Spanish: Reina Valera (1909)

Nepali

Psalms

107

1ALABAD á Jehová, porque es bueno; Porque para siempre es su misericordia.
1परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सँधै रहन्छ।
2Digan lo los redimidos de Jehová, Los que ha redimido del poder del enemigo,
2यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो, प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो। परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
3Y los ha congregado de las tierras, Del oriente y del occidente, Del aquilón y de la mar.
3परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देश देशबाट सँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट सँगै भेला ल्याउनु भयो।
4Anduvieron perdidos por el desierto, por la soledad sin camino, No hallando ciudad de población.
4तिनीहरूमा कतिपय सुख्खा मरूभूमिमा छोडिए। तिनीहरूले बस्ने ठाउँ खोजिरहेका थिए। तर तिनीहरूले कुनै शहर भेटाएनन्।
5Hambrientos y sedientos, Su alma desfallecía en ellos.
5तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए।
6Habiendo empero clamado á Jehová en su angustia, Librólos de sus aflicciones:
6त्यसपछि तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे। अनि उहाँले तिनीहरूलाई संकटहरूबाट जोगाउनु भयो।
7Y dirigiólos por camino derecho, Para que viniesen á ciudad de población.
7परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो जहाँ तिमीहरू बस्न पाउँथे।
8Alaben la misericordia de Jehová, Y sus maravillas para con los hijos de los hombres.
8उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
9Porque sació al alma menesterosa, Y llenó de bien al alma hambrienta.
9परमेश्वरले अतृप्त आत्मलाई तृप्त पार्नु भयो। परमेश्वरले भोको आत्मालाई गुणपूर्ण कुराहरूले परिपूर्ण पारिदिनु भयो।
10Los que moraban en tinieblas y sombra de muerte, Aprisionados en aflicción y en hierros;
10परमेश्वरका कतिपय मानिसहरू कैदीहरू थिए, झ्यालखानको अंध्यारो कोठाहरूमा बन्दी थिए।
11Por cuanto fueron rebeldes á las palabras de Jehová, Y aborrecieron el consejo del Altísimo.
11किन? किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए। तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।
12Por lo que quebrantó él con trabajo sus corazones, Cayeron y no hubo quien los ayudase;
12परमेश्वरले तिनीहरूकै कुकर्मको कारणले गर्दा उनीहरूका जीवन जीउन कठिन परिदिनु भयो। तिनीहरूठेस लागेर लडे अनि त्यहाँ तिनीहरूलाई साथ दिने कोही पनि थिएन।
13Luego que clamaron á Jehová en su angustia, Librólos de sus aflicciones.
13ती मानिसहरूलाई संकटहरूमा फँसाइयो। यसैकारण, तिनीहरूले परमेश्वरलाई गुहार मागे अनि उहाँले तिनीहरूलाई संकटबाट बचाउनु भयो।
14Sacólos de las tinieblas y de la sombra de muerte, Y rompió sus prisiones.
14कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।
15Alaben la misericordia de Jehová, Y sus maravillas para con los hijos de los hombres.
15उहाँको अनन्त प्रेम र मानिसहरूको निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
16Porque quebrantó las puertas de bronce, Y desmenuzó los cerrojos de hierro.
16हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ। परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।
17Los insensatos, á causa del camino de su rebelión Y á causa de sus maldades, fueron afligidos.
17कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।
18Su alma abominó toda vianda, Y llegaron hasta las puertas de la muerte.
18ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्।
19Mas clamaron á Jehová en su angustia, Y salvólos de sus aflicciones.
19तिनीहरू संकटहरूमा थिए, यसैले सहयोगको निम्ति परमेश्वरलाई गुहार मागे र उहाँले तिनीहरूलाई ती संकटहरूबाट बचाउनु भयो।
20Envió su palabra, y curólos, Y librólos de su ruina.
20परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
21Alaben la misericordia de Jehová, Y sus maravillas para con los hijos de los hombres:
21परमप्रभुको अनन्त प्रेम अनि मानिसहरूका निम्ति उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
22Y sacrifiquen sacrificios de alabanza, Y publiquen sus obras con júbilo.
22प्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
23Los que descienden á la mar en navíos, Y hacen negocio en las muchas aguas,
23कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे। तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
24Ellos han visto las obras de Jehová, Y sus maravillas en el profundo.
24ती मानिसहरूले परमेश्वरले के गर्न सकनु हुन्छ भन्ने कुरा देखे। तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।
25El dijo, é hizo saltar el viento de la tempestad, Que levanta sus ondas.
25परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो। छालहरू उच्च भन्दा उच्च हुँदै गए।
26Suben á los cielos, descienden á los abismos: Sus almas se derriten con el mal.
26ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए अनि गहिरो समुद्रमा झारिदिए। तूफान एकदम भयंकर थियो ती मानिसहरूको साहस हराएर गयो।
27Tiemblan, y titubean como borrachos, Y toda su ciencia es perdida.
27तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए, माझी रूपमा तिनीहरूको कुशलता बेकार भयो।
28Claman empero á Jehová en su angustia, Y líbralos de sus aflicciones.
28तिनीहरू संकटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे। अनि उहाँले ती संकटहरूबाट तिनीहरूलाई बचाउनु भयो।
29Hace parar la tempestad en sosiego, Y se apaciguan sus ondas.
29परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।
30Alégranse luego porque se reposaron; Y él los guía al puerto que deseaban.
30माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो। अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
31Alaben la misericordia de Jehová, Y sus maravillas para con los hijos de los hombres.
31उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
32Y ensálcenlo en la congregación del pueblo; Y en consistorio de ancianos lo alaben.
32महासभामा परमेश्वरको प्रशंसा गर। बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।
33El vuelve los ríos en desierto, Y los manantiales de las aguas en secadales;
33परमेश्वरले नदीहरूलाई पनि मरूभूमिमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले झरनाहरू बहनुदेखि रोकिदिनु भयो।
34La tierra fructífera en salados, Por la maldad de los que la habitan.
34परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो। किन? किनभने ती दुष्ट मानिसहरूले गर्दा हो। जो त्यस ठाउँमा बसीरहेका थिए।
35Vuelve el desierto en estanques de aguas, Y la tierra seca en manantiales.
35परमेश्वरले मरूभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
36Y allí aposenta á los hambrientos, Y disponen ciudad para habitación;
36परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो। अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।
37Y siembran campos, y plantan viñas, Y rinden crecido fruto.
37ती मानिसहरूले त्यस धर्तीमा बिजन छरे। तिनीहरूले त्यहाँ अङ्गुरको खेती गरे। अनि तिनीहरूले असल बाली पाउन सके।
38Y los bendice, y se multiplican en gran manera; Y no disminuye sus bestias.
38परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।
39Y luego son menoscabados y abatidos A causa de tiranía, de males y congojas.
39घोर विपत्ति र संकटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए।
40El derrama menosprecio sobre los príncipes, Y les hace andar errados, vagabundos, sin camino:
40परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडकिहिडने बनाउनु भयो जहाँ कुनै बाटो छैन।
41Y levanta al pobre de la miseria, Y hace multiplicar las familias como rebaños de ovejas.
41त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेडाका बथानहरू जस्ता विशाल हुँदै गए।
42Vean los rectos, y alégrense; Y toda maldad cierre su boca.
42असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन् तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।
43¿Quién es sabio y guardará estas cosas, Y entenderá las misericordias de Jehová?
43यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ। परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।