1EL que habita al abrigo del Altísimo, Morará bajo la sombra del Omnipotente.
1तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। अवश्य नै तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2Diré yo á Jehová: Esperanza mía, y castillo mío; Mi Dios, en él confiaré.
2म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
3Y él te librará del lazo del cazador: De la peste destruidora.
3परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
4Con sus plumas te cubrirá, Y debajo de sus alas estarás seguro: Escudo y adarga es su verdad.
4तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
5No tendrás temor de espanto nocturno, Ni de saeta que vuele de día;
5तिमीहरू राती व्यर्थमा डराउने कामै छैन अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
6Ni de pestilencia que ande en oscuridad, Ni de mortandad que en medio del día destruya.
6तिमी राती चल्ने रूढीदेखि र दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैनौ।
7Caerán á tu lado mil, Y diez mil á tu diestra: Mas á ti no llegará.
7तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ। तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ। ती शत्रुहरूले तपाईंलाई छुँदैन पनि।
8Ciertamente con tus ojos mirarás, Y verás la recompensa de los impíos.
8हेर मात्र, अनि तिमीले देख्ने छौ ती दुष्ट मानिसहरू दण्डित भएको।
9Porque tú has puesto á Jehová, que es mi esperanza. Al Altísimo por tu habitación,
9किन? किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10No te sobrevendrá mal, Ni plaga tocará tu morada.
10तिमीलाई केही नराम्रो हुनेछैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11Pues que á sus ángeles mandará acerca de ti, Que te guarden en todos tus caminos.
11परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।
12En las manos te llevarán, Porque tu pie no tropiece en piedra.
12तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13Sobre el león y el basilisco pisarás; Hollarás al cachorro del león y al dragón.
13तिमीहरूले सिंहहरूमाथि र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14Por cuanto en mí ha puesto su voluntad, yo también lo libraré: Pondrélo en alto, por cuanto ha conocido mi nombre.
14परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15Me invocará, y yo le responderé: Con él estare yo en la angustia: Lo libraré, y le glorificaré.
15मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16Saciarélo de larga vida, Y mostraréle mi salud.
16अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु अनि तिनीहरूलाई बचाउनेछु।”