Portuguese: Almeida Atualizada

Nepali

Joshua

9

1Depois sucedeu que, ouvindo isto todos os reis que estavam além do Jordão, na região montanhosa, na baixada e em toda a costa do grande mar, defronte do Líbano, os heteus, os amorreus, os cananeus, os perizeus, os heveus, e os jebuseus
1जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।
2se ajuntaram de comum acordo para pelejar contra Josué e contra Israel.
2यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए।
3Ora, os moradores de Gibeão, ouvindo o que Josué fizera a Jericó e a Ai.
3कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।
4usaram de astúcia: foram e se fingiram embaixadores, tomando sacos velhos sobre os seus jumentos, e odres de vinho velhos, rotos e recosidos,
4यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।
5tendo nos seus pés sapatos velhos e remendados, e trajando roupas velhas; e todo o pão que traziam para o caminho era seco e bolorento.
5ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे।
6E vieram a Josué, ao arraial em Gilgal, e disseram a ele e aos homens de Israel: Somos vindos duma terra longínqua; fazei, pois, agora pacto conosco.
6तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”
7Responderam os homens de Israel a estes heveus: Bem pode ser que habiteis no meio de nós; como pois faremos pacto convosco?
7इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?”
8Então eles disseram a Josué: Nós somos teus servos. Ao que lhes perguntou Josué: Quem sois vós? e donde vindes?
8ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।” तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”
9Responderam-lhe: Teus servos vieram duma terra mui distante, por causa do nome do Senhor teu Deus, porquanto ouvimos a sua fama, e tudo o que fez no Egito,
9[This verse may not be a part of this translation]
10e tudo o que fez aos dois reis dos amorreus, que estavam além do Jordão, a Siom, rei de Hesbom, e a Ogue, rei de Basã, que estava em Astarote.
10अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतफर्का एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेश्बोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए।
11Pelo que nossos anciãos e todos os moradores da nossa terra nos falaram, dizendo: Tomai nas mãos provisão para o caminho, e ide-lhes ao encontro, e dizei-lhes: Nós somos vossos servos; fazei, pois, agora pacto conosco.
11यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, “हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।”‘
12Este nosso pão tomamo-lo quente das nossas casas para nossa provisão, no dia em que saímos para vir ter convosco, e ei-lo aqui agora seco e bolorento;
12“हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूखा अनि पुराना भएको छन्।
13estes odres, que enchemos de vinho, eram novos, e ei-los aqui já rotos; e esta nossa roupa e nossos sapatos já envelheceram em razão do mui longo caminho.
13हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”
14Então os homens de Israel tomaram da provisão deles, e não pediram conselho ao Senhor.
14इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।
15Assim Josué fez paz com eles; também fez um pacto com eles, prometendo poupar-lhes a vida; e os príncipes da congregação lhes prestaram juramento.
15यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।
16Três dias depois de terem feito pacto com eles, ouviram que eram vizinhos e que moravam no meio deles.
16तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्।
17Tendo partido os filhos de Israel, chegaram ao terceiro dia �s cidades deles, que eram Gibeão, Cefira, Beerote e Quiriate-Jearir.
17यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए।
18Mas os filhos de Israel não os mataram, porquanto os príncipes da congregação lhes haviam prestado juramento pelo Senhor, o Deus de Israel; pelo que toda a congregação murmurava contra os príncipes.
18तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए। सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।
19Mas os príncipes disseram a toda a congregação: Nós lhes prestamos juramento pelo Senhor, o Deus de Israel, e agora não lhes podemos tocar.
19तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लडून सक्तैनौं।
20Isso cumpriremos para com eles, poupando-lhes a vida, para que não haja ira sobre nós, por causa do juramento que lhes fizemos.
20यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ।
21Disseram, pois, os príncipes: Vivam. Assim se tornaram rachadores de lenha e tiradores de água para toda a congregação, como os príncipes lhes disseram.
21यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।
22Então Josué os chamou, e lhes disse: Por que nos enganastes, dizendo: Mui longe de vós habitamos, morando vós no meio de nós?
22यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ।
23Agora, pois, sois malditos, e dentre vós nunca deixará de haver servos, rachadores de lenha e tiradores de água para a casa do meu Deus.
23अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”
24Respondendo a Josué, disseram: Porquanto foi anunciado aos teus servos que o Senhor teu Deus ordenou a Moisés, seu servo, que vos desse toda esta terra, e destruísse todos os seus moradores diante de vós, temíamos muito pelas nossas vidas por causa de vós, e fizemos isso.
24गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।
25E eis que agora estamos na tua mão; faze aquilo que te pareça bom e reto que se nos faça.
25अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”
26Assim pois ele lhes fez, e livrou-os das mãos dos filhos de Israel, de sorte que estes não os mataram.
26गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्।
27Mas, naquele dia, Josué os fez rachadores de lenha e tiradores de água para a congregação e para o altar do Senhor, no lugar que ele escolhesse, como ainda o são.
27यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।