1Salmo de David. NO te impacientes á causa de los malignos, Ni tengas envidia de los que hacen iniquidad.
1दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2Porque como hierba serán presto cortados, Y decaerán como verdor de renuevo.
2दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3Espera en Jehová, y haz bien; Vivirás en la tierra, y en verdad serás alimentado.
3यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4Pon asimismo tu delicia en Jehová, Y él te dará las peticiones de tu corazón.
4आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5Encomienda á Jehová tu camino, Y espera en él; y él hará.
5परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।
6Y exhibirá tu justicia como la luz, Y tus derechos como el medio día.
6तिमीहरूका असल कार्यहरू र निर्मलता मध्य दिनको घाम झैं चम्कियोस्।
7Calla á Jehová, y espera en él: No te alteres con motivo del que prospera en su camino, Por el hombre que hace maldades.
7परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन् अनि तिनीहरूको खराब युक्तिहरू सफल हुदैनन्।
8Déjate de la ira, y depón el enojo: No te excites en manera alguna á hacer lo malo.
8नरिसाऊ! बौलाहा न होऊ! त्यति उदास न होऊ जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्छौ।
9Porque los malignos serán talados, Mas los que esperan en Jehová, ellos heredarán la tierra.
9किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन् तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
10Pues de aquí á poco no será el malo: Y contemplarás sobre su lugar, y no parecerá.
10चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्!
11Pero los mansos heredarán la tierra, Y se recrearán con abundancia de paz.
11नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।
12Maquina el impío contra el justo, Y cruje sobre él sus dientes.
12दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्।
13El Señor se reirá de él; Porque ve que viene su día.
13तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
14Los impíos desenvainaron espada, y entesaron su arco, Para derribar al pobre y al menesteroso, Para matar á los de recto proceder.
14दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।
15La espada de ellos entrará en su mismo corazón, Y su arco será quebrado.
15तर तिनीहरूको धनुहरू भाँचिने छन् तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ।
16Mejor es lo poco del justo, Que las riquezas de muchos pecadores.
16दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्।
17Porque los brazos de los impíos serán quebrados: Mas el que sostiene á los justos es Jehová.
17किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ।
18Conoce Jehová los días de los perfectos: Y la heredad de ellos será para siempre.
18परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।
19No serán avergonzados en el mal tiempo; Y en los días de hambre serán hartos.
19जब संकटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।
20Mas los impíos perecerán, Y los enemigos de Jehová como la grasa de los carneros Serán consumidos: se disiparán como humo.
20तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्।
21El impío toma prestado, y no paga; Mas el justo tiene misericordia, y da.
21दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
22Porque los benditos de él heredarán la tierra; Y los malditos de él serán talados.
22यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।
23Por Jehová son ordenados los pasos del hombre, Y aprueba su camino.
23सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24Cuando cayere, no quedará postrado; Porque Jehová sostiene su mano.
24यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25Mozo fuí, y he envejecido, Y no he visto justo desamparado, Ni su simiente que mendigue pan.
25म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26En todo tiempo tiene misericordia, y presta; Y su simiente es para bendición.
26धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27Apártate del mal, y haz el bien, Y vivirás para siempre.
27यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सघैं बाँच्ने छौ।
28Porque Jehová ama la rectitud, Y no desampara sus santos: Mas la simiente de los impíos será extirpada.
28परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोडनु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29Los justos heredarán la tierra, Y vivirán para siempre sobre ella.
29धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30La boca del justo hablara sabiduría; Y su lengua proferirá juicio.
30धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31La ley de su Dios está en su corazón; Por tanto sus pasos no vacilarán.
31उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट उ कहिल्यै वन्चित हुँदैन।
32Acecha el impío al justo, Y procura matarlo.
32तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33Jehová no lo dejará en sus manos, Ni lo condenará cuando le juzgaren.
33जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34Espera en Jehová, y guarda su camino, Y él te ensalzará para heredar la tierra: Cuando serán talados los pecadores, lo verás.
34परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोडून लाउनु हुनेछ।
35Vi yo al impío sumamente ensalzado, Y que se extendía como un laurel verde.
35मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36Empero pasóse, y he aquí no parece; Y busquélo, y no fué hallado.
36तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।
37Considera al íntegro, y mira al justo: Que la postrimería de cada uno de ellos es paz.
37शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38Mas los transgresores fueron todos á una destruídos: La postrimería de los impíos fué talada.
38तर जुन मानिसले नियम मान्दैन पूर्ण रूपले ध्वंश हुनेछन्। अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39Pero la salvación de los justos es de Jehová, Y él es su fortaleza en el tiempo de angustia.
39धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ। जब धर्मी मानिसहरू संकटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40Y Jehová los ayudará, Y los librará: y libertarálos de los impíos, y los salvará, Por cuanto en él esperaron.
40परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन् अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।