1Salmo de Asaph. DIOS está en la reunión de los dioses; En medio de los dioses juzga.
1परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
2¿Hasta cuándo juzgaréis injustamente, Y aceptaréis las personas de los impíos? (Selah.)
2परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”
3Defended al pobre y al huérfano: Haced justicia al afligido y al menesteroso.
3“गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
4Librad al afligido y al necesitado: Libradlo de mano de los impíos.
4ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचऊ।
5No saben, no entienden, Andan en tinieblas: Vacilan todos los cimientos de la tierra.
5“तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”
6Yo dije: Vosotros sois dioses. E hijos todos vosotros del Altísimo.
6म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
7Empero como hombres moriréis. Y caeréis como cualquiera de los tiranos.
7तर तिमीहरू मर्नेछौ जसरी अन्य अगुवाहरू मर्दछन्।”
8Levántate, oh Dios, juzga la tierra: Porque tú heredarás en todas las gentes.
8हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।