, saying,
7सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।
7“Thus says Yahweh of Armies: ‘If you will walk in my ways, and if you will follow my instructions, then you also shall judge my house, and shall also keep my courts, and I will give you a place of access among these who stand by.
8प्रधान पूजाहारी यहोशू, सुन्। तिमी अनि तिम्रा साथीहरु जो तिम्रो अघि बसिरहेकाछन्, चिन्ह हौ। अनि म मेरो दासलाई पनि ल्यउँदैछु। उसलाई “हाँगा” भनिन्छ।
8Hear now, Joshua the high priest, you and your fellows who sit before you; for they are men who are a sign: for, behold, I will bring forth my servant, the Branch.
9हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरुछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म एकै दिनमा यो भूमिका सबै पापहरु निकालिदिनेछु।”
9For, behold, the stone that I have set before Joshua; on one stone are seven eyes: behold, I will engrave its engraving,’ says Yahweh of Armies, ‘and I will remove the iniquity of that land in one day.
10त्यस दिन प्रत्येक मानिसले तिनीहरुको छिमेकिहरुलाई तिमीहरुको दाखको बोट मुनि अनि नेभाराको बोट मुनि शान्ति र आनन्दले बस्नका निम्ति बोलाउनेछन्।”
10In that day,’ says Yahweh of Armies, ‘you will invite every man his neighbor under the vine and under the fig tree.’”