World English Bible

Nepali

Isaiah

36

1Now it happened in the fourteenth year of king Hezekiah, that Sennacherib king of Assyria attacked all of the fortified cities of Judah, and captured them.
1हिजकियाह राजा भएको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरूद्ध लडाई लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे।
2The king of Assyria sent Rabshakeh from Lachish to Jerusalem to king Hezekiah with a large army. He stood by the aqueduct from the upper pool in the fuller’s field highway.
2सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)
3Then Eliakim the son of Hilkiah, who was over the household, and Shebna the scribe, and Joah, the son of Asaph, the recorder came out to him.
3यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।
4Rabshakeh said to them, “Now tell Hezekiah, ‘Thus says the great king, the king of Assyria, “What confidence is this in which you trust?
4कप्तानले तिनीहरूलाई भने, “हिजिकियाहलाई, ‘महाराज, अश्शूरका राजाले यसो भन्छन् भन तिमीहरूले सहायताको लागि केमा भरोसा गरिरहेकाछौ?
5I say that your counsel and strength for the war are only vain words. Now in whom do you trust, that you have rebelled against me?
5म तिमीहरूलाई भन्दछु यदि तिमीहरूले शक्ति र युद्धको योजनामा भरोसा गर्दछौ, यो व्यार्थ हो। तिनीहरू खोक्रा शब्दहरू बाहेक केही होइनन्। अब म तिमीहरूलाई सोध्दछु, तिमीहरूकोमाथि भरोसा गरेर मेरो विरूद्धमा विद्रोह गरिरहेका छौ?
6Behold, you trust in the staff of this bruised reed, even in Egypt, which if a man leans on it, it will go into his hand and pierce it. So is Pharaoh king of Egypt to all who trust in him.
6के तिमीहरू सहयोगको लागि मिश्रमाथि भर परिरहेकाछौ? मिश्र एउटा भाँचिएको लौरो जस्तो छ। यदि तिमीहरू सहायताको लागि त्यता ढल्किन्छौ भने, त्यसले केवल तिमीहरूलाई चोट पुर्याउनेछ र तिम्रो हातमा दुलो पारिदिनेछ। मिश्रका राजा फिरऊनमाथि कसैले पनि भरोसा राख्न सक्दैन्।
7But if you tell me, ‘We trust in Yahweh our God,’ isn’t that he whose high places and whose altars Hezekiah has taken away, and has said to Judah and to Jerusalem, ‘You shall worship before this altar?’”
7तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू ध्वंश पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”
8Now therefore, please make a pledge to my master the king of Assyria, and I will give you two thousand horses, if you are able on your part to set riders on them.
8यदि तिमीहरू अझ लडाइँ गर्न चाहन्छौ भने मेरो मालिक, अश्शूरका राजाले तिमीहरूसँग यो सम्झौता गर्नेछन्। यदि तिमीहरूले युद्धको लागि घोड-सवारहरू पाउन सक्छौ भने म दुइ हजार घोडाहरू दिने वचन दिन्छु।
9How then can you turn away the face of one captain of the least of my master’s servants, and put your trust on Egypt for chariots and for horsemen?
9तर त्यसो हुँदा पनि तिमीहरूले मेरो मालिकका निम्न स्तरका अधिकारीहरू सम्मलाई पराजित गर्न सक्दैनौ। यसकारण किन तिमीहरू लगातार मिश्रका रथहरू र घोड-सवारी सेनाहरूमा भर पर्छौ?
10Have I come up now without Yahweh against this land to destroy it? Yahweh said to me, “Go up against this land, and destroy it.”’”
10अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र ध्वंश पार।”
11Then Eliakim, Shebna and Joah said to Rabshakeh, “Please speak to your servants in Aramaic, for we understand it; and don’t speak to us in the Jews’ language in the hearing of the people who are on the wall.”
11तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”
12But Rabshakeh said, “Has my master sent me only to your master and to you, to speak these words, and not to the men who sit on the wall, who will eat their own dung and drink their own urine with you?”
12तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”
13Then Rabshakeh stood, and called out with a loud voice in the Jews’ language, and said, “Hear the words of the great king, the king of Assyria!
13तब रबशाके यहूदी भाषामा साह्रो चिच्याए अनि यसो भने,
14Thus says the king, ‘Don’t let Hezekiah deceive you; for he will not be able to deliver you.
14“अश्शूरका महाराजाको यो सन्देश सुन, हिजकियाहले तिमीहरूलाई मूर्ख नबनावोस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्।
15Don’t let Hezekiah make you trust in Yahweh, saying, “Yahweh will surely deliver us. This city won’t be given into the hand of the king of Assyria.”’
15हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, ‘परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।’
16Don’t listen to Hezekiah, for thus says the king of Assyria, ‘Make your peace with me, and come out to me; and each of you eat from his vine, and each one from his fig tree, and each one of you drink the waters of his own cistern;
16हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।
17until I come and take you away to a land like your own land, a land of grain and new wine, a land of bread and vineyards.
17जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”
18Beware lest Hezekiah persuade you, saying, “Yahweh will deliver us.” Have any of the gods of the nations delivered their lands from the hand of the king of Assyria?
18हिजकियाहलाई कष्ट पुर्याउन नदेऊ। हिजकियाह भन्दछ, “परमप्रभुले हामीलाई बचाउनु हुने छ।” तर म तिमीहरूलाई सोध्छु, के अन्य जातिहरूका देवताहरूले तिनीहरूको देशलाई अश्शूरका राजाबाट बचाउन सक्यो? होइन।
19Where are the gods of Hamath and Arpad? Where are the gods of Sepharvaim? Have they delivered Samaria from my hand?
19हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए,! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? होइन।
20Who are they among all the gods of these countries that have delivered their country out of my hand, that Yahweh should deliver Jerusalem out of my hand?’”
20के अन्य देवताहरूले अरू देशहरूमा मबाट आफ्ना ठाउँहरू बचाए? अहँ! के परमप्रभुले मबाट यरूशलेम बचाउन सक्नुहोला त?”
21But they remained silent, and said nothing in reply, for the king’s commandment was, “Don’t answer him.”
21तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेन किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, उसलाई केही पनि नभन।”
22Then Eliakim the son of Hilkiah, who was over the household, and Shebna the scribe, and Joah, the son of Asaph, the recorder, came to Hezekiah with their clothes torn, and told him the words of Rabshakeh.
22त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अश्शूरका कप्तानले भनेका थिए।