Spanish: Reina Valera (1909)

Nepali

Psalms

78

1Masquil de Asaph. ESCUCHA, pueblo mío, mi ley: Inclinad vuestro oído á las palabras de mi boca.
1मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन। मैले भनेका कुराहरूमा ध्यान देऊ।
2Abriré mi boca en parábola; Hablaré cosas reservadas de antiguo:
2म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
3Las cuales hemos oído y entendido; Que nuestros padres nos las contaron.
3हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
4No las encubriremos á sus hijos, Contando á la generación venidera las alabanzas de Jehová, Y su fortaleza, y sus maravillas que hizo.
4अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्। हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
5El estableció testimonio en Jacob, Y pusó ley en Israel; La cual mandó á nuestros padres Que la notificasen á sus hijos;
5परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
6Para que lo sepa la generación venidera, y los hijos que nacerán; Y los que se levantarán, lo cuenten á sus hijos;
6अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरु आफ्ना नानीहरुलाई सिकाउन सक्षम हुनेछन्।
7A fin de que pongan en Dios su confianza, Y no se olviden de las obras de Dios, Y guarden sus mandamientos:
7यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।
8Y no sean como sus padres, Generación contumaz y rebelde; Generación que no apercibió su corazón, Ni fué fiel para con Dios su espíritu.
8यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने नानीहरू तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए। तिनीहरूले उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे। ती मानिसहरू हठी थिए। तिनीहरू परमेश्वरको आत्मा प्रति विश्वासी थिएनन्।
9Los hijos de Ephraim armados, flecheros, Volvieron las espaldas el día de la batalla.
9एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए, तर तिनीहरू युद्धभूमिबाट भागे।
10No guardaron el pacto de Dios, Ni quisieron andar en su ley:
10तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
11Antes se olvidaron de sus obras, Y de sus maravillas que les había mostrado.
11एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
12Delante de sus padres hizo maravillas En la tierra de Egipto, en el campo de Zoán.
12परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
13Rompió la mar, é hízolos pasar; E hizo estar las aguas como en un montón.
13परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
14Y llevólos de día con nube, Y toda la noche con resplandor de fuego.
14प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
15Hendió las peñas en el desierto: Y dióles á beber como de grandes abismos;
15परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो। जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
16Pues sacó de la peña corrientes, E hizo descender aguas como ríos.
16परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह चट्टानबाट ल्याउनु भयो!
17Empero aun tornaron á pecar contra él, Enojando en la soledad al Altísimo.
17तर मानिसहरूले उहाँकै विरूद्ध पाप अविरलमरूपले गरिरहे। मरूभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
18Pues tentaron á Dios en su corazón, Pidiendo comida á su gusto.
18तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
19Y hablaron contra Dios, Diciendo: ¿Podrá poner mesa en el desierto?
19तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
20He aquí ha herido la peña, y corrieron aguas, Y arroyos salieron ondeando: ¿Podrá también dar pan? ¿Aparejará carne á su pueblo?
20जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए। निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
21Por tanto oyó Jehová, é indignóse: Y encendióse el fuego contra Jacob, Y el furor subió también contra Israel;
21परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो। परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो। इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
22Por cuanto no habían creído á Dios, Ni habían confiado en su salud:
22किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
23A pesar de que mandó á las nubes de arriba, Y abrió las puertas de los cielos,
23[This verse may not be a part of this translation]
24E hizo llover sobre ellos maná para comer, Y dióles trigo de los cielos.
24[This verse may not be a part of this translation]
25Pan de nobles comió el hombre: Envióles comida á hartura.
25मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
26Movió el solano en el cielo, Y trajo con su fortaleza el austro.
26[This verse may not be a part of this translation]
27E hizo llover sobre ellos carne como polvo, Y aves de alas como arena de la mar.
27[This verse may not be a part of this translation]
28E hízolas caer en medio de su campo, Alrededor de sus tiendas.
28ती मानिसहरूका छाउनीका वरिपरि छाउनीको माझमा ठीक चराहरू झरे।
29Y comieron, y hartáronse mucho: Cumplióles pues su deseo.
29तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
30No habían quitado de sí su deseo, Aun estaba su vianda en su boca,
30तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
31Cuando vino sobre ellos el furor de Dios, Y mató los más robustos de ellos, Y derribo los escogidos de Israel.
31परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
32Con todo esto pecaron aún, Y no dieron crédito á sus maravillas.
32तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
33Consumió por tanto en nada sus días, Y sus años en la tribulación.
33यसकारण तिनीहरूको जीवन महा-विपदसँग समाप्त पारिदिनु भयो।
34Si los mataba, entonces buscaban á Dios; Entonces se volvían solícitos en busca suya.
34जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।
35Y acordábanse que Dios era su refugio. Y el Dios Alto su redentor.
35तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
36Mas le lisonjeaban con su boca, Y con su lengua le mentían:
36तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित इमान्दार थिएनन्।
37Pues sus corazones no eran rectos con él, Ni estuvieron firmes en su pacto.
37तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करारसँग आज्ञाकारी थिएनन्।
38Empero él misericordioso, perdonaba la maldad, y no los destruía: Y abundó para apartar su ira, Y no despertó todo su enojo.
38तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
39Y acordóse que eran carne; Soplo que va y no vuelve.
39परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो। मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
40Cuántas veces lo ensañaron en el desierto, Lo enojaron en la soledad!
40उफ! यी नै मानिसहरूले मरूभूमिमा परमेश्वरलाई खुब कष्ट दिए! तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
41Y volvían, y tentaban á Dios, Y ponían límite al Santo de Israel.
41घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे। तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
42No se acordaron de su mano, Del día que los redimió de angustia;
42ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
43Cuando puso en Egipto sus señales, Y sus maravillas en el campo de Zoán;
43तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
44Y volvió sus ríos en sangre, Y sus corrientes, porque no bebiesen.
44परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो। जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
45Envió entre ellos una mistura de moscas que los comían, Y ranas que los destruyeron.
45परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
46Dió también al pulgón sus frutos, Y sus trabajos á la langosta.
46परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
47Sus viñas destruyó con granizo, Y sus higuerales con piedra;
47परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
48Y entregó al pedrisco sus bestias, Y al fuego sus ganados.
48परमेश्वरले बिमार र अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो।
49Envió sobre ellos el furor de su saña, Ira y enojo y angustia, Con misión de malos ángeles.
49परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो। उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
50Dispuso el camino á su furor; No eximió la vida de ellos de la muerte, Sino que entregó su vida á la mortandad.
50परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो। उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन, डरालाग्दो बिमारको कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
51E hirió á todo primogénito en Egipto, Las primicias de las fuerzas en las tiendas de Châm.
51परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।
52Empero hizo salir á su pueblo como ovejas, Y llevólos por el desierto, como un rebaño.
52त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।
53Y guiólos con seguridad, que no tuvieron miedo; Y la mar cubrió á sus enemigos.
53उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
54Metiólos después en los términos de su santuario, En este monte que ganó su mano derecha.
54परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
55Y echó las gentes de delante de ellos, Y repartióles una herencia con cuerdas; E hizo habitar en sus moradas á las tribus de Israel.
55परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो। परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो। उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
56Mas tentaron y enojaron al Dios Altísimo, Y no guardaron sus testimonios;
56तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
57Sino que se volvieron, y se rebelaron como sus padres: Volviéronse como arco engañoso.
57इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झटारो फ्याँके जस्तै व्यवहार गरे।
58Y enojáronlo con sus altos, Y provocáronlo á celo con sus esculturas.
58इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
59Oyólo Dios, y enojóse, Y en gran manera aborreció á Israel.
59परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।
60Dejó por tanto el tabernáculo de Silo, La tienda en que habitó entre los hombres;
60उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
61Y dió en cautividad su fortaleza, Y su gloria en mano del enemigo.
61परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
62Entregó también su pueblo á cuchillo, Y airóse contra su heredad.
62परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
63El fuego devoró sus mancebos, Y sus vírgenes no fueron loadas en cantos nupciales.
63जवान पुरूषहरू जलेर मरे, अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
64Sus sacerdotes cayeron á cuchillo, Y sus viudas no lamentaron.
64पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
65Entonces despertó el Señor á la manera del que ha dormido, Como un valiente que grita excitado del vino:
65अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै हाम्रो स्वामी ब्यूँझनु भयो।
66E hirió á sus enemigos en las partes posteriores: Dióles perpetua afrenta.
66परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो। उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
67Y desechó el tabernáculo de José, Y no escogió la tribu de Ephraim.
67तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
68Sino que escogió la tribu de Judá, El monte de Sión, al cual amó.
68अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
69Y edificó su santuario á manera de eminencia, Como la tierra que cimentó para siempre.
69परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो। परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा सर्वदाको निम्ति बनाउनु भयो।
70Y eligió á David su siervo, Y tomólo de las majadas de las ovejas:
70परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
71De tras las paridas lo trajo, Para que apacentase á Jacob su pueblo, y á Israel su heredad.
71दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए, तर परमेश्वरले दाऊदलाई उहाँका आफ्ना मानिसहरूलाई हेरचाह गर्ने काम सुम्पनु भयो। याकूबका मानिसहरूलाई हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने, परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
72Y apacentólos con entereza de su corazón; Y pastoreólos con la pericia de sus manos.
72दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए। खुब सतर्कपूर्ण अगुवाई गरे।