1MAS ahora los más mozos de días que yo, se ríen de mí; Cuyos padres yo desdeñara ponerlos con los perros de mi ganado.
1तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।
2Porque ¿para qué yo habría menester la fuerza de sus manos, En los cuales había perecido con el tiempo?
2ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि तिनीहरूले मलाई सघाउन सक्थेनन। तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कडा अनि एकदमै बलियो थिएनन्।
3Por causa de la pobreza y del hambre andaban solos; Huían á la soledad, á lugar tenebroso, asolado y desierto.
3तिनीहरू मृत मानिसहरू जस्ता थिए। तिनीहरू खान नपाएर भोकै थिए। यसैले तिनीहरू मरूद्यानका (मरुभूमिको खाल्डाहरुमा जमेको पानी) सूख्खा धुलोहरू खान्थें।
4Que cogían malvas entre los arbustos, Y raíces de enebro para calentarse.
4तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन् तिनीहरूले झ्याउका जराहरू खान्थ्ये।
5Eran echados de entre las gentes, Y todos les daban grita como al ladrón.
5तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्। मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
6Habitaban en las barrancas de los arroyos, En las cavernas de la tierra, y en las rocas.
6तिनीहरू सूख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।
7Bramaban entre las matas, Y se reunían debajo de las espinas.
7झाडीहरूमा तिनीहरू चिच्याउँछन्, अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
8Hijos de viles, y hombres sin nombre, Más bajos que la misma tierra.
8तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन जो आफ्नो देशबाट जबरजस्ती निकालिए।
9Y ahora yo soy su canción, Y he sido hecho su refrán.
9अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
10Abomínanme, aléjanse de mí, Y aun de mi rostro no detuvieron su saliva.
10ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन। तिनीहरू सोच्दछन कि तिनीहरू म भन्दा राम्रा छन। तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।
11Porque Dios desató mi cuerda, y me afligió, Por eso se desenfrenaron delante de mi rostro.
11परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
12A la mano derecha se levantaron los jóvenes; Empujaron mis pies, Y sentaron contra mí las vías de su ruina.
12ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्। म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
13Mi senda desbarataron, Aprovecháronse de mi quebrantamiento, Contra los cuales no hubo ayudador.
13भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन। तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए। तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।
14Vinieron como por portillo ancho, Revolviéronse á mi calamidad.
14तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
15Hanse revuelto turbaciones sobre mí; Combatieron como viento mi alma, Y mi salud pasó como nube
15म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्। मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।
16Y ahora mi alma está derramada en mí; Días de aflicción me han aprehendido.
16“अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु। पीडित दिनहरूले मलाई पक्रेकोछ।
17De noche taladra sobre mí mis huesos, Y mis pulsos no reposan.
17मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन।
18Con la grande copia de materia mi vestidura está demudada; Cíñeme como el cuello de mi túnica.
18परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
19Derribóme en el lodo, Y soy semejante al polvo y á la ceniza.
19परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो र म धूलो र खरानी जस्तै भएकोछु।
20Clamo á ti, y no me oyes; Preséntome, y no me atiendes.
20हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन।
21Haste tornado cruel para mí: Con la fortaleza de tu mano me amenazas.
21हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ। मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
22Levantásteme, é hicísteme cabalgar sobre el viento, Y disolviste mi sustancia.
22हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो। मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
23Porque yo conozco que me reduces á la muerte; Y á la casa determinada á todo viviente.
23मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
24Mas él no extenderá la mano contra el sepulcro; ¿Clamarán los sepultados cuando él los quebrantare?
24तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ, त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
25¿No lloré yo al afligido? Y mi alma ¿no se entristeció sobre el menesteroso?
25तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
26Cuando esperaba yo el bien, entonces vino el mal; Y cuando esperaba luz, la oscuridad vino.
26जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
27Mis entrañas hierven, y no reposan; Días de aflicción me han sobrecogido.
27म भित्र कष्ट कहिल्यै रोकिंदैन अनि दुःख भर्खरै शुरू भएको छु।
28Denegrido ando, y no por el sol: Levantádome he en la congregación, y clamado.
28म संधै दुःखी र उदासीन छु कुनै चैन छैन। म सहायताको लागि सभामा उभिन्छु।
29He venido á ser hermano de los dragones, Y compañero de los buhos.
29म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु।
30Mi piel está denegrida sobre mí, Y mis huesos se secaron con ardentía.
30मेरो छाला जलेकोछ र उप्किंदैछ। ज्वरोले मेरो शरीर तातो छ।
31Y hase tornado mi arpa en luto, Y mi órgano en voz de lamentadores.
31मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।