1Y RESPONDIO Sophar Naamathita, y dijo:
1तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,
2¿Las muchas palabras no han de tener respuesta? ¿Y el hombre parlero será justificado?
2“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
3¿Harán tus falacias callar á los hombres? ¿Y harás escarnio, y no habrá quien te avergüence?
3अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?
4Tú dices: Mi conversar es puro, Y yo soy limpio delante de tus ojos.
4अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’
5Mas oh quién diera que Dios hablara, Y abriera sus labios contigo,
5अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।
6Y que te declarara los arcanos de la sabiduría, Que son de doble valor que la hacienda! Conocerías entonces que Dios te ha castigado menos que tu iniquidad merece.
6परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।
7¿Alcanzarás tú el rastro de Dios? ¿Llegarás tú á la perfección del Todopoderoso?
7अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।
8Es más alto que los cielos: ¿qué harás? Es más profundo que el infierno: ¿cómo lo conocerás?
8माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।
9Su dimensión es más larga que la tierra, Y más ancha que la mar.
9परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।
10Si cortare, ó encerrare, O juntare, ¿quién podrá contrarrestarle?
10यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।
11Porque él conoce á los hombres vanos: Ve asimismo la iniquidad, ¿y no hará caso?
11साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।
12El hombre vano se hará entendido, Aunque nazca como el pollino del asno montés.
12जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।
13Si tú apercibieres tu corazón, Y extendieres á él tus manos;
13तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।
14Si alguna iniquidad hubiere en tu mano, y la echares de ti, Y no consintieres que more maldad en tus habitaciones;
14तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
15Entonces levantarás tu rostro limpio de mancha, Y serás fuerte y no temerás:
15तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।
16Y olvidarás tu trabajo, O te acordarás de él como de aguas que pasaron:
16तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।
17Y en mitad de la siesta se levantará bonanza; Resplandecerás, y serás como la mañana:
17जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
18Y confiarás, que habrá esperanza; Y cavarás, y dormirás seguro:
18तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।
19Y te acostarás, y no habrá quien te espante: Y muchos te rogarán.
19तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
20Mas los ojos de los malos se consumirán, Y no tendrán refugio; Y su esperanza será agonía del alma.
20नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”