1I saw the Lord standing beside the altar, and he said, “Strike the tops of the pillars, that the thresholds may shake; and break them in pieces on the head of all of them; and I will kill the last of them with the sword: there shall not one of them flee away, and there shall not one of them escape.
1मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाई तरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।
2Though they dig into Sheol Sheol is the place of the dead. , there my hand will take them; and though they climb up to heaven, there I will bring them down.
2यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु।
3Though they hide themselves in the top of Carmel, I will search and take them out there; and though they be hidden from my sight in the bottom of the sea, there I will command the serpent, and it will bite them.
3यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि म सर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।
4Though they go into captivity before their enemies, there I will command the sword, and it will kill them. I will set my eyes on them for evil, and not for good.
4यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरें राम्रो गर्ने होइन।”
5For the Lord, Yahweh of Armies, is he who touches the land and it melts, and all who dwell in it will mourn; and it will rise up wholly like the River, and will sink again, like the River of Egypt.
5मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्यो प्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।
6It is he who builds his rooms in the heavens, and has founded his vault on the earth; he who calls for the waters of the sea, and pours them out on the surface of the earth; Yahweh is his name.
6परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो। उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो। उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ। अनि देशमाथि खन्याउनु हुन्छ। उहाँको नाउँ परमप्रभु हो।
7Are you not like the children of the Ethiopians to me, children of Israel?” says Yahweh. “Haven’t I brought up Israel out of the land of Egypt, and the Philistines from Caphtor, and the Syrians from Kir?
7परमप्रभु भन्नुहुन्छ, “हे इस्राएली, तिमीहरु मेरा निम्ति कुश जस्तै हौ। मैले इस्राएललाई मिश्रबाट निकालेर ल्याएँ। मैले पलिश्तीहरुलाई करतोरबाट ल्याएँ। अनि अरामीहरुलाई कोरबाट।”
8Behold, the eyes of the Lord Yahweh are on the sinful kingdom, and I will destroy it from off the surface of the earth; except that I will not utterly destroy the house of Jacob,” says Yahweh.
8हे परमप्रभु मेरा मालिकको! आँखाहरु पापपूर्ण राज्यमाथि छन्। परमप्रभुले भन्नुभयो, “म इस्राएललाई पृथ्वीबाट सम्पुर्ण रूपले ध्वंश पार्नेछु। तर म याकुबको घरलाई ध्वंश गर्नेछैन।”
9“For, behold, I will command, and I will sift the house of Israel among all the nations, as grain is sifted in a sieve, yet not the least kernel will fall on the earth.
9[This verse may not be a part of this translation]
10All the sinners of my people will die by the sword, who say, ‘Evil won’t overtake nor meet us.’
10मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्। तिनीहरुले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’ अथवा हामीलाई जित्ने छैनन्।”
11In that day I will raise up the tent of David who is fallen, and close up its breaches, and I will raise up its ruins, and I will build it as in the days of old;
11“त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु, म चर्केकाहरु र नष्ट भएका भवनहरु मर्मत गर्नेछु। म त्यसलाई पहिलेको जस्तै पुनः र्निर्माण गर्नेछु।
12that they may possess the remnant of Edom, and all the nations who are called by my name,” says Yahweh who does this.
12ताकि एदोममा बाँकी रहेका मानिसहरु र राष्ट्रहरु जो मेरो नाउँले (यहोवा) कहलाइन्छन् तिनीहरु लिनलाई परमप्रभु जसले यी सब गर्ने घोषणा गर्नु हुन्छ।”
13“Behold, the days come,” says Yahweh, “that the plowman shall overtake the reaper, and the one treading grapes him who sows seed; and sweet wine will drip from the mountains, and flow from the hills.
13परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरुले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समय आइहाल्छ, मानिसहरु अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाट झर्नेछन्।
14I will bring my people Israel back from captivity, and they will rebuild the ruined cities, and inhabit them; and they will plant vineyards, and drink wine from them. They shall also make gardens, and eat their fruit.
14मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु। तिनीहरुले त्यो नष्ट भएको शहर फेरि बनाउँनेछन् अनि तिनीहरु ती शहरमा बस्नेछन्। उनीहरुले दाख बारीहरु लाउनेछन् अनि तिनीहरुले उब्जाऊ गरेको दाखरस पिउनेछन्, उनीहरुले बगैंचाहरु रोप्नेछन् अनि त्यसबाट फलेको फलहरु खानेछन्।
15I will plant them on their land, and they will no more be plucked up out of their land which I have given them,” says Yahweh your God.
15उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु अनि उनीहरु फेरि त्यो देशबाट निकालिने छैनन्। जुन मैले उनीहरुलाई दिएँ।” परमप्रभु तिमीहरुका परमेश्वरले यी कुराहरु भन्नुभयो।