World English Bible

Nepali

Amos

2

1Thus says Yahweh: “For three transgressions of Moab, yes, for four, I will not turn away its punishment; because he burned the bones of the king of Edom into lime;
1परमप्रभुले यी कुरा भन्नुहुन्छ, “म मोआबका मानिसलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने मोआबको राजाले एदोमको राजाको हड्डी जलाएर चुना बनायो।
2but I will send a fire on Moab, and it will devour the palaces of Kerioth; and Moab will die with tumult, with shouting, and with the sound of the trumpet;
2यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँ खैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ।
3and I will cut off the judge from their midst, and will kill all its princes with him,” says Yahweh.
3यसकारण म मोआबका राजालाई उसको सबै अगुवाहरुसितै मार्नेछु।” परमप्रभु यसो भन्नुहुन्छ।
4Thus says Yahweh: “For three transgressions of Judah, yes, for four, I will not turn away its punishment; because they have rejected Yahweh’s law, and have not kept his statutes, and their lies have led them astray, after which their fathers walked;
4परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरुले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनभने तिनीहरुले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरु आफ्ना बाबुहरुले मानेका झूटो देवताहरुलाई मानेर पथ-भ्रष्ट भएकाछन्।
5But I will send a fire on Judah, and it will devour the palaces of Jerusalem.”
5यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोले यरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”
6Thus says Yahweh: “For three transgressions of Israel, yes, for four, I will not turn away its punishment; because they have sold the righteous for silver, and the needy for a pair of shoes;
6परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे।
7They trample on the dust of the earth on the head of the poor, and deny justice to the oppressed; and a man and his father use the same maiden, to profane my holy name;
7तिनीहरुले ती गरीब मानिसहरुलाई कुल्चिए अनि पिडित मानिसको कुरा सुनेनन्।
8and they lay themselves down beside every altar on clothes taken in pledge; and in the house of their God they drink the wine of those who have been fined.
8तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरु तिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमा पिए।
9Yet I destroyed the Amorite before them, whose height was like the height of the cedars, and he was strong as the oaks; yet I destroyed his fruit from above, and his roots from beneath.
9तर मैले एमोरीहरुलाई तिनीहरुको अगाडी ध्वंश गरिदिएँ। मैले त्यसको फलहरु माथिदेखि र त्यसका जरा तलै सम्म ध्वंश गरिदिंए।
10Also I brought you up out of the land of Egypt, and led you forty years in the wilderness, to possess the land of the Amorite.
10“मैले तिमीहरुलाई मिश्रदेखि बाहिर निकालेर ल्याएँ र मरूभूमिका उजाड स्थानहरुमा चालीस र्बष सम्म डोर्याएँ। मैले तिमीहरुलाई एमोरीहरुको भूमिदिएँ।
11I raised up some of your sons for prophets, and some of your young men for Nazirites. Isn’t this true, you children of Israel?” says Yahweh.
11मैले तिमीहरुका कतिपय नानीहरुलाई अगमबक्ताहरु बनाएँ। अनि मैले कतिपय युवकहरुलाई नाजिरीहरु बानाएँ। हे इस्राएलीहरु हो! के योकुरा सत्य होइन? परमप्रभु भन्नुहुन्छ।
12“But you gave the Nazirites wine to drink, and commanded the prophets, saying, ‘Don’t prophesy!’
12“तर तिमीहरुले नाजिरीहरुलाई दाखरस खुवायौ। तिमीहरुले अगमबक्ताहरुलाई अगमवाणी गर्न रोक लगायौ।
13Behold, I will crush you in your place, as a cart crushes that is full of grain.
13हेर, म तिमीहरुलाई अन्नले ठेलागाडी लादिए झैं दबाउनेछु।
14Flight will perish from the swift; and the strong won’t strengthen his force; neither shall the mighty deliver himself;
14कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन।
15neither shall he stand who handles the bow; and he who is swift of foot won’t escape; neither shall he who rides the horse deliver himself;
15धनु-काँड चलाउने पनि युद्धमा बाँच्न योग्य हुने छैन। वेगसित दगुर्ने पनि उम्कन सकने छैन। घोडसवारले पनि आफ्नो प्राणबचाउन योग्यहुन सक्तैन।
16and he who is courageous among the mighty will flee away naked on that day,” says Yahweh.
16परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।”