World English Bible

Nepali

Ezekiel

14

1Then came certain of the elders of Israel to me, and sat before me.
1इस्राएलका केही बढा-प्रधानहरू मकहाँ आए। तिनीहरू मसँग बात गर्न बसे।
2The word of Yahweh came to me, saying,
2परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
3Son of man, these men have taken their idols into their heart, and put the stumbling block of their iniquity before their face: should I be inquired of at all by them?
3“हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लेउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अहँ!
4Therefore speak to them, and tell them, Thus says the Lord Yahweh: Every man of the house of Israel who takes his idols into his heart, and puts the stumbling block of his iniquity before his face, and comes to the prophet; I Yahweh will answer him therein according to the multitude of his idols;
4तर म तिनीहरूलाई उत्तर दिन्छु। तिमीले तिनीहरूलाई भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ यदि कोही इस्राएलीहरू अगमवक्ताकहाँ जान्छ अनि मदेखि सल्लाह माग्छ भने यदि त्यो मानिसले उसका मूर्तिहरू राखेकोछ भने त्यो मानिसको प्रश्नको उत्तर म आफै दिनेछु। यदि उसले ती चीजहरू जसले तिनीहरूलाई पाप कर्महरू गराउन उकास्छ अनि यदि उसले मूर्तिहरूको पूजा गर्छ भने म उसित कुरा गर्नेछु।
5that I may take the house of Israel in their own heart, because they are all estranged from me through their idols.
5किन? किनकि म तिनीहरूको हृदय छुन चाहन्छु। म देखाउन चाहन्छु कि म तिनीहरूलाई प्रेम गर्छु, यद्यपि तिनीहरूले मलाई आफ्नो घिनलाग्दो मूर्तिहरूको निम्ति छोडिदिए।’
6Therefore tell the house of Israel, Thus says the Lord Yahweh: Return, and turn yourselves from your idols; and turn away your faces from all your abominations.
6“यसकारण इस्राएलका परिवारसँग यी सब भन। तिनीहरूलाई भन, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ! मकहाँ फर्केर आऊ अनि आफ्नो घिनलाग्दो मूर्तिहरू छोडिदेऊ। ती सबै डरलाग्दा झूटो देवताहरूबाट तिमी फर्क
7For everyone of the house of Israel, or of the strangers who live in Israel, who separates himself from me, and takes his idols into his heart, and puts the stumbling block of his iniquity before his face, and comes to the prophet to inquire for himself of me; I Yahweh will answer him by myself:
7यदि कुनै इस्राएलीहरू अथवा इस्राएलमा बस्ने विदेशीहरू सल्लाहमा निम्ति मकहाँ आए म उसलाई उत्तर दिनेछु। यदि उसले घिनलाग्दो मूर्तिहरू राखे ता पनि म उसलाई उत्तर दिन्छु। यदि उसले ती चीजहरू राख्छ जसले उसलाई पाप गराउँछ। यदि उसले तब सम्म ती मूर्तिहरूको पूजा गर्छ। म उसलाई यस्तो उत्तर दिन्छु।
8and I will set my face against that man, and will make him an astonishment, for a sign and a proverb, and I will cut him off from the midst of my people; and you shall know that I am Yahweh.
8म त्यस मानिसको विरोधी हुनेछु। उसलाई नष्ट गरिदिन्छु। त्यो अरू मानिसहरूको निम्ति उदाहरण बनिनेछ। मानिसहरूले उसको हाँसो उडाउँनेछन्। म तिनीहरूलाई आफ्नो मानिसहरूबाट बाहिर निकल्नेछु। त्यसपछि तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।
9If the prophet is deceived and speak a word, I, Yahweh, have deceived that prophet, and I will stretch out my hand on him, and will destroy him from the midst of my people Israel.
9यदि अगमवक्ता धेरै मूर्ख भई आफ्नो उत्तर दियो भने म उसलाई देखाई दिन्छु कि उ कति मूर्ख छ, म उसको विरूद्ध आफ्नो शक्ति प्रयोग गर्छु। म उसलाई नष्ट गरिदिन्छु अनि आफ्ना मानिसहरूलाई इस्राएलबाट बाहिर निकाल्नेछु।
10They shall bear their iniquity: the iniquity of the prophet shall be even as the iniquity of him who seeks him;
10यस्तै प्रकारले त्यो मानिस जुन राय लिन आएको थियो अनि अगमवक्ता जसले उत्तर दियो दुवैले एउटै दण्ड पाउँनेछन्।
11that the house of Israel may go no more astray from me, neither defile themselves any more with all their transgressions; but that they may be my people, and I may be their God, says the Lord Yahweh.
11किनकि यसप्रकारले त्यो अगमवक्ताले मेरो मानिसहरूलाई मदेखि टाढो लिएर जान बन्द गरिदिन्छ। यसप्रकारले मेरा मानिसहरूले आफ्नो पापबाट अपवित्र हुनु बन्द गरिदिन्छन्। तब तिनीहरू मेरो विशेष मानिस हुनेछन अनि म तिनीहरूको परमेश्वर बनिन्छु।”‘ परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
12The word of Yahweh came to me, saying,
12तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
13Son of man, when a land sins against me by committing a trespass, and I stretch out my hand on it, and break the staff of its bread, and send famine on it, and cut off from it man and animal;
13“हे मानिसको छोरो! म आफ्नो त्यो राष्ट्रलाई दण्ड दिन्छु जसले मलाई छोड्छ अनि मेरो विरूद्ध पापहरू गर्छ। म तिनीहरूको भोजनको आपूर्ति बन्द गरिदिन्छु। म अनिकाल उत्पन्न गरिदिन सक्छु अनि त्यस देशबाट मानिस अनि पशुहरू बाहिर गरिदिन सक्छु।
14though these three men, Noah, Daniel, and Job, were in it, they should deliver but their own souls by their righteousness, says the Lord Yahweh.
14म त्यस देशलाई दण्ड दिन्छु त्यहाँ नूह, दानियल अनि अय्यूब नै किन नबसुन्, उनीहरू आफ्नो जीवन आफ्नो धार्मिकताद्वारा बचाउँन सक्छन् तर तिनीहरूले सम्पूर्ण देशलाई बचाउँन सक्तैनन्।” परमप्रभु मेरा मालिकले यी सबै कुरा भन्नुभयो।
15If I cause evil animals to pass through the land, and they ravage it, and it be made desolate, so that no man may pass through because of the animals;
15परमेश्वरले भन्नुभयो, “अथवा म त्यो पुरै देशमा जंगली जनावरहरू पठाइदिन्छु अनि ती जनावरहरूले सबै मानिसहरूलाई मार्न सक्छन। जंगली जनावरहरूको कारणले त्यस देश भएर कसैले पनि यात्रा गर्नसक्तैनन्।
16though these three men were in it, as I live, says the Lord Yahweh, they should deliver neither sons nor daughters; they only should be delivered, but the land should be desolate.
16यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने म ती तीनै जनालाई बचाउने थिँए। ती तीनै जना स्वंयले आफूलाई बचाउँनु सक्छन्। तर म मेरो तीनैजना स्वंयले आफूलाई बचाउँनु सक्छन्। तर म मेरो जीवनको शपथ खाएर भन्छु कि तिनीहरूले आफ्नो बाहेक अरूको जीवनसितै आफ्नो छोरा-छोरी पनि बचाउँन सक्ने थिएनन्। त्यो नराम्रो देश नष्ट गरिनेछ।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।
17Or if I bring a sword on that land, and say, Sword, go through the land; so that I cut off from it man and animal;
17परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।
18though these three men were in it, as I live, says the Lord Yahweh, they should deliver neither sons nor daughters, but they only should be delivered themselves.
18यदि नूह, दानियल अनि अय्यूब त्यहाँ बस्थे भने ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें। ती तीन जनाले आफ्नो जीवन स्वंय बचाउँन सक्छन्। म मेरो जीवनको शपथ खाएर भन्छु कि अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन् यहाँ सम्म कि आफ्नो छोरा-छोरीको जीवन पनि बचाउँन सक्ने थिएन। त्यो देश सम्पूर्ण रूपमा नष्ट गरिइनेछ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
19Or if I send a pestilence into that land, and pour out my wrath on it in blood, to cut off from it man and animal;
19परमेश्वरले भन्नुभयो, “अथवा म त्यस देशको विरूद्ध रूढी (महामारी) पठाउँन सक्छु। म तिनीहरूमाथि आफ्नो क्रोध बर्षाउन सक्छु। म सबै मानिस अनि जनावरहरूलाई त्यस देशबाट हटाउन सक्छु।
20though Noah, Daniel, and Job, were in it, as I live, says the Lord Yahweh, they should deliver neither son nor daughter; they should but deliver their own souls by their righteousness.
20यदि नूह, दानियेल अनि अय्यूब त्यहाँ बस्थे भने पनि म ती तीनजना राम्रो मानिसहरूलाई बचाउँथें किनकि ती तीनैजना राम्रा मानिसहरू हुन्। ती तीनैजना आफ्नो जीवन स्वंय बचाउन सक्छन्। तर म आफ्नो जीवनको शपथ खाएर भन्छु अरू मानिसहरूको जीवन तिनीहरूले बचाउँन सक्तैंनन्, यहाँ सम्म ताकि आफ्ना छोरा-छोरीको जीवन पनि बचाउँनु सक्तैनन।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।
21For thus says the Lord Yahweh: How much more when I send my four severe judgments on Jerusalem, the sword, and the famine, and the evil animals, and the pestilence, to cut off from it man and animal!
21त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।
22Yet, behold, therein shall be left a remnant that shall be carried forth, both sons and daughters: behold, they shall come forth to you, and you shall see their way and their doings; and you shall be comforted concerning the evil that I have brought on Jerusalem, even concerning all that I have brought on it.
22केही मानिसहरू त्यो देशबाट भाग्नेछन्। तिनीहरू आफ्ना छोरा-छोरी लिएर तिमीहरूकहाँ सहायताको लागि आउनेछन्। तब तिमीहरूले थाहा पाउनेछौ कि यी मानिसहरू साँच्चै कति नराम्रा छन्। म जुन आपत यरूशलेममा ल्याउँनेछु त्यो न्यायसगत हो भन्ने तिमीलाई विश्वास गराइनेछ अनि तिमीहरूले सान्तवना पाउनेछौ।
23They shall comfort you, when you see their way and their doings; and you shall know that I have not done without cause all that I have done in it, says the Lord Yahweh.
23तिमीहरूले तिनीहरूको बस्ने ढंग अनि तिनीहरूले गर्ने नराम्रो काम देख्नेछौ। त्यसपछि तिमीले सम्झने छौ कि तिनीहरूलाई दण्ड दिने उचित कारण मसँग थियो।” परमप्रभु मेरो मालिकले यो कुराहरू भन्नुभयो।