Portuguese: Almeida Atualizada

Nepali

2 Samuel

21

1Nos dias de Davi houve uma fome de três anos consecutivos; pelo que Davi consultou ao Senhor; e o Senhor lhe disse: E por causa de Saul e da sua casa sanguinária, porque matou os gibeonitas.
1दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन वर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।”
2Então o rei chamou os gibeonitas e falou com eles (ora, os gibeonitas não eram dos filhos de Israel, mas do restante dos amorreus; e os filhos de Israel tinham feito pacto com eles; porém Saul, no seu zelo pelos filhos de Israel e de Judá, procurou feri-los);
2(गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।) राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।
3perguntou, pois, Davi aos gibeonitas: Que quereis que eu vos faça. e como hei de fazer expiação, para que abençoeis a herança do Senhor?
3दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”
4Então os gibeonitas lhe disseram: Não é por prata nem ouro que temos questão com Saul e com a sua casa; nem tampouco cabe a nós matar pessoa alguma em Israel. Disse-lhes Davi: Que quereis que vos faça?
4गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।” दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?”
5Responderam ao rei: Quanto ao homem que nos consumia, e procurava destruir-nos, de modo que não pudéssemos subsistir em termo algum de Israel,
5गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो।
6de seus filhos se nos dêem sete homens, para que os enforquemos ao Senhor em Gibeá de Saul, o eleito do Senhor. E o rei disse: Eu os darei.
6दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।” राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”
7O rei, porém, poupou a Mefibosete, filho de Jônatas, filho de Saul, por causa do juramento do Senhor que entre eles houvera, isto é, entre Davi e Jônatas, filho de Saul.
7तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए।
8Mas o rei tomou os dois filhos de Rizpa, filha de Aías, que ela tivera de Saul, a saber, a Armoni e a Mefibosete, como também os cinco filhos de Merabe, filha de Saul, que ela tivera de Adriel, filho de Barzilai, meolatita,
8दाऊदले आरमोनी र मपीबोशेत तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका र्बजितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए।
9e os entregou na mão dos gibeonitas, os quais os enforcaram no monte, perante o Senhor; e os sete caíram todos juntos. Foi nos primeiros dias da sega que foram mortos, no princípio a sega da cevada.
9दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।
10Então Rizpa, filha de Aías, tomando um pano de cilício, estendeu-o para si sobre uma pedra e, desde o princípio da sega até que a água caiu do céu sobre os corpos, não deixou que se aproximassem deles as aves do céu de dia, nem os animais do campo de noite:
10रिस्पा, एयाइकी छोरीले भाडरा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाडरा चट्टामाथि फसल काटिने शुरू देखि लिएर वर्षाको शुरू नहुञ्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्।
11Quando foi anunciado a Davi o que fizera Rizpa, filha de Aías, concubina de Saul,
11मानिसहरूले दाऊदलाई रिश्पाको यस्तो गति-विधीमाथि सबै जानकारी गराए।
12ele foi e tomou os ossos de Saul e os de Jônatas seu filho, aos homens de Jabes-Gileade, que os haviam furtado da praça de Bete-Sã, onde os filisteus os tinham pendurado quando mataram a Saul em Gilboa;
12तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गल्बिम झुण्डाएका थिए।
13e trouxe dali os ossos de Saul e os de Jônatas seu filho; e ajuntaram a eles também os ossos dos enforcados.
13दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए।
14Enterraram os ossos de Saul e de Jônatas seu filho, na terra de Benjamim, em Zela, na sepultura de Quis, seu pai; e fizeram tudo o que o rei ordenara. Depois disto Deus se aplacou para com a terra.
14बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।
15De novo tiveram os filisteus uma guerra contra Israel. E desceu Davi, e com ele os seus servos; e tanto pelejara contra os filisteus, que Davi se cansou.
15पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए।
16E Isbi-Benobe, que era dos filhos do gigante, cuja lança tinha o peso de trezentos, siclos de bronze, e que cingia uma espada nova, intentou matar Davi.
16इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो।
17Porém, Abisai, filho de Zeruia, o socorreu; e, ferindo ao filisteu, o matou. Então os homens de Davi lhe juraram, dizendo: Nunca mais sairás conosco � batalha, para que não apagues a lâmpada de Israel.
17तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए। तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन।”
18Aconteceu depois disto que houve em Gobe ainda outra peleja contra os filisteus; então Sibecai, o husatita, matou Safe, que era dos filhos do gigante.
18पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।
19Houve mais outra peleja contra os filisteus em Gobe; e El-Hanã, filho de Jaaré-Oregim, o belemita, matou Golias, o giteu, de cuja lança a haste era como órgão de tecelão.
19फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाई लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो।
20Houve ainda também outra peleja em Gate, onde estava um homem de alta estatura, que tinha seis dedos em cada mão, e seis em cada pé, vinte e quatro por todos; também este era descendente do gigante.
20गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औला थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो।
21Tendo ele desafiado a Israel, Jônatas, filho de Simei, irmão de Davi, o matou.
21त्यो मानिसले इस्राएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। जोनाथन चाहिं दाऊदका भाइ शिमीका छोरा थिए।
22Estes quatro nasceram ao gigante em Gate; e caíram pela mão de Davi e pela mão de seus servos.
22यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।