World English Bible

Nepali

Ezra

8

1Now these are the heads of their fathers’ households, and this is the genealogy of those who went up with me from Babylon, in the reign of Artaxerxes the king:
1यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।
2Of the sons of Phinehas, Gershom. Of the sons of Ithamar, Daniel. Of the sons of David, Hattush.
2पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः
3Of the sons of Shecaniah, of the sons of Parosh, Zechariah; and with him were reckoned by genealogy of the males one hundred fifty.
3शकन्याहका कुलका, हत्तूश परोशका कुलबाटः जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।
4Of the sons of Pahathmoab, Eliehoenai the son of Zerahiah; and with him two hundred males.
4पहत-मोआबका कुलबाटः एल्याहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।
5Of the sons of Shecaniah, the son of Jahaziel; and with him three hundred males.
5जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनी सित 300 मानिसहरू।
6Of the sons of Adin, Ebed the son of Jonathan; and with him fifty males.
6आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनी सित 50 मानिसहरू।
7Of the sons of Elam, Jeshaiah the son of Athaliah; and with him seventy males.
7एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनी सित 70 मानिसहरू।
8Of the sons of Shephatiah, Zebadiah the son of Michael; and with him eighty males.
8शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।
9Of the sons of Joab, Obadiah the son of Jehiel; and with him two hundred and eighteen males.
9योआबका कुलबाटः यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरु।
10Of the sons of Shelomith, the son of Josiphiah; and with him one hundred sixty males.
10बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरु।
11Of the sons of Bebai, Zechariah the son of Bebai; and with him twenty-eight males.
11बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरु।
12Of the sons of Azgad, Johanan the son of Hakkatan; and with him one hundred ten males.
12अज्गादका कुलबाटः हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।
13Of the sons of Adonikam, who were the last; and these are their names: Eliphelet, Jeuel, and Shemaiah; and with them sixty males.
13आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ : एलीपेलेत, यीएल र शमायाह तिनीहरूसित 60 मानिसहरू थिए।
14Of the sons of Bigvai, Uthai and Zabbud; and with them seventy males.
14बैग्बै कुलबाटः उत्तै अनि जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।
15I gathered them together to the river that runs to Ahava; and there we encamped three days: and I viewed the people, and the priests, and found there none of the sons of Levi.
15मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।
16Then sent I for Eliezer, for Ariel, for Shemaiah, and for Elnathan, and for Jarib, and for Elnathan, and for Nathan, and for Zechariah, and for Meshullam, chief men; also for Joiarib, and for Elnathan, who were teachers.
16यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।
17I sent them forth to Iddo the chief at the place Casiphia; and I told them what they should tell Iddo, and his brothers the Nethinim, at the place Casiphia, that they should bring to us ministers for the house of our God.
17अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।
18According to the good hand of our God on us they brought us a man of discretion, of the sons of Mahli, the son of Levi, the son of Israel; and Sherebiah, with his sons and his brothers, eighteen;
18किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।
19and Hashabiah, and with him Jeshaiah of the sons of Merari, his brothers and their sons, twenty;
19अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाई र छोराहरू।
20and of the Nethinim, whom David and the princes had given for the service of the Levites, two hundred and twenty Nethinim: all of them were mentioned by name.
20अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।
21Then I proclaimed a fast there, at the river Ahava, that we might humble ourselves before our God, to seek of him a straight way for us, and for our little ones, and for all our substance.
21त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।
22For I was ashamed to ask of the king a band of soldiers and horsemen to help us against the enemy in the way, because we had spoken to the king, saying, “The hand of our God is on all those who seek him, for good; but his power and his wrath is against all those who forsake him.”
22किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौ, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।”
23So we fasted and begged our God for this: and he was entreated of us.
23यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौ अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।
24Then I set apart twelve of the chiefs of the priests, even Sherebiah, Hashabiah, and ten of their brothers with them,
24त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें।
25and weighed to them the silver, and the gold, and the vessels, even the offering for the house of our God, which the king, and his counselors, and his princes, and all Israel there present, had offered:
25त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।
26I weighed into their hand six hundred fifty talents of silver, and silver vessels one hundred talents; of gold one hundred talents;
26मैले तौलिएर तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन
27and twenty bowls of gold, of one thousand darics; and two vessels of fine bright brass, precious as gold.
27सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,
28I said to them, “You are holy to Yahweh, and the vessels are holy; and the silver and the gold are a freewill offering to Yahweh, the God of your fathers.
28तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।
29Watch, and keep them, until you weigh them before the chiefs of the priests and the Levites, and the princes of the fathers’ households of Israel, at Jerusalem, in the rooms of the house of Yahweh.”
29यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”
30So the priests and the Levites received the weight of the silver and the gold, and the vessels, to bring them to Jerusalem to the house of our God.
30यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू मत्तोपुर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।
31Then we departed from the river Ahava on the twelfth day of the first month, to go to Jerusalem: and the hand of our God was on us, and he delivered us from the hand of the enemy and the bandit by the way.
31हामीले यरूशलेम जानका निम्ति पहिलो महिना को बाह्रौ दिनमा अहावा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।
32We came to Jerusalem, and stayed there three days.
32अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ।
33On the fourth day the silver and the gold and the vessels were weighed in the house of our God into the hand of Meremoth the son of Uriah the priest; and with him was Eleazar the son of Phinehas; and with them was Jozabad the son of Jeshua, and Noadiah the son of Binnui, the Levite;
33चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।
34the whole by number and by weight: and all the weight was written at that time.
34हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।
35The children of the captivity, who had come out of exile, offered burnt offerings to the God of Israel, twelve bulls for all Israel, ninety-six rams, seventy-seven lambs, and twelve male goats for a sin offering: all this was a burnt offering to Yahweh.
35तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।
36They delivered the king’s commissions to the king’s satraps, and to the governors beyond the River: and they furthered the people and God’s house.
36तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।