World English Bible

Nepali

Amos

7

1Thus the Lord Yahweh showed me: and behold, he formed locusts in the beginning of the shooting up of the latter growth; and behold, it was the latter growth after the king’s harvest.
1परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरु बनाउँदै गरेको मैले देखें।
2It happened that, when they made an end of eating the grass of the land, then I said, “Lord Yahweh, forgive, I beg you! How could Jacob stand? For he is small.”
2सलह ले देशको सारा घाँसहरु खायो। त्यसपछि मैले भनें, “मेरा स्वामी परमप्रभु, म बिन्तीगर्छु, हामीलाई क्षमा गर्नुहोस्! याकुब बाँच्न सक्दैन। त्यो अत्यन्तै सानो छ।”
3Yahweh relented concerning this. “It shall not be,” says Yahweh.
3त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”
4Thus the Lord Yahweh showed me and behold, the Lord Yahweh called for judgment by fire; and it dried up the great deep, and would have devoured the land.
4मेरा स्वामी परमप्रभुले मलाई उहाँको भयानक न्याय, परेको पानी पोखिए जस्तै देखाउनुयो। आगोले बिशाल समुद्र जलायो आगोले जमीन नष्ट पारिदियो।
5Then I said, “Lord Yahweh, stop, I beg you! How could Jacob stand? For he is small.”
5तब मैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकुब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”
6Yahweh relented concerning this. “This also shall not be,” says the Lord Yahweh.
6त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”
7Thus he showed me and behold, the Lord stood beside a wall made by a plumb line, with a plumb line in his hand.
7तब परमप्रभुले मलाई यो दर्शन देखाउनुभयोः यस दर्शनमा उहाँ साहुलले चिन्ह लगाएर बनाएको पर्खाल नजिक हुनुहुन्थ्यो। अनि उहाँले आफ्ना हातमा साहुल समातिरहनु भएको थियो।
8Yahweh said to me, “Amos, what do you see?” I said, “A plumb line.” Then the Lord said, “Behold, I will set a plumb line in the midst of my people Israel. I will not again pass by them any more.
8परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरुको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।
9The high places of Isaac will be desolate, the sanctuaries of Israel will be laid waste; and I will rise against the house of Jeroboam with the sword.”
9इसहाकको अग्ला ठाउँहरु नष्ट गरिनेछ। इस्राएलको पवित्र स्थानहरु उजाड हुनेछ। म खडा हुनेछु र यरोबामको परिवारलाई तलवार लिएर आक्रमण गर्नेछु।”
10Then Amaziah the priest of Bethel sent to Jeroboam king of Israel, saying, “Amos has conspired against you in the midst of the house of Israel. The land is not able to bear all his words.
10बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः आमोसले तिमीहरुको बिरुद्ध षडयन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरुलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसकनु भएकोछ।
11For Amos says, ‘Jeroboam will die by the sword, and Israel shall surely be led away captive out of his land.’”
11आमोसले भन्यो, “यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरुलाई तिनिहरुको देशबाट निर्वासित गरिनेछ।”
12Amaziah also said to Amos, “You seer, go, flee away into the land of Judah, and there eat bread, and prophesy there:
12अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहुदा तर्फ दक्षिण तर्फ दुगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।
13but don’t prophesy again any more at Bethel; for it is the king’s sanctuary, and it is a royal house!”
13तर यहाँ बेतेलमा ज्यादा उपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।
14Then Amos answered Amaziah, “I was no prophet, neither was I a prophet’s son; but I was a herdsman, and a farmer of sycamore figs;
14तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरु रूँग्ने मानिस हुँ।
15and Yahweh took me from following the flock, and Yahweh said to me, ‘Go, prophesy to my people Israel.’
15परमप्रभुले मलाई भेडा-बाख्राहरु चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरु इस्राएललाई अगमवाणी गर।’
16Now therefore listen to the word of Yahweh: ‘You say, Don’t prophesy against Israel, and don’t preach against the house of Isaac.’
16यसैकारण परमप्रभुको वचन सुन, तिमीहरु मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणीनगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’
17Therefore thus says Yahweh: ‘Your wife shall be a prostitute in the city, and your sons and your daughters shall fall by the sword, and your land shall be divided by line; and you yourself shall die in a land that is unclean, and Israel shall surely be led away captive out of his land.’”
17परमप्रभुले यसो भन्नुहुन्छ, “तिम्रो पत्नी यो शहरमा एकजना वेश्याहुनेछे। अनि तिम्रो छोराहरु र छोरीहरु अपवित्र भूमिमा तरवारले मारिन्छन्। तिम्रो भूमि, नाप्ने डोरीले भाग गरिनेछ अनि तिमी आफैं भूमि अपवित्र पार्नेछौ। इस्राएल निश्चयनै आफ्नो भूमिबाट बन्दीको रुपमा लगिनेछ।”