Portuguese: Almeida Atualizada

Nepali

Deuteronomy

27

1Moisés, com os anciãos de Israel, deu ordem ao povo, dizendo: Guardai todos estes mandamentos que eu hoje vos ordeno.
1मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।
2E no dia em que passares o Jordão para a terra que o Senhor teu Deus te dá, levantarás umas pedras grandes e as caiarás.
2तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।
3E escreverás nelas todas as palavras desta lei, quando tiveres passado para entrar na terra que o Senhor teu Deus te dá, terra que mana leite e mel, como o Senhor, o Deus de teus pais, te prometeu.
3त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
4Quando, pois, houverdes passado o Jordão, levantareis no monte Ebal estas pedras, como eu hoje vos ordeno, e as caiareis.
4यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।
5Também ali edificarás um altar ao Senhor teu Deus, um altar de pedras; não alçarás ferramenta sobre elas.
5केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।
6De pedras brutas edificarás o altar do Senhor teu Deus, e sobre ele oferecerás holocaustos ao Senhor teu Deus.
6परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।
7Também sacrificarás ofertas pacíficas, e ali comerás, e te alegrarás perante o Senhor teu Deus.
7तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।
8Naquelas pedras escreverás todas as palavras desta lei, gravando-as bem nitidamente.
8तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
9Falou mais Moisés, e os levitas sacerdotes, a todo o Israel, dizendo: Guarda silêncio, e ouve, ó Israel! hoje vieste a ser o povo do Senhor teu Deus.
9“मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।
10Portanto obedecerás � voz do Senhor teu Deus, e cumprirás os seus mandamentos e os seus estatutos, que eu hoje te ordeno.
10यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
11Nesse mesmo dia Moisés deu ordem ao povo, dizendo:
11त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,
12Quando houverdes passado o Jordão, estes estarão sobre o monte Gerizim, para abençoarem o povo: Simeão, Levi, Judá, Issacar, José e Benjamim;
12“तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।
13e estes estarão sobre o monte Ebal para pronunciarem a maldição: Rúben, Gade, Aser, Zebulom, Dã e Naftali.
13अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
14E os levitas dirão em alta voz a todos os homens de Israel:
14“लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;
15Maldito o homem que fizer imagem esculpida, ou fundida, abominação ao Senhor, obra da mão do artífice, e a puser em um lugar escondido. E todo o povo, respondendo, dirá: Amém.
15‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’ “तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
16Maldito aquele que desprezar a seu pai ou a sua mãe. E todo o povo dirá: Amém.
16“लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ। तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
17Maldito aquele que remover os marcos do seu próximo. E todo o povo dirá: Amém.
17“लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
18Maldito aquele que fizer que o cego erre do caminho. E todo o povo dirá: Amém.
18“लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
19Maldito aquele que perverter o direito do estrangeiro, do órfão e da viúva. E todo o povo dirá: Amém,
19“लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
20Maldito aquele que se deitar com a mulher de seu pai, porquanto levantou a cobertura de seu pai. E todo o povo dirá: Amém.
20“लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
21Maldito aquele que se deitar com algum animal. E todo o povo dirá: Amem.
21“लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
22Maldito aquele que se deitar com sua irmã, filha de seu pai, ou filha de sua mãe. E todo o povo dirá: Amém.
22“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
23Maldito aquele que se deitar com sua sogra. E todo o povo dirá: Amém.
23“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
24Maldito aquele que ferir ao seu próximo em oculto. E todo o povo dirá: Amém.
24“लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
25Maldito aquele que receber peita para matar uma pessoa inocente. E todo o povo dirá: Amém.
25“लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’ “तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
26Maldito aquele que não confirmar as palavras desta lei, para as cumprir. E todo o povo dirá: Amém.
26लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’