1“Come, and let us return to Yahweh; for he has torn us to pieces, and he will heal us; he has injured us, and he will bind up our wounds.
1“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।
2After two days he will revive us. On the third day he will raise us up, and we will live before him.
2दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं।
3Let us acknowledge Yahweh. Let us press on to know Yahweh. As surely as the sun rises, Yahweh will appear. He will come to us like the rain, like the spring rain that waters the earth.”
3आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”
4“Ephraim, what shall I do to you? Judah, what shall I do to you? For your love is like a morning cloud, and like the dew that disappears early.
4“ए एप्रैम, म तिमीलाई के गरूँ? ए यहूदा म तिमीलाई के गरूँ? किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै र बिलिने शीत जस्तै छ।
5Therefore I have cut them to pieces with the prophets; I killed them with the words of my mouth. Your judgments are like a flash of lightning.
5यसैकारण मैले तिनीहरूमाथि अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
6For I desire mercy, and not sacrifice; and the knowledge of God more than burnt offerings.
6किनभने म अमर प्रेम चाहन्छु बलिदान होइन अनि म चाहन्छु मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा परमेश्वरलाई बेशी जानुन्।
7But they, like Adam, have broken the covenant. They were unfaithful to me, there.
7तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए।
8Gilead is a city of those who work iniquity; it is stained with blood.
8गिलाद अधर्मीहरूको शहर हो। त्यो रगतले भरिएको छ।
9As gangs of robbers wait to ambush a man, so the company of priests murder in the way toward Shechem, committing shameful crimes.
9जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।
10In the house of Israel I have seen a horrible thing. There is prostitution in Ephraim. Israel is defiled.
10इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु, एप्रैमको वेश्यावृत्ति त्यहाँ छ। इस्राएल अशुद्ध भएको छ।
11“Also, Judah, there is a harvest appointed for you, when I restore the fortunes of my people.
11ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ। त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”