1Então os habitantes de Jerusalém fizeram reinar em seu lugar Acazias, seu filho mais moço, porque a tropa que viera com os árabes ao arraial tinha matado todos os mais velhos. Assim reinou Acazias, filho de Jeorão, rei de Judá.
1यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले।
2Tinha quarenta e dois anos quando começou a reinar, e reinou um ano em Jerusalém. E o nome de sua mãe era Atalia, filha de Onri.
2अहज्याह 22 वर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक वर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो।
3Ele também andou nos caminhos da casa de Acabe, porque sua mãe era sua conselheira para proceder impiamente.
3अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।
4E fez o que era mau aos olhos do Senhor, como fez a casa de Acabe; porque eles eram seus conselheiros depois da morte de seu pai, para sua perdição.
4अहज्याहले परमप्रभुको दृष्टिमा नराम्रा कामहरू गरे। त्यस्तै नै आहाबका परिवारले गरेका थिए। आहाबका परिवारले अहज्याहका पिताको मृत्यु भएपछि अहज्याहलाई सल्लाह दिए। तिनीहरूले अहज्याहलाई नराम्रो सल्लाह दिए। त्यही नराम्रो सल्लाहले तिनलाई मृत्यु तर्फ डोर्यायो।
5Andando nos conselhos deles foi com Jorão, filho de Acabe, rei de Israel, a guerrear contra Hazael, rei da Síria, junto a Ramote-Gileade; e os sírios feriram Jorão,
5अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुसरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए।
6o qual voltou para curar-se em Jizreel das feridas que lhe fizeram em Ramá, quando ele pelejava contra Hazael, rei da Síria. E Acazias, filho de Jeorão, rei de judá, desceu para visitar Jorão, filho de Acabe, em Jizreel, por estar ele doente.
6योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।
7Foi por vontade de Deus que Acazias, para sua ruína visitou Jorão; pois, quando chegou, saiu com Jorão contra Jeú, filho de Ninsi, a quem o Senhor tinha ungido para exterminar a casa de Acabe.
7परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो।
8E quando Jeú executava juízo contra a casa de Acabe, achou os príncipes de Judá e os filhos dos irmãos de Acazias, que o serviam, e os matou.
8येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।
9Depois buscou a Acazias, o qual foi preso quando se escondia em Samária, trouxeram-no a Jeú e o mataram. Então o sepultaram, pois disseram: É filho de Jeosafá, que buscou ao Senhor de toda o seu coração. E já não tinha a casa de Acazias ninguém que fosse capaz de reinar.
9त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुसरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।
10Vendo Atalia, mãe de Acazias, que seu filho era morto, levantou-se e destruiu toda a estirpe real da casa de Judá.
10अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्।
11Mas Jeosabeate, filha do rei, tomou Joás, filho de Acazias, e o furtou dentre os filhos do rei, que estavam para ser mortos, e o pôs com a sua ama na câmara dos leitos. Assim Jeosabeate, filha do rei Jeorão, mulher do sacerdote Jeoiada e irmã de Acazias, o escondeu de Atalia, de modo que ela não o matou.
11तर यहोशेबाले अहज्याहका छोरा योआशलाई लगिन् अनि तिनलाई लुकाइन्। यहोशेबाले योआश अनि तिनकी सुसारेलाई भित्री शयनकक्ष भित्र राखिन्। यहोशेबा राजा योरामकी छोरी थिइन्। तिनी यहोयादा की पत्नी पनि थिइन्। यहोयादा एक पूजाहारी थिए। अनि यहोशेबा अहज्याहकी बहिनी थिइन्। अतल्याहले योआशलाई मारिनन् किनभने यहोशेबाले तिनलाई लुकाएकी थिइन्।
12E esteve com eles seis anos, escondido na casa de Deus; e Atalia reinou sobre a terra.
12योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः वर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन् गरिन्।