Portuguese: Almeida Atualizada

Nepali

Joshua

23

1Passados muitos dias, tendo o Senhor dado repouso a Israel de todos os seus inimigos em redor, e sendo Josué já velho, de idade muito avançada,
1परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै वर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए।
2chamou Josué a todo o Israel, aos seus anciãos, aos seus cabeças, aos seus juízes e aos seus oficiais, e disse-lhes: Eu já sou velho, de idade muito avançada;
2यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु।
3e vós tendes visto tudo quanto o Senhor vosso Deus fez a todas estas nações por causa e vós, porque é o Senhor vosso Deus que tem pelejado por vós.
3तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो।
4Vede que vos reparti por sorte estas nações que restam, para serem herança das vossas tribos, juntamente com todas as naçoes que tenho destruído, desde o Jordão até o grande mar para o pôr do sol.
4मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ।
5E o Senhor vosso Deus as impelirá, e as expulsará de diante de vós; e vós possuireis a sua terra, como vos disse o Senhor vosso Deus.
5तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।
6Esforçai-vos, pois, para guardar e cumprir tudo quanto está escrito no livro da lei de Moisés, para que dela não vos desvieis nem para a direita nem para a esquerda;
6“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।
7para que não vos mistureis com estas nações que ainda restam entre vós; e dos nomes de seus deuses não façais menção, nem por eles façais jurar, nem os sirvais, nem a eles vos inclineis.
7हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर।
8Mas ao Senhor vosso Deus vos apegareis, como fizeste até o dia de hoje;
8तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुसरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।
9pois o Senhor expulsou de diante de vós grandes e fortes nações, e, até o dia de hoje, ninguém vos tem podido resistir.
9परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन।
10um só homem dentre vós persegue a mil, pois o Senhor vosso Deus é quem peleja por vós, como já vos disse.
10परमप्रभुको सहयोग द्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।
11Portanto, cuidai diligentemente de amar ao Senhor vosso Deus.
11यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।
12Porque se de algum modo vos desviardes, e vos apegardes ao resto destas nações que ainda ficam entre vós, e com elas contrairdes matrimônio, e entrardes a elas, e elas a vós,
12“परमप्रभुको अनुसरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने।
13sabei com certeza que o Senhor vosso Deus não continuará a expulsar estas nações de diante de vós; porém elas vos serão por laço e rede, e açoite �s vossas ilhargas, e espinhos aos vossos olhos, até que pereçais desta boa terra que o Senhor vosso Deus vos deu.
13परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।
14Eis que vou hoje pelo caminho de toda a terra; e vós sabeis em vossos corações e em vossas almas que não tem falhado uma só palavra de todas as boas coisas que a vosso respeito falou o Senhor vosso Deus; nenhuma delas falhou, mas todas se cumpriram.
14“अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो।
15E assim como vos sobrevieram todas estas boas coisas de que o Senhor vosso Deus vos falou, assim trará o Senhor sobre vós todas aquelas más coisas, até vos destruir de sobre esta boa terra que ele vos deu.
15परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।
16Quando transgredirdes o pacto do Senhor vosso Deus, que ele vos ordenou, e fordes servir a outros deuses, inclinando-vos a eles, a ira do Senhor se acenderá contra vós, e depressa perecereis de sobre a boa terra que ele vos deu.
16यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्न्त छोड्न बाध्य तुल्याइने छ।”