1The word of Yahweh came to me, saying,
1परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2Son of man, set your face toward the children of Ammon, and prophesy against them:
2“हे मानिसको छोरो! अम्मोनका मानिसहरूलाई ध्यान देऊ अनि मेरा निम्ति तिनीहरूको विरूद्धमा केही भन।
3and tell the children of Ammon, Hear the word of the Lord Yahweh: Thus says the Lord Yahweh, Because you said, Aha, against my sanctuary, when it was profaned; and against the land of Israel, when it was made desolate; and against the house of Judah, when they went into captivity:
3अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए।
4therefore, behold, I will deliver you to the children of the east for a possession, and they shall set their encampments in you, and make their dwellings in you; they shall eat your fruit, and they shall drink your milk.
4यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बस्नेछन्। उनीहरू तिमीहरूको फल खानेछन अनि तिमीहरूका दूध पिउनेछन्।
5I will make Rabbah a stable for camels, and the children of Ammon a resting place for flocks: and you shall know that I am Yahweh.
5“‘म रब्बा शहरलाई ऊँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेडाहरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।
6For thus says the Lord Yahweh: Because you have clapped your hands, and stamped with the feet, and rejoiced with all the despite of your soul against the land of Israel;
6परमप्रभु यसो भन्नुहुन्छ किनभने तिमीहरू खुशी थियौ अनि तिमीहरूले आफ्नो हातले ताली बजायौ अनि आफ्नो खुट्टा ठटायौ, अनि तिनीहरूले इस्राएलको भूमिलाई ठट्ठा गर्न अनि खिल्ली उडाउन मज्जा मान्यौ।
7therefore, behold, I have stretched out my hand on you, and will deliver you for a spoil to the nations; and I will cut you off from the peoples, and I will cause you to perish out of the countries: I will destroy you; and you shall know that I am Yahweh.
7यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”‘
8Thus says the Lord Yahweh: Because Moab and Seir say, Behold, the house of Judah is like all the nations;
8परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’
9therefore, behold, I will open the side of Moab from the cities, from his cities which are on his frontiers, the glory of the country, Beth Jeshimoth, Baal Meon, and Kiriathaim,
9म मोआबको काँध काट्नेछु यी शहरहरू बेत्याशीमोत, बाल्मोन अनि किर्यातैम जुन त्यस देशको महिमा हुन म लिनेछु।
10to the children of the east, to go against the children of Ammon; and I will give them for a possession, that the children of Ammon may not be remembered among the nations.
10त्यसपछि म यी शहरहरू पूर्वका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिन्छन् अनि म अम्मोनका मानिसहरूलाई एउटा राष्ट्र हुनदिन्छु। त्यसपछि प्रत्येकले बिर्सिनेछ कि अम्मोनका मानिसहरू त्यही राष्ट्रका थिए।
11and I will execute judgments on Moab; and they shall know that I am Yahweh.
11यस्तो प्रकारले म मोआबलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”
12Thus says the Lord Yahweh: Because Edom has dealt against the house of Judah by taking vengeance, and has greatly offended, and revenged himself on them;
12परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “एदोमका मानिसहरू यहूदाको घरानाको विरूद्ध खडा भएर तिनीहरूसँग बद्ला लिन खोजे। एदोमका मानिसहरू दोषी छन्।”
13therefore thus says the Lord Yahweh, I will stretch out my hand on Edom, and will cut off man and animal from it; and I will make it desolate from Teman; even to Dedan shall they fall by the sword.
13यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्।
14I will lay my vengeance on Edom by the hand of my people Israel; and they shall do in Edom according to my anger and according to my wrath; and they shall know my vengeance, says the Lord Yahweh.
14म आफ्ना मानिसहरू, इस्राएल एदोमको विरूद्ध उपयोग गर्छु। यस्तो प्रकारले इस्राएलका मानिसहरूले मेरा क्रोधलाई एदोमको विरूद्ध व्यवहार गर्छन्। त्यसपछि एदोमका मानिसहरूले बुझ्नेछन् मैले तिनीहरूलाई दण्ड दिएँ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
15Thus says the Lord Yahweh: Because the Philistines have dealt by revenge, and have taken vengeance with despite of soul to destroy with perpetual enmity;
15परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।”
16therefore thus says the Lord Yahweh, Behold, I will stretch out my hand on the Philistines, and I will cut off the Cherethites, and destroy the remnant of the sea coast.
16यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिश्तीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पार्छु। म समुद्रको किनारमा बस्ने ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पार्छु।
17I will execute great vengeance on them with wrathful rebukes; and they shall know that I am Yahweh, when I shall lay my vengeance on them.
17म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बद्ला लिन्छु। म आफ्नो क्रोध द्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”