World English Bible

Nepali

Isaiah

34

1Come near, you nations, to hear! Listen, you peoples. Let the earth and all it contains hear; the world, and everything that comes from it.
1सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।
2For Yahweh is enraged against all the nations, and angry with all their armies. He has utterly destroyed them. He has given them over for slaughter.
2परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ।
3Their slain will also be cast out, and the stench of their dead bodies will come up; and the mountains will melt in their blood.
3तिनीहरूका मारिएकाहरू बाहिर फ्याँकिने छन्। तिनीहरूका लाशहरूबाट नराम्रा दुर्गन्धहरू आउनेछ, अनि रगतहरू पर्वततिर झर्दै बग्नेछ।
4All of the army of the sky will be dissolved. The sky will be rolled up like a scroll, and all its armies will fade away, as a leaf fades from off a vine or a fig tree.
4आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।
5For my sword has drunk its fill in the sky. Behold, it will come down on Edom, and on the people of my curse, for judgment.
5परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्‌पत् हुन्छ।” हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।
6Yahweh’s sword is filled with blood. It is covered with fat, with the blood of lambs and goats, with the fat of the kidneys of rams; for Yahweh has a sacrifice in Bozrah, And a great slaughter in the land of Edom.
6किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।
7The wild oxen will come down with them, and the young bulls with the mighty bulls; and their land will be drunken with blood, and their dust made greasy with fat.
7यसकारण भेडाहरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।
8For Yahweh has a day of vengeance, a year of recompense for the cause of Zion.
8ती कुराहरू हुने नै छन्, किनभने परमप्रभुले दण्ड दिने समय निर्णय गरिसक्नु भयो। परमप्रभुले वर्ष पनि चुनिसक्नु भयो। मानिसहरूले सियोनले गरेका कामहरूको परिणाम भोग्नु नै पर्नेछ।
9Its streams will be turned into pitch, its dust into sulfur, And its land will become burning pitch.
9एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ।
10It won’t be quenched night nor day. Its smoke will go up forever. From generation to generation, it will lie waste. No one will pass through it forever and ever.
10दिन-रात आगो बलिनैरहनेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूवाँ निरन्तर निस्कानेछ। त्यो ठाउँ सदा सर्वदाको लागि ध्वंस हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्।
11But the pelican and the porcupine will possess it. The owl and the raven will dwell in it. He will stretch the line of confusion over it, and the plumb line of emptiness.
11चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बस्ने छ। त्यो ठाउँलाई “रित्तो मरूभूमि” भनिनेछ।
12They shall call its nobles to the kingdom, but none shall be there; and all its princes shall be nothing.
12त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।
13Thorns will come up in its palaces, nettles and thistles in its fortresses; and it will be a habitation of jackals, a court for ostriches.
13ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्।
14The wild animals of the desert will meet with the wolves, and the wild goat will cry to his fellow. Yes, the night creature shall settle there, and shall find herself a place of rest.
14जङ्गली बिरालोहरू त्यहाँ ब्वाँसोहरूसँग बस्ने छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँनेछ।
15The arrow snake will make her nest there, and lay, hatch, and gather under her shade. Yes, the kites will be gathered there, every one with her mate.
15सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घस्रिँदै निस्कनेछन्। चराहरू जसले मरेका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।
16Search in the book of Yahweh, and read: not one of these will be missing. none will lack her mate. For my mouth has commanded, and his Spirit has gathered them.
16परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ।
17He has cast the lot for them, and his hand has divided it to them with a measuring line. They shall possess it forever. From generation to generation they will dwell in it.
17तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैंका लागि बस्नेछन्।