1Thus says the Lord Yahweh: The gate of the inner court that looks toward the east shall be shut the six working days; but on the Sabbath day it shall be opened, and on the day of the new moon it shall be opened.
1परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ।
2The prince shall enter by the way of the porch of the gate outside, and shall stand by the post of the gate; and the priests shall prepare his burnt offering and his peace offerings, and he shall worship at the threshold of the gate: then he shall go forth; but the gate shall not be shut until the evening.
2शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सँघारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन।
3The people of the land shall worship at the door of that gate before Yahweh on the Sabbaths and on the new moons.
3देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन।
4The burnt offering that the prince shall offer to Yahweh shall be on the Sabbath day six lambs without blemish and a ram without blemish;
4“शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ।
5and the meal offering shall be an ephah for the ram, and the meal offering for the lambs as he is able to give, and a hin of oil to an ephah.
5उसले एक एपा अन्नबलि भेडासँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेडासँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।
6On the day of the new moon it shall be a young bull without blemish, and six lambs, and a ram; they shall be without blemish:
6“औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छवटा थुमा अनि एउटा भेडा, जसमा कुनै खोट छैन् भेटी दिन्छ।
7and he shall prepare a meal offering, an ephah for the bull, and an ephah for the ram, and for the lambs according as he is able, and a hin of oil to an ephah.
7शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे भेडासँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ।
8When the prince shall enter, he shall go in by the way of the porch of the gate, and he shall go forth by its way.
8शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।
9But when the people of the land shall come before Yahweh in the appointed feasts, he who enters by the way of the north gate to worship shall go forth by the way of the south gate; and he who enters by the way of the south gate shall go forth by the way of the north gate: he shall not return by the way of the gate by which he came in, but shall go forth straight before him.
9“जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ।
10The prince, when they go in, shall go in with of them; and when they go out, he shall go out.
10जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।
11In the feasts and in the solemnities the meal offering shall be an ephah 1 ephah is about 22 litres or about 2/3 of a bushel for a bull, and an ephah for a ram, and for the lambs as he is able to give, and a hin of oil to an ephah.
11उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेडासँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।
12When the prince shall prepare a freewill offering, a burnt offering or peace offerings as a freewill offering to Yahweh, one shall open for him the gate that looks toward the east; and he shall prepare his burnt offering and his peace offerings, as he does on the Sabbath day: then he shall go forth; and after his going forth one shall shut the gate.
12“जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमा जस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।
13You shall prepare a lamb a year old without blemish for a burnt offering to Yahweh daily: morning by morning you shall prepare it.
13“तिमीले एक वर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ।
14You shall prepare a meal offering with it morning by morning, the sixth part of an ephah, and the third part of a hin of oil, to moisten the fine flour; a meal offering to Yahweh continually by a perpetual ordinance.
14तिमीले प्रत्येक बिहान भेडासँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाइ भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ।
15Thus shall they prepare the lamb, and the meal offering, and the oil, morning by morning, for a continual burnt offering.
15यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”
16Thus says the Lord Yahweh: If the prince give a gift to any of his sons, it is his inheritance, it shall belong to his sons; it is their possession by inheritance.
16परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो।
17But if he give of his inheritance a gift to one of his servants, it shall be his to the year of liberty; then it shall return to the prince; but as for his inheritance, it shall be for his sons.
17तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ।
18Moreover the prince shall not take of the people’s inheritance, to thrust them out of their possession; he shall give inheritance to his sons out of his own possession, that my people not be scattered every man from his possession.
18अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”
19Then he brought me through the entry, which was at the side of the gate, into the holy rooms for the priests, which looked toward the north: and behold, there was a place on the hinder part westward.
19त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें।
20He said to me, This is the place where the priests shall boil the trespass offering and the sin offering, and where they shall bake the meal offering; that they not bring them forth into the outer court, to sanctify the people.
20त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन् । किन? जसबाट तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”
21Then he brought me forth into the outer court, and caused me to pass by the four corners of the court; and behold, in every corner of the court there was a court.
21त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो।
22In the four corners of the court there were courts enclosed, forty cubits long and thirty broad: these four in the corners were of one measure.
22चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौडाको थियो। चारै कुनाको नाप बराबर थियो।
23There was a wall around in them, around the four, and boiling places were made under the walls all around.
23भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए।
24Then he said to me, These are the boiling houses, where the ministers of the house shall boil the sacrifice of the people.
24त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”