1ADEMAS respondió Eliú, y dijo:
1तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः
2Oid, sabios, mis palabras; Y vosotros, doctos, estadme atentos.
2“तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ। तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।
3Porque el oído prueba las palabras, Como el paladar gusta para comer.
3जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।
4Escojamos para nosotros el juicio, Conozcamos entre nosotros cuál sea lo bueno;
4यसकारण यी तर्कहरूको परीक्षण गरौं अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं। हामी आफै हाम्रा निम्ति के असल हो जानौं।
5Porque Job ha dicho: Yo soy justo, Y Dios me ha quitado mi derecho.
5अय्यूब भन्छन्, ‘म निर्दोष छु। अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।
6¿He de mentir yo contra mi razón? Mi saeta es gravosa sin haber yo prevaricado.
6म निर्दोष छु तर मलाई झूटो मानिएकोछ। म निर्दोष छु तर म नराम्रो प्रकारले व्यथित छु।’
7¿Qué hombre hay como Job, Que bebe el escarnio como agua?
7के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।
8Y va en compañía con los que obran iniquidad, Y anda con los hombres maliciosos.
8दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ। अय्यूब दुष्टहरूसित रहन चाहन्छ।
9Porque ha dicho: De nada servirá al hombre El conformar su voluntad con Dios.
9म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’
10Por tanto, varones de seso, oidme; Lejos esté de Dios la impiedad, Y del Omnipotente la iniquidad.
10तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन। परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैंन। सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।
11Porque él pagará al hombre según su obra, Y él le hará hallar conforme á su camino.
11मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ। परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।
12Sí, por cierto, Dios no hará injusticia, Y el Omnipotente no pervertirá el derecho.
12यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुदैन। सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।
13¿Quién visitó por él la tierra? ¿Y quién puso en orden todo el mundo?
13कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैं नियन्त्रणमा रहनु भयो।
14Si él pusiese sobre el hombre su corazón, Y recogiese así su espíritu y su aliento,
14यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा र स्वास लैजान चाहनुहुन्छ भने
15Toda carne perecería juntamente, Y el hombre se tornaría en polvo.
15तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।
16Si pues hay en ti entendimiento, oye esto: Escucha la voz de mis palabras.
16यदि तिमीहरू बुद्धीमानी छौ भने मैले भनेका कुरामा ध्यान दिएर सुन।
17¿Enseñorearáse el que aborrece juicio? ¿Y condenarás tú al que es tan justo?
17कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।
18¿Hase de decir al rey: Perverso; Y á los príncipes: Impíos?
18परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’ परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’
19¿Cuánto menos á aquel que no hace acepción de personas de príncipes, Ni el rico es de él más respetado que el pobre? Porque todos son obras de sus manos.
19परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।
20En un momento morirán, y á media noche Se alborotarán los pueblos, y pasarán, Y sin mano será quitado el poderoso.
20मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।
21Porque sus ojos están sobre los caminos del hombre, Y ve todos sus pasos.
21मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।
22No hay tinieblas ni sombra de muerte Donde se encubran los que obran maldad.
22अनिष्ट कर्म गर्ने मानिसहरूले परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।
23No carga pues él al hombre más de lo justo, Para que vaya con Dios á juicio.
23न्यायको लागि परमेश्वरको सामुन्ने जान मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो।)
24El quebrantará á los fuertes sin pesquisa, Y hará estar otros en su lugar.
24यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यकै छैन। परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।
25Por tanto él hará notorias las obras de ellos, Cuando los trastornará en la noche, y serán quebrantados.
25यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।
26Como á malos los herirá En lugar donde sean vistos:
26परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन। अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।
27Por cuanto así se apartaron de él, Y no consideraron todos sus caminos;
27किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे। अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।
28Haciendo venir delante de él el clamor del pobre, Y que oiga el clamor de los necesitados.
28ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।
29Y si él diere reposo, ¿quién inquietará? Si escondiere el rostro, ¿quién lo mirará? Esto sobre una nación, y lo mismo sobre un hombre;
29तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।
30Haciendo que no reine el hombre hipócrita Para vejaciones del pueblo.
30अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।
31De seguro conviene se diga á Dios: Llevado he ya castigo, no más ofenderé:
31त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन् ‘म दोषी हुँ। म अबोप्रान्त पाप गर्ने छैन।
32Enséñame tú lo que yo no veo: Que si hice mal, no lo haré más.
32परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्। यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’
33¿Ha de ser eso según tu mente? El te retribuirá, ora rehuses, Ora aceptes, y no yo: Di si no, lo que tú sabes.
33अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्। तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ। अय्यूब, यो तिम्रो निर्णय हो, मेरो होइन। मलाई बताऊ तिमी के सोच्छौ।
34Los hombres de seso dirán conmigo, Y el hombre sabio me oirá:
34एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ ज्ञानी मानिसले भन्नेछ
35Que Job no habla con sabiduría, Y que sus palabras no son con entendimiento.
35‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ। अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’
36Deseo yo que Job sea probado ampliamente, A causa de sus respuestas por los hombres inicuos.
36मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो। किन? किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।
37Porque á su pecado añadió impiedad: Bate las manos entre nosotros, Y contra Dios multiplica sus palabras.
37अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो। अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”