1Então disse Eliseu: Ouvi a palavra do Senhor; assim diz o Senhor: Amanhã, por estas horas, haverá uma medida de farinha por um siclo, e duas medidas de cevada por um siclo, � porta de Samária.
1एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।”‘
2porém o capitão em cujo braço o rei se apoiava respondeu ao homem de Deus e disse: Ainda que o Senhor fizesse janelas no céu, poderia isso suceder? Disse Eliseu: Eis que o verás com os teus olhos, porém não comeras.
2तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।” एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”
3Ora, quatro homens leprosos estavam � entrada da porta; e disseram uns aos outros: Para que ficamos nós sentados aqui até morrermos?
3शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?
4Se dissermos: Entremos na cidade; há fome na cidade, e morreremos aí; e se ficarmos sentados aqui, também morreremos. Vamo-nos, pois, agora e passemos para o arraial dos sírios; se eles nos deixarem viver, viveremos; e se nos matarem, tão somente morreremos.
4सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”
5Levantaram-se, pois, ao crepúsculo, para irem ao arraial dos sírios; e, chegando eles � entrada do arraial, eis que não havia ali ninguém.
5यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन।
6Porque o Senhor fizera ouvir no arraial dos sírios um ruído de carros e de cavalos, como de um grande exército; de maneira que disseram uns aos outros: Eis que o rei de Israel alugou contra nós os reis dos heteus e os reis dos egípcios, para virem sobre nós.
6परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”
7Pelo que se levantaram e fugiram, ao crepúsculo; deixaram as suas tendas, os seus cavalos e os seus jumentos, isto é, o arraial tal como estava, e fugiram para salvarem as suas vidas.
7अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।
8Chegando, pois, estes leprosos � entrada do arraial, entraram numa tenda, comeram e beberam; e tomando dali prata, ouro e vestidos, foram e os esconderam; depois voltaram, entraram em outra tenda, e dali também tomaram alguma coisa e a esconderam.
8जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए।
9Então disseram uns aos outros: Não fazemos bem; este dia é dia de boas novas, e nós nos calamos. Se esperarmos até a luz da manhã, algum castigo nos sobrevirá; vamos, pois, agora e o anunciemos � casa do rei.
9ती कोरीहरूले एका अर्कालाई भने, “हामी भूल काम गरिरहेका छौं। आज हामीसित शुभ सूचना छ। तर हामी चुप छौं। यदि हामीले सूर्योदयसम्म पर्खिने काम गर्यौं, भने हामीले सजाय पाउने छौं। अब राजा को महलमा बस्ने मानिसहरूकहाँ जाऔं अनि भनौं।”
10Vieram, pois, bradaram aos porteiros da cidade, e lhes anunciaram, dizendo: Fomos ao arraial dos sírios e eis que lá não havia ninguém, nem voz de homem, porém só os cavalos e os jumentos atados, e as tendas como estavam.
10यसर्थ ती कोरीहरू आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहरूले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।”
11Assim chamaram os porteiros, e estes o anunciaram dentro da casa do rei.
11तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाएर र सबैलाई सूचना दिए।
12E o rei se levantou de noite, e disse a seus servos: Eu vos direi o que é que os sírios nos fizeram. Bem sabem eles que estamos esfaimados; pelo que saíram do arraial para se esconderem no campo, dizendo: Quando saírem da cidade, então os tomaremos vivos, e entraremos na cidade.
12रातीको समय थियो तर राजा ओछ्यानबाट उठे। राजाले आफ्ना अधिकारीहरूलाई भने, “अरामी सैनिकहरू हामीसित के गर्दैछन्, म तिमीहरूलाई बताउनेछु। तिनीहरू जान्दछन् हामी भोकै छौं। खेतमा लुक्नको निम्ति तिनीहरूले शिबिर छोडे। तिनीहरू सोच्दैछन्। ‘जब इस्राएलीहरू शहरबाहिर आँउछन्, तिनीहरूलाई जिउँदै पक्रिने छौं। अनि त्यसपछि हामी शहरमा पस्ने छौं।”‘
13Então um dos seus servos respondeu, dizendo: Tomem-se, pois, cinco dos cavalos do resto que ficou aqui dentro (eis que eles estão como toda a multidão dos israelitas que ficaram aqui de resto, e que se vêm extenuando), e enviemo-los, e vejamos.
13राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडै नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउँन ती मानिसहरूलाई पठाऔ।”
14Tomaram pois dois carros com cavalos; e o rei os enviou com mensageiros após o exército dos sírios, dizendo-lhe: Ide, e vede.
14यसर्थ मानिसरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निति गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।”
15E foram após ele até o Jordão; e eis que todo o caminho estava cheio de roupas e de objetos que os sírios, na sua precipitação, tinham lançado fora; e voltaram os mensageiros, e o anunciaram ao rei.
15मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।
16Então saiu o povo, e saqueou o arraial dos sírios. Assim houve uma medida de farinha por um siclo e duas medidas de cevada por um siclo, conforme a palavra do Senhor.
16तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौंको किन्न सक्ने थियो।
17O rei pusera � porta o capitão em cujo braço ele se apoiava; e o povo o atropelou na porta, de sorte que morreu, como falara o homem de Deus quando o rei descera a ter com ele.
17राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए।
18Porque, quando o homem de Deus falara ao rei, dizendo: Amanhã, por estas horas, haverá duas medidas de cevada por um siclo, e uma medida de farinha por um siclo, � porta de Samária,
18एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।”
19aquele capitão respondera ao homem de Deus: Ainda que o Senhor fizesse janelas no céu poderia isso suceder? e ele dissera: Eis que o verás com os teus olhos, porém não comerás.
19तर अधिकारीले परमेश्वरका जनलाई उत्तर दिएका थिए, “परमप्रभुले आकाशमा झ्यालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।”
20E assim foi; pois o povo o atropelou � porta, e ele morreu.
20अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।